सामाजिक सञ्जालबाट खुल्यो छत्रमानको पहिचान

बुबा बेलबहादुर कुथुमी र आमा कृष्णकुमारीको कोखबाट २०१८ मंसिरमा उनको जन्म भएको थियो । कुथुमी अढाई दशकदेखि काठमाडौंमा बस्दै आएका थिए ।

आश्विन १, २०८२

कान्तिपुर संवाददाता

Chhatraman's identity was revealed through social media

What you should know

काठमाडौँ — २३ भदौमा काठमाडौंमा जेन–जी आन्दोलन चर्किरहेको थियो । साँझ सामाजिक सञ्जालमा एउटा तस्बिरसहित सम्बन्धित व्यक्तिका परिवारलाई सम्पर्क गर्न अनुरोध गरिएको सूचना सार्वजनिक भयो ।

आन्दोलनमा प्रहरीको गोली लागेर मृत्यु भएकाको पहिचान नखुलेपछि सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरिएको थियो । आफन्त हुँदै भोलिपल्ट परिवारसम्म उक्त खबर पुग्यो । उनी थिए– धनकुटा पाख्रीबास नगरपालिका १०, चुङमाङस्थित दाङसिङका ६४ वर्षीय ‘सात पारुहाङ’ भनिने छत्रमान कुथुमी ।

बुबा बेलबहादुर कुथुमी र आमा कृष्णकुमारीको कोखबाट २०१८ मंसिरमा उनको जन्म भएको थियो । कुथुमी अढाई दशकदेखि काठमाडौंमा बस्दै आएका थिए । आफूलाई राष्ट्रवादी राजनीतिक जनजागरण अभियानमा आबद्ध भएको बताउने उनी जेन–जीले आह्वान गरेको आन्दोलनमा मिसिएका थिए । उनले काठमाडौंमा धामी–झाँक्री र सानोतिनो व्यवसाय गरिरहेको श्रीमती राजकुमारी राईले बताइन् ।

कुथुमीका दुई श्रीमतीमध्ये राजकुमारी जेठी र दीपा श्रेष्ठ कान्छी हुन् । ‘अरु बेला पनि नियमित घर नआउने भएकाले श्रीमान् कहाँ गएको र कुन अवस्थामा रहेको पत्तै भएन,’ राजकुमारीले भनिन्, ‘घरपरिवार र आफन्तबाट घटनाबारे जानकारी पाउँदा हामी छाँगाबाट खसे जस्तै भयौं ।’

सिभिल अस्पताल पुग्दा श्रीमान् मृत अवस्थामा फेला परेको उनले सुनाइन् । श्रीमान् गुमाउनुपर्दा बालबच्चा र आफ्नो सहारा गुमेको भन्दै बिलौना गरिन् । घटना सम्झँदा सपना जस्तै लागेको बताइन् । दुई श्रीमतीबाट उनका ६ सन्तान छन् । सहारा गुमेपछि यतिबेला कुथुमी परिवार विचलित छ ।

उनका भाइ किशोरका अनुसार, सामाजिक सञ्जालमा देखिएको तस्बिरका आधारमा दाजु नै हो कि भन्ने अनुमान थियो । भाउजुहरू र आफन्तसँग सम्पर्क भएपछि दाजु रहेको स्पष्ट भएको उनी बताउँछन् ।

‘आफूलाई राजावादी भनेर कहिलेकाहीं झन्डा बोकेको फोटोहरू पठाउनुहुन्थ्यो,’ उनले भने, ‘आन्दोलनमा जानुभएको भने थाहा थिएन, निधन भएको खबर सुन्दा मर्माहत भयौं ।’ कुथुमीको शवलाई जन्मस्थान दाङसिङ ल्याएर अन्त्येष्टि गरिने परिवारजनले बताए । 

सम्बन्धित समाचार 

अनि आफन्तहरूको आकाश खस्यो

हामीले नगरे कसले गर्छ भन्थे अभिषेक

वैदेशिक रोजगारीको तयारीमा थिए अभिषेक

आयुषको फ्रान्सको यात्रा अधुरै 

गौरव वृद्ध आमाबुबाका एक मात्र भरोसा थिए

अधुरै रह्यो गौरवको यूके जाने सपना

देशको मुहार फेर्न छातीमै गोली थाप्न तयार दिलनारायण

प्रहरी परिवारमा चोटमाथि चोट

छिनभरमै ढल्यो सहारा

बुद्धिबहादुर दुई छोरा र बुढा बुबाका सहारा थिए

जेन-जी आन्दोलनमा जसले ज्यान गुमाए

कान्तिपुर

Link copied successfully