‘किस्ताबन्दीमा अटो किनेर चलाइरहेको छु’

गुलरिया बजारमा धेरै अटो भइसकेकाले त्यति कमाइ छैन । बजारमा दिनभरि फनफनी अटो कुदाउँदा छिटफुट यात्रु भेटिहाल्छन् । दिनमा ५/६ सय कमाइ हुन्छ ।

'I am buying and driving a car on installments'

‘गाउँमा चिया–नास्ता पसल गरेर घरखर्च चलाएकी छु’

सीप सिके जीवन बदल्न सकिन्छ भन्ने विश्वास जागेको छ । पहिले सीप नहुँदा गाउँमै यत्तिकै बस्दा गाह्रो लाग्थ्यो । तालिम पाएपछि कम्तीमा आफैँले दुई-चार पैसा कमाउने क्षमता बढेको छ ।

'I have managed my household expenses by running a tea and snack shop in the village'

‘तामाका भाँडा बनाएर दाल–भात खान पुगेकै छ’

गाउँमा हुँदा तामाका भाँडाकुँडा बनाउने काम राम्रो चल्थ्यो । विशेष गरी मन्दिरका सामग्री, दियो, कलश, पूजा गर्ने भाँडा बनाउने अर्डरहरू आउँथे । त्यसबेला तामाको महत्त्व थियो । मान्छेहरूले संस्कार र धर्मसँग जोडेर हेर्थे । हामीले बनाएका सामग्री मन्दिरमा पुग्दा, पूजा–पाठमा प्रयोग हुँदा एउटा अलग्गै गर्व महसुस हुन्थ्यो ।

'It's enough to make copper utensils and eat dal and rice'

‘मेरो कलिलो थाप्लो र काँध जहिल्यै भारीले थिचिरहेको छ’

मेरो उमेरका केटाकेटी झोला बोकेर, सफा लुगा लगाएर रमाउँदै स्कुल जान्छन् । म भने टाढैबाट त्यो सब हेरिबस्छु । म अहिले दिनको १२ घण्टा काम गर्छु । दिनभरि काम गरे एक हजार रुपैयाँ पाइन्छ । त्यसैले घरको गुजारा चलेको छ ।

”My young back and shoulders are always feeling heavy.”

‘सामान महँगो भएकाले खर्च धान्नै मुस्किल छ’‍

बेसीको खेतमा तरकारी लगाउने गर्छु । आज पनि बेसीमा फलाएको लसुनको मुठा बोकेर बजार डुलिरहेको छु । अहिले मेरो प्रमुख व्यापार यही हो । यसबाट ६० हजारजति कमाउने योजना छ ।

'It's difficult to afford the expenses because the goods are expensive'

‘बुढ्यौलीमा छोराको हात समातेर माग्न हिँड्नु पर्दा मन पोल्छ’

महँगीको मार छ । यस्तो अवस्थामा घरखर्च पुर्‍याउनै गाह्रो हुन्छ । झन् आँखा नदेख्नेका लागि घरखर्च चलाउनु हत्ते नै हुँदो रहेछ । आयस्रोत छैन । काम गर्न सक्दिनँ । अनि अभाव कसरी टार्नू !

”It hurts my heart to have to walk around begging holding my son's hand in old age.”

‘ऋण चुक्ता गरेपछि पूरै नेपाल भ्रमण गर्ने धोको छ’

मेरो पहिलो इच्छा भनेको पैसा कमाएर घरको ऋण चुक्ता गरेर ‘टेन्सन फ्रि’ हुने हो । यति भयो भने म आफ्ना इच्छा–आवश्यकता पूरा गर्छु जस्तो लाग्छ । मलाई घुमफिर गर्न साह्रै मन पर्छ । छ/सात वर्षका लागि एउटा लक्ष्य निर्धारण गरेर काम गरिरहेको छु । त्यसपछि नेपाल भ्रमण गर्छु होला ।

'I plan to travel all over Nepal after paying off my debt'

‘छोराछोरी कमाउने भइसकेकाले मैले घरखर्च चलाए पुग्छ’

आरनमा मैले जानेको सीपअनुसार हँसिया, बन्चरो, कोदालो, दाउ, खुकुरी, खुँडा र खुर्पा लगायतका सामग्री बन्छन् । सस्तोमा चार सय रुपैयाँदेखि महंगोमा पाँच हजारसम्मका सामग्री बेच्छु । यसैबाट मेरो खर्च चल्छ ।

”Since my children are already earning, I can manage the household expenses.”

‘कपाल काट्न सिकेदेखि कैंची चलाएर पैसा कमाइरहेको छु’

'अहिले कपाल काट्ने सीपले आफू पनि स्वरोजगार भएको छु र अरूलाई पनि बनाएको छु । हालसम्म १५ जना बढीलाई कपाल काट्न सिकाएको छु । पहिला बेरोजगार घुम्ने चेलाहरू यसै क्षेत्रमा आफूले सिकाएको सीप प्रयोग गरी स्वरोजगार बनेको देख्दा आत्मसन्तुष्टि मिलेको छ ।'

'I've been earning money using scissors since I learned to cut hair'

‘नेतालाई किसानका समस्या भन्दा भोटसँग मात्रै मतलब हुने रहेछ’

अब त नेताप्रति विश्वास लाग्नै छाड्यो । आफ्नो कामबाहेक नेताहरूको अघिपछि गर्न समय पनि छैन । बिहानै खेतमा जान्छु, त्यहाँबाट तरकारी टिपेर जिल्लाका लगभग सबै बजार–बजार डुल्छु ।

'The leader only cares about votes rather than the problems of farmers'

‘अर्घाखाँचीबाट मोटरसाइकलमा गुल्मी पुगेर ग्राहकका घर–घरमा दुध पुर्‍याउँछु’

एघार वर्षदेखि दुध बेच्न थालेको हुँ । पहिले ग्यालिनमा दुध हालेर डोकोमा बोकेर आउँथेँ । डेढ घण्टा पैदल हिँडेर दुध पुर्‍याएपछि फर्किन्थेँ । पछि सवारी साधनमा बोकेर हिँड्न थालेँ । सात वर्षजति भयो मोटरसाइकलमा दुध ओसारेर बेचिरहेको छु ।

'I travel from Arghakhanchi to Gulmi on a motorcycle and deliver milk to customers' homes'

‘गुलरियामा चिया बेचेर छोरालाई ओभरसियर पढाइरहेछु’

सुरुआतमा खाजा घर चिनाउन धेरै दुःख सहनु पर्‍यो । त्यही बेलाको संघर्षले अहिले सफलता मिलिरहेको महसुस भइरहेको छ । अचेल मेरो पसलमा चियाका पारखीको भीड नै लाग्छ ।

'I am selling tea in Gularia and training my son to be an overseer'

‘संस्थाले घरसँगै नागरिकता र अपांगता परिचयपत्र बनाइदिएपछि भत्ता पाउन थालेँ’ 

कान्छो छोरा जन्मिएपछि हिँड्न नसक्ने भएँ । त्यसपछि श्रीमान् पनि नजिक पर्न छाडे । मेरो शरीर दिन प्रतिदिन कमजोर हुँदै गयो । छोरीले स्याहार गर्नुपर्ने अवस्था आएपछि घरमा खानेकुरा जुट्नै छाड्यो ।

”I started receiving allowance after the organization made me a citizenship and disability identity card along with my house.”

‘२५ लाख खर्च गरेर मेकअप स्टुडियो चलाउँदा आशसँगै डर पनि छ’

कमाएजति आफैंलाई मात्र ठिक्क हुन थालेपछि काठमाडौं गएको एक वर्षमै आफ्नै ठाउँ फर्किएर केही गर्ने निर्णय गरेँ । परिवारसँगै बसेर संघर्ष गर्नु ठीक लाग्यो ।

'There is hope and fear when running a makeup studio by spending Rs 2.5 million'

‘हामीले भोट हालेर जनताको होइन, नेताको अवस्था फेरियो’

मेरा पाँच छोराले ज्याला–मजदुरी गरेर परिवार चलाउँछन् । मजदुरी नपाउँदा कैयौं रात उनीहरू बालबच्चासँगै भोकभोकै सुतेको देखेकी छु ।

'Our vote changed the situation of the leaders, not the people's''

‘तम्घास बजारमा सुन्तला बेचेर दिनमा पाँच सय बचाउँछु’

दिनभरि कमाएर साँझ–बिहान खान ठिक्क हुन्छ । अलिकति बचेको पैसाले छोराछोरीको फिस बुझाउन पुगेको छ । मिठो–मसिनो खान पनि पुगेकै छ ।

'I save five hundred rupees a day by selling oranges at Tamghas Bazaar'

‘मुलुकमै कमाएर सानोतिनो उद्योग खोल्ने सोच बनाएको छु’

अक्षर चिन्दै गर्दा पढाइ छुटेकाले अनपढ भनेर होच्याउने गर्छन् । तर, पढेलेखेका मान्छेकै बराबर एक/एक हिसाब चुस्तदुरुस्त राख्न सक्छु ।

'I have decided to open a small business in the country to earn money'

‘औजार बनाएर नगद कमाउन थालेपछि बालिघरेको काम छाडेँ’

पैसा लिएर सामान बनाइदिने गरेको छु । केही औजार तयार गरेर हाटबजारमा बिक्रीका लागि लैजाने गरेको छु । धेरैजसोले घरैमा आएर अर्डर गर्छन् ।

'I quit my job as a gardener after I started making tools and earning cash'
Link copied successfully