गुलरिया बजारमा धेरै अटो भइसकेकाले त्यति कमाइ छैन । बजारमा दिनभरि फनफनी अटो कुदाउँदा छिटफुट यात्रु भेटिहाल्छन् । दिनमा ५/६ सय कमाइ हुन्छ ।
गुलरिया बजारमा धेरै अटो भइसकेकाले त्यति कमाइ छैन । बजारमा दिनभरि फनफनी अटो कुदाउँदा छिटफुट यात्रु भेटिहाल्छन् । दिनमा ५/६ सय कमाइ हुन्छ ।
सीप सिके जीवन बदल्न सकिन्छ भन्ने विश्वास जागेको छ । पहिले सीप नहुँदा गाउँमै यत्तिकै बस्दा गाह्रो लाग्थ्यो । तालिम पाएपछि कम्तीमा आफैँले दुई-चार पैसा कमाउने क्षमता बढेको छ ।
गाउँमा हुँदा तामाका भाँडाकुँडा बनाउने काम राम्रो चल्थ्यो । विशेष गरी मन्दिरका सामग्री, दियो, कलश, पूजा गर्ने भाँडा बनाउने अर्डरहरू आउँथे । त्यसबेला तामाको महत्त्व थियो । मान्छेहरूले संस्कार र धर्मसँग जोडेर हेर्थे । हामीले बनाएका सामग्री मन्दिरमा पुग्दा, पूजा–पाठमा प्रयोग हुँदा एउटा अलग्गै गर्व महसुस हुन्थ्यो ।
मेरो उमेरका केटाकेटी झोला बोकेर, सफा लुगा लगाएर रमाउँदै स्कुल जान्छन् । म भने टाढैबाट त्यो सब हेरिबस्छु । म अहिले दिनको १२ घण्टा काम गर्छु । दिनभरि काम गरे एक हजार रुपैयाँ पाइन्छ । त्यसैले घरको गुजारा चलेको छ ।
बेसीको खेतमा तरकारी लगाउने गर्छु । आज पनि बेसीमा फलाएको लसुनको मुठा बोकेर बजार डुलिरहेको छु । अहिले मेरो प्रमुख व्यापार यही हो । यसबाट ६० हजारजति कमाउने योजना छ ।
महँगीको मार छ । यस्तो अवस्थामा घरखर्च पुर्याउनै गाह्रो हुन्छ । झन् आँखा नदेख्नेका लागि घरखर्च चलाउनु हत्ते नै हुँदो रहेछ । आयस्रोत छैन । काम गर्न सक्दिनँ । अनि अभाव कसरी टार्नू !
मेरो पहिलो इच्छा भनेको पैसा कमाएर घरको ऋण चुक्ता गरेर ‘टेन्सन फ्रि’ हुने हो । यति भयो भने म आफ्ना इच्छा–आवश्यकता पूरा गर्छु जस्तो लाग्छ । मलाई घुमफिर गर्न साह्रै मन पर्छ । छ/सात वर्षका लागि एउटा लक्ष्य निर्धारण गरेर काम गरिरहेको छु । त्यसपछि नेपाल भ्रमण गर्छु होला ।
आरनमा मैले जानेको सीपअनुसार हँसिया, बन्चरो, कोदालो, दाउ, खुकुरी, खुँडा र खुर्पा लगायतका सामग्री बन्छन् । सस्तोमा चार सय रुपैयाँदेखि महंगोमा पाँच हजारसम्मका सामग्री बेच्छु । यसैबाट मेरो खर्च चल्छ ।
'अहिले कपाल काट्ने सीपले आफू पनि स्वरोजगार भएको छु र अरूलाई पनि बनाएको छु । हालसम्म १५ जना बढीलाई कपाल काट्न सिकाएको छु । पहिला बेरोजगार घुम्ने चेलाहरू यसै क्षेत्रमा आफूले सिकाएको सीप प्रयोग गरी स्वरोजगार बनेको देख्दा आत्मसन्तुष्टि मिलेको छ ।'
अब त नेताप्रति विश्वास लाग्नै छाड्यो । आफ्नो कामबाहेक नेताहरूको अघिपछि गर्न समय पनि छैन । बिहानै खेतमा जान्छु, त्यहाँबाट तरकारी टिपेर जिल्लाका लगभग सबै बजार–बजार डुल्छु ।
एघार वर्षदेखि दुध बेच्न थालेको हुँ । पहिले ग्यालिनमा दुध हालेर डोकोमा बोकेर आउँथेँ । डेढ घण्टा पैदल हिँडेर दुध पुर्याएपछि फर्किन्थेँ । पछि सवारी साधनमा बोकेर हिँड्न थालेँ । सात वर्षजति भयो मोटरसाइकलमा दुध ओसारेर बेचिरहेको छु ।
सुरुआतमा खाजा घर चिनाउन धेरै दुःख सहनु पर्यो । त्यही बेलाको संघर्षले अहिले सफलता मिलिरहेको महसुस भइरहेको छ । अचेल मेरो पसलमा चियाका पारखीको भीड नै लाग्छ ।
कान्छो छोरा जन्मिएपछि हिँड्न नसक्ने भएँ । त्यसपछि श्रीमान् पनि नजिक पर्न छाडे । मेरो शरीर दिन प्रतिदिन कमजोर हुँदै गयो । छोरीले स्याहार गर्नुपर्ने अवस्था आएपछि घरमा खानेकुरा जुट्नै छाड्यो ।
कमाएजति आफैंलाई मात्र ठिक्क हुन थालेपछि काठमाडौं गएको एक वर्षमै आफ्नै ठाउँ फर्किएर केही गर्ने निर्णय गरेँ । परिवारसँगै बसेर संघर्ष गर्नु ठीक लाग्यो ।
मेरा पाँच छोराले ज्याला–मजदुरी गरेर परिवार चलाउँछन् । मजदुरी नपाउँदा कैयौं रात उनीहरू बालबच्चासँगै भोकभोकै सुतेको देखेकी छु ।
विदेशबाट फर्किएको पनि दुई वर्ष भइसक्यो । उताबाट फर्किएदेखि गाउँमै खेतीपाती गरेर गुजारा चलाइरहेको छु ।
दिनभरि कमाएर साँझ–बिहान खान ठिक्क हुन्छ । अलिकति बचेको पैसाले छोराछोरीको फिस बुझाउन पुगेको छ । मिठो–मसिनो खान पनि पुगेकै छ ।
अक्षर चिन्दै गर्दा पढाइ छुटेकाले अनपढ भनेर होच्याउने गर्छन् । तर, पढेलेखेका मान्छेकै बराबर एक/एक हिसाब चुस्तदुरुस्त राख्न सक्छु ।
पैसा लिएर सामान बनाइदिने गरेको छु । केही औजार तयार गरेर हाटबजारमा बिक्रीका लागि लैजाने गरेको छु । धेरैजसोले घरैमा आएर अर्डर गर्छन् ।
आफ्नै धुनमा डोको बुन्न बाँस (निगालो) चिर्छु । डोको बुन्छु । बिक्रीका लागि पहिले आफैं जान्थेँ, अहिले अरुले बेचिदिन्छन् ।