सिभिल इन्जिनियरिङ सकेका सुलभ ग्राजुएसनको पर्खाइमा थिए

केएमसी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ सकेका सुलभ ग्राजुएसनको पर्खाइमा थिए । उनी नेपालगन्जस्थित भेरी स्कुलका सञ्चालक नरेन्द्र श्रेष्ठ र बिना खड्का श्रेष्ठका एक्ला सन्तान थिए ।

भाद्र २८, २०८२

रुपा गहतराज

Sulabh, who completed civil engineering, was awaiting graduation

नेपालगन्ज — काठमाडौंको आन्दोलनमा नेपालगन्ज उपमहानगरपालिका–१ का २५ वर्षीय सुलभराज श्रेष्ठको ज्यान गयो । सुलभका बुबा सोमबार साँझै काठमाडौं आए पनि अहिलेसम्म पोस्टमार्टम हुन सकेको छैन ।

केएमसी इन्जिनियरिङ कलेजबाट सिभिल इन्जिनियरिङ सकेका सुलभ ग्राजुएसनको पर्खाइमा थिए । उनी नेपालगन्जस्थित भेरी स्कुलका सञ्चालक नरेन्द्र श्रेष्ठ र बिना खड्का श्रेष्ठका एक्ला सन्तान थिए ।

छोराको निधनको खबरले यतिबेला बिनाका आँखा ओभाएका छैनन् । दुई महिनाअघि घर आएका सुलभ केही दिनअघि मात्रै काठमाडौं फर्केका थिए । आफन्तसँग काठमाडौंमा बस्दै आएका उनलाई प्रदर्शनमा सहभागी हुन गएका बेला बानेश्वर क्षेत्रमा गोली लागेको थियो ।

- विवरणहरू अद्यावधिक गरी सम्पादन गरिएको ।

सम्बन्धित समाचार 

अनि आफन्तहरूको आकाश खस्यो

हामीले नगरे कसले गर्छ भन्थे अभिषेक

वैदेशिक रोजगारीको तयारीमा थिए अभिषेक

आयुषको फ्रान्सको यात्रा अधुरै 

गौरव वृद्ध आमाबुबाका एक मात्र भरोसा थिए

अधुरै रह्यो गौरवको यूके जाने सपना

देशको मुहार फेर्न छातीमै गोली थाप्न तयार दिलनारायण

प्रहरी परिवारमा चोटमाथि चोट

जेन-जी आन्दोलनमा जसले ज्यान गुमाए

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully