जेन-जी आन्दोलनका घाइते २५ सय २३ मध्ये ४६० जनाको मात्र वर्गीकरण सुरु

देशभरका ७४ स्वास्थ्य संस्थामा उपचार गरेका घाइतेहरूको वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयले २५ कार्तिकमा गृह मन्त्रालयमा फाइल पठाएको थियो ।

Classification of only 460 out of 2,523 injured in Gen-G protests begins

अस्पतालमा फलोअपमा जान जेनजी घाइतेलाई पनि पैसाकै समस्या

२० दिनअघि मात्रै बीएण्डबी अस्पतालाबाट डिस्चार्ज भएका सिन्धुलीका २९ वर्षीय रवि भण्डारी भन्छन्, ‘डाइटहरूमा खर्च धेरै हुँदो रहेछ । अनि ड्रेसिङ गर्नका लागि घरमै स्वास्थ्यकर्मी बोलाउँदा पनि खर्च भइरहेको छ । अहिले ऋण सापटी गरेर काम चलाइरहेको छु ।’

Even those injured in Genji's hospital stay face financial problems

जेन-जी आन्दोलनका घाइते पत्रकारको गुनासो- 'राज्यले हामीलाई देखेन'

'पत्रकारिता गर्ने मान्छे नै सञ्चारमन्त्री हुनुभएको छ । तर, उहाँलाई पत्रकाले पनि फिल्डमा गोली खाएका छन् भन्ने थाहा छैन होला, पत्रकारलाई सञ्चारमन्त्रीले त चिन्दैनन् । राज्यको के कुरा भो र !'

Injured journalist of Gen-G movement complains - 'The state did not see us'

जेन–जी आन्दोलनका घाइते अझै अस्पतालमै, भन्छन् : 'हामीमाथि गोली चलाउने र अपराध गर्नेलाई खोइ कारबाही ?'

जेन–जी आन्दोलनबाट बनेको सरकारले अब उपचार मात्र होइन, रोजगारीको पनि ग्यारेन्टी गर्नुपर्ने अस्पतालको बेडबाट घाइतेहरूको माग ।

Injured in the Gen-G movement, still in hospital, say: 'Will action be taken against those who shot at us and committed crimes?'

जितको खुसी, चिन्ताको बादल

घाइते भएर थला परेका अनिषलाई जसविरुद्ध आन्दोलन भयो उसले सत्ता छोडेकामा खुसी मिलेको छ । जीवनभर अपांग हुने चिन्ताले उनलाई उत्तिकै सताइरहेको छ । ‘हट्नुपर्ने मान्छे हटे । अब देश परिवर्तन होला, आफू सधैंभरलाई यस्तै भयो । अपांग नै भइयो भनौं,’ मलिन स्वरमा उनले सुनाए ।

Joy of victory, clouds of anxiety

को हुन्, जेन-जी आन्दोलनमा घाइतेहरुको उद्धार गर्ने किशोरी  ?

किशोरीले जुन मोटरसाइकलबाट २३ भदौमा घाइतेको उद्धार गरेकी थिइन्, त्यो मोटरसाइकल नै जल्यो, तत्कालै सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरिन्, सहयोग जुटेपछि मोटरसाइकल किनेर जिम्मा लगाइन्

Who is the girl who rescued the injured in the Zen-ji movement?

१४ वर्षकी किशोरीको खुट्टामा गोलीका छर्रा, निःशुल्क उपचारमा समस्या

प्रहरी चौकीवरिपरि अचानक धेरै मान्छे जम्मा भएको र आफूहरू भाग्न खोज्दा गोलीको छर्रा लागेको संगीता लामाले बताइन्।

14-year-old girl with bullet wounds in her leg, problem with free treatment

खुट्टामा गोली लागेका सन्तोष भन्छन् : आन्दोलनले परिवर्तन त भयो तर ऐतिहासिक धरोहर जल्दा दु:खी छु

'देशमा त्यतिका वर्ष लागेर बनेका इतिहास र सम्पदा जलाइदिए । आन्दोलनमा घुसपैठ भयो,' उनको दु:खेसो छ ‌।

Santosh, who was shot in the leg, says: The movement has brought change, but I am saddened by the loss of historical heritage

जेन-जी आन्दोलनका घाइते इन्द्र भन्छन् : अब काम गर्न सकिनँ भने ऋण कसरी तिर्ने, घर कसरी चलाउने

 पाँच तलाबाट जमिनमा पछारिएका इन्द्रबहादुरको हात र कम्मरको हड्डीमा चोट छ 

Indra, a victim of Gen-G movement, says: If I can't work now, how will I pay the debt, how will I run the house

जेन-जी आन्दोलनमा घाइते अभिषेक भन्छन् : अब देश राम्रो बाटोमा जान्छ कुरामा ढुक्क छु

‘अब देश राम्रो बाटोतर्फ जान्छ भन्ने कुरामा ढुक्क छु । म आन्दोलनका कारण घाइते छु भन्ने कुरामा पछुतो छैन । किनभने ज्यानै हाजिर छ यो देशका लागि तर देशचाहिँ बन्नुपर्‍यो, भ्रष्टाचारी हट्नुपर्‍यो । ’-अभिषेक श्रेष्ठ

Abhishek, who was injured in the Gen-G movement, says: Now I am sure that the country will go on a better path

‘देश राम्रो भए युवाहरू बिदेसिन पर्दैनथ्यो’

‘भ्रष्टाचार नियन्त्रण होस् । जसले घुसपैठ गरी आन्दोलनमा तोडफोड र आगजनी गरे सबैले सजाय पाउनुपर्छ ।’

”If the country was good, the youth would not have to go abroad”

'देशमै रोजगारी सिर्जन भएको हेर्न चाहन्छु'

'हाम्रो सरकार व्यापक भ्रष्टाचारमा थियो । लाखौं मानिस खाडी गएर पसिना बगाउने । नेताहरू देश लुट्ने यसको अन्त्यका लागि सडकमा आएको थिएँ'

'I want to see job creation in the country'

‘चाडबाडका बेला अस्पतालमा छट्पटाउनु परेको छ’

‘देश बन्छ भनेर गएँ । आन्दोलनमा नगएको भए हुँदो रहेछ । परिवर्तनका नाममा हामी जस्ता सर्वसाधारण मर्ने र घाइते हुनेबाहेक केही नहुँदो रहेछ ।’

”He had to be admitted to the hospital during the festival”

'देशले मुहार फेरोस्, म त सन्चो भइहाल्छु नि'

‘म जस्ता घाइते धेरै छन् । कतिजनाले ज्यान गुमाए, उनीहरूको बुबाआमाले कति पीडा सहनु परेको छ । अब त जुन हालतमा पनि देश बन्नैपर्छ । बन्छ भन्ने आशा पनि छ ।’

'Let the country change its face, I will be safe'

जेन-जी आन्दोलनका घाइते भन्छन् : भ्रष्टाचारीले फेरि टाउको नउठाऊन्

जेन–जी आन्दोलनमा घाइते भएकाहरूले आफ्नो पीडाभन्दा पनि देशको परिवर्तनप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरूले अब भ्रष्टाचारमा संलग्नहरूले फेरि टाउको उठाउन नपाउने व्यवस्था हुनुपर्नेमा जोड दिएका छन् भने घाइतेहरूको उपचारमा सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।

Victims of Gen-Ji movement say: The corrupt should not raise their heads again

जो दुई गोली खाएर पनि आन्दोलनमा हिँडे

२३ गतेको आन्दोलनमा कैलाली घर भएका युवराज उपाध्याय गोली पचाएरै उभिए । उनको रगत यसरी उम्लिएको थियो कि ज्यानकै प्रवाह नगरी घाइते शरीर धकेल्दै उनी दोस्रो दिनको आन्दोलनमा पनि सानदार रुपमा प्रस्तुत भए ।

Even after taking two bullets, he walked in the movement

'स्टेरिङ चलाउनुपर्ने हातमा गोली लाग्यो'

जीवन, पेसाले ड्राइभर । २७ वर्षे उनी घरका कान्छा हुन् । पत्नी, ३ वर्षीय छोरा र वृद्धा बुवाको जिम्मेवारी उनकै काँधमा छ । ऋण गरेर भदौ १९ मा मात्रै उनले बस किनेका थिए । अल्लारे उमेरदेखि बसमा हिँड्दा कमाएको थोरै पैसा र ऋण गरेर ३७ लाख रुपैयाँमा अरनिको यातायात किनेका थिए ।

'He was shot in the hand that was supposed to operate the steering wheel'

प्रदर्शनमा गोली लागेका अमितलाई बैंकको किस्ता तिर्ने चिन्ता

‘देश राम्रो हुन्छ, सुशासन कायम हुन्छ, राजनीति सुध्रन्छ, भ्रष्टचार पनि अन्त्य हुन्छ भनेर आएको हुँ,’ उनले भने,‘तर हामीलाई अहिलेसम्म भेट्न सरकारबाट कोही पनि आउनु भएको छैन । जेन-जीका नेताहरू पनि देखेको छैन ।’

Amit, who was shot at the demonstration, is worried about paying the bank installment

आगो निभाउने  क्रममा घाइते भएका जिम्बाको मृत्यु

पेट्रोलको ड्रमबाट सानो भाडामा पेट्रोल भर्ने क्रममा ड्रम पल्टेर बलेको दियोमा पेट्रोल पोखिएपछि एक्कासि आगलागी भएको थियो ।

Zimba died of injuries sustained while fighting the fire
Link copied successfully