कोसेली विशेषांक : बिदा र बालापन

बर्खा, चाडबाड र हिउँदको लामा बिदामा बालबालिकाले प्रकृति, संस्कृति र जीवनका विविध आयाम सिक्ने महत्वपूर्ण अवसर पाउँछन् ।

कार्तिक ८, २०८२

कान्तिपुर संवाददाता

Koseli Special Issue: Vacation and Childhood

What you should know

काठमाडौँ — स्कुले बिदाको लामो क्यालेन्डर सार्वजनिक हुनुअगावै नानीहरू उमंग, उत्साह र सपनाले भरिन्छन् । बिदा विद्यार्थीका लागि एक विशिष्ट उत्सव हो, जसले तिनको जीवनमा ताजगी थप्छ । प्रत्येक दिनको पढाइ, गृहकार्य र शिक्षक–शासित विद्यालय जीवनमा बिदा विद्यार्थीको एक ‘चाड’ हो । त्यहाँ न हुन्छ— घण्टीको आवाज, न शिक्षकको निगरानी ! बालापनका दिनहरूमा नानीहरू चराझैं स्वतन्त्र अनुभूति र सिर्जनाले सम्पन्न हुन्छन् ।

असलमा बिदा नानीहरूका लागि नियमित तालिका बाहिरको उत्साहपूर्ण विश्राम हो । यति बेला उनीहरू विद्यालय–प्रांगढबाट फराकिलो संसारमा प्रवेश गर्छन्, प्रकृतिसँग नजिकिन्छन्, निजी सपना र कल्पनाको संसारमा विचरण गर्छन् । 

चाडबाड, बर्खा र हिउादमा दिइने बिदाहरू कृषि, संस्कृति, प्रकृति र जीवनसाग प्रत्यक्ष जोडिएका छन् । त्यो बेला विद्यार्थीले हाम्रो संघर्षपूर्ण जीवनका आरोह–अवरोह पढ्न सक्छन् । त्यसैले लामा बिदाहरू पढाइबाट पाइने फुर्सद मात्रै होइनन्, संस्कृति र जीवन बुझ्ने कक्षा पनि हुन्, जहाँ किताबी ग्रन्थले नसिकाउने पाठ पढ्न पाइन्छ । बिदाले विद्यार्थीलाई सिर्जनशील पनि बनाउँछ । 

निरन्तरको स्कुले पढाइले बाल मस्तिष्कमा तनाव, दबाब र थकान बढाउँछ । बिदामा स्थानविशेषको घुमफिरले नानीहरू नयाँ ऊर्जा लिएर विद्यालय फर्किन्छन् । बिदाको भ्रमणले तिनमा नयाा दृष्टिकोण थप्छ, प्रकृति र संस्कृतिमाथिको ज्ञान फराकिलो बनाउँछ । बिदाले नै विद्यार्थीलाई परिवार र घरसाग नजिक बनाउँछ, समाजप्रतिको उत्तरदायित्वपूर्ण भावना बोध गराउँछ । 

नेपाली चाडबाडका लामा बिदापछि विद्यार्थी अब स्कुल जाँदैछन् । तर, बिदाको असली रमाइलो नभोग्दै र शिक्षकले दिएका गृहकार्यको बोझबाट थिचिएर भरिएका कापी झोलामा राख्दाराख्दै सकिएको छ– विद्यार्थीको बिदा । 

‘कोसेली’ को यस अंकमा हामीले बिदाका बितिगएका दिनहरूको सम्झना गरेका छौं । बालापनका बिदामा पनि गृहकार्यको तनावबाट घेरिएका लेखकहरूको विचार छ– शिक्षकले त विद्यार्थीलाई स्वतन्त्र सपना देख्न सिकाउनुपर्ने हो, तिनको उन्मुक्त आत्मा पढ्नुपर्ने हो ।

पूरा पढ्नुहोस् कोसेलीमा प्रकाशित बिदा र बालापन विशेषांक :

स्कुलमा ‘टाइमपास’ गरेछु : विप्लव प्रतीक

गीत गाएरै बिते बिदाहरू : अभि सुवेदी

दसैंको ‘होमवर्क’ अर्थात् ‘नाइटमेयर’  : दीक्षिता कार्की

खेलाडीको बिदा नै हुन्न : विशाल श्रेष्ठ

बिदा भयो कि मामाघर : प्रदीप ज्ञवाली

शिक्षकहरू किन ‘होमवर्क’ को तनाव दिन्छन् ? : योगेश्वर अमात्य

खोला–खहरेमै बिते रमाइला दिन : मनोज ज्ञवाली

गोठाला गएरै सकिन्थ्यो छुट्टी : डा. भगवान कोइराला

‘होमवर्क’ बिर्सने हो भने बिदा रमाइलो : रामजी राम

हिरासतमा बिताएका बिदाका दिन : अर्णव चौधरी

‘स्वर्ग’ लाग्छन् बिदाका दिनहरू : खगेन्द्र लामिछाने

कान्तिपुर

Link copied successfully