सामुदायिक वन रुख र बिरुवाको संरक्षणमा मात्र सीमित छैन, यो गाउँ–तहमा विकसित हजारौं उपभोक्ता समूहमार्फत लोकतान्त्रिक अभ्यासको एक सशक्त संस्थागत माध्यमसमेत बनेको छ ।
सामुदायिक वन रुख र बिरुवाको संरक्षणमा मात्र सीमित छैन, यो गाउँ–तहमा विकसित हजारौं उपभोक्ता समूहमार्फत लोकतान्त्रिक अभ्यासको एक सशक्त संस्थागत माध्यमसमेत बनेको छ ।
१९९० को दशकपछि अर्थतन्त्रमा उदारीकरण नीतिको प्रभाव देखिन थाल्यो, निजी क्षेत्र विस्तार, बैंक तथा वित्तीय संस्थाको वृद्धि र पुँजी बजारको विकाससँगै बिमा क्षेत्रले पनि विस्तारको अवसर पायो।
जबसम्म सहकारीलाई ‘कमाउने भाँडो’ भन्दा पनि ‘सेवाको माध्यम’ र ‘लोकतान्त्रिक पद्धति’ बाट सञ्चालित गरिँदैन, तबसम्म यो क्षेत्रप्रतिको गुमेको जनविश्वास फर्काउन सम्भव छैन ।
२० वर्षअघिसम्म दिनको १ करोड रुपैयाँभन्दा कमको कारोबार हुने दोस्रो बजारले भदौ २०८१ मा करिब ३० अर्बको कारोबार पनि देख्यो
वैदेशिक रोजगारीको विकल्प नभएको भए न लाखौं व्यक्तिले रोजगारी पाउँथे न त उनीहरूको एक तहको आर्थिक समुन्नति नै हुन्थ्यो । यसले नेपालमा रहेको बेरोजगारीको विकराल समस्याको अस्थायी समाधान सम्भव भएको छ ।
सम्भवतः सबैभन्दा द्रुत गतिमा बढ्दो क्षेत्र भनेको सूचना प्रविधि सेवा निर्यात हो । पछिल्लो दशकमा नेपालबाट सफ्टवेयर विकास, बीपीओ, केपीओ, डेटा प्रोसेसिङ तथा रिमोट आईटी सेवाहरू विश्व बजारमा निर्यात हुने क्रम उल्लेखनीय रूपमा बढेको छ । हाल नेपालबाट वार्षिक करिब १ अर्ब अमेरिकी डलर बराबरको आईटी सेवा निर्यात भइरहेको छ ।
पर्यटन नेपालका लागि केवल मनोरञ्जन वा साहसिक यात्राको माध्यम मात्र होइन, यो राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डमध्ये एक बनिसकेको छ
आगामी १४ वर्षभित्रै युवाको बाहुल्य घट्दै जाने र आगामी २४ वर्षमा नेपालमा ५० कटेका नागरिक अधिक हुनेछन्, यो समयभित्र नै नेपालसामु आर्थिक र सामाजिक रूपान्तरण गर्नुपर्ने दबाब छ
उत्पादनको दृष्टिकोणले हेर्दा प्रमुख बाली धानको उत्पादन २०४८ मा ३३ लाख मेट्रिक टन रहेकामा २०७८ मा बढेर ५९ लाख मेट्रिक टन पुगेको छ । त्यस्तै, माछापालन, तरकारी तथा फलफूल उत्पादनमा समेत उल्लेखनीय वृद्धि भएको छ ।
राजनीतिक दल, तिनका दस्ताबेज, चुनावी घोषणापत्र, सरकारी नीति तथा कार्यक्रम र विभिन्न योजनामा भूमि सुधार गर्ने विषय समेटिएकै छन् । स्पष्ट दृष्टिकोण र प्रतिबद्ध नेतृत्वको अभावमा यो मुद्दाले सार्थक कार्यान्वयन पाउन भने सकिरहेको छैन ।
‘रिल्स–युग’मा नेपाली साहित्यले जीवन्त खोज गर्नुपर्नेछ— सांस्कृतिक पहिचानको, खिइएका मूल्यहरूको र संरचनागत रूपान्तरणको । दिशाबोधको धमिलो प्रकाशले रुमल्लिएको नेपाली साहित्यमा निराशाको घेरा मात्र छैन, उत्साह र उमंगका रङ पनि छन् ।
सेना अहिले संविधान, ऐन र नियमावलीको परिधिभित्र रहेर काम गरिरहेको छ । संसद्का समितिहरूमा सेना सम्बन्धित अधिकारी उपस्थित भएर जवाफ दिन्छन् । यही नै लोकतान्त्रिक नियन्त्रण र उत्तरदायित्वको उदाहरण हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि नेपालमा सञ्चालित ७० अमेरिकी सहायता परियोजना तत्काल रोकिएका छन्, यीमध्ये १५ वटा नगद अनुदान परियोजना छन्, जसको कुल मूल्य १ खर्ब ७८ अर्ब रुपैयाँ छ, यसको असर स्वास्थ्य, कृषि, वन, शिक्षा र आर्थिक मामिलालगायत क्षेत्रमा परेको छ
विगतका गल्तीबाट सिकेर, वर्तमानमा सुधार गर्दै र भविष्यका लागि स्पष्ट दृष्टिकोण बनाएर अघि बढे नेपाल पुनः अन्तर्राष्ट्रिय आकाशमा आत्मविश्वासका साथ उड्न सक्छ
निर्वाचन प्रणालीबाट मात्र लोकतन्त्र सुदृढ र स्थायी हुँदैन, यसका लागि राजनीतिक दल र निर्वाचित प्रतिनिधि बढी जिम्मेवार हुनुपर्छ । निर्वाचित प्रतिनिधिले इमानपूर्वक देश र जनताप्रतिको जवाफदेहिता निर्वाह गरेन भने सर्वोत्तम शासकीय प्रणाली–लोकतन्त्र नै थला पर्नेछ ।
मौजुदा नीति तथा अभ्यासले वातावरणीय पक्ष मात्र समेटिएको छ । तर आर्थिक, सामाजिक र व्यवस्थापकीय पक्षमा विवेकपूर्ण हस्तक्षेपको पर्खाइमा सार्वजनिक यातायात छ । अधिकार क्षेत्रको प्रस्टीकरण, सरकारको लगानी तथा नियमन क्षमता विकासको स्वीकारोक्ति र व्यावसायिक मोडलको परिवर्तन नै पुनःसंरचनाको प्रस्थानबिन्दु हुन सक्छ
अब खुलेर विमर्श गरौं, संविधान संशोधनका लागि तयार रहौं । न्यायपालिकालाई अझ सक्षम र सुदृढ गर्ने, गराउने विषय यही निर्वाचनमा दलहरूको एजेन्डा बन्नुपर्छ । सक्षम, भयमुक्त र स्वतन्त्र न्यायपालिकाले मात्र लोकतन्त्रलाई बलियो बनाउँछ
नेपालको द्वन्द्वका मूल कारण जटिल र बहुआयामिक थिए । विभिन्न पहिचान समूहबीच राजनीतिक, सामाजिक–आर्थिक र सांस्कृतिक अवसरको असमानता, प्रभावकारी शासनको अभाव र सामाजिक न्यायको कमीले तनाव बढायो ।
हिजो दर्शक तीन घण्टाको फिल्म हेर्थे, आज उनीहरूलाई दुई घण्टा पनि लामो लाग्छ । धेरैजसो युवा फिल्मलाई १.५ को स्पिडमा फरवार्ड गरेर हेर्न थालेका छन् । यस्तो समयमा दर्शकलाई अढाई घण्टा हलमा बसाएर फिल्म हेराउनु एउटा युद्ध जितेजस्तै हो ।
नेपाली खेलाडीहरू व्यावसायिक रूपमै विदेशी प्रतियोगितामा खेल्नेक्रम बढेको छ । क्रिकेट खेलाडी विश्वका फ्रेन्चाइज लिगमा बिक्री हुन थालेका छन् । फुटबलमा पनि यो क्रम जारी छ । भलिबल र कबड्डीका खेलाडीले पनि अन्तर्राष्ट्रिय व्यावसायिक यात्रा थालिसकेका छन् ।