आगो निभाउने  क्रममा घाइते भएका जिम्बाको मृत्यु

पेट्रोलको ड्रमबाट सानो भाडामा पेट्रोल भर्ने क्रममा ड्रम पल्टेर बलेको दियोमा पेट्रोल पोखिएपछि एक्कासि आगलागी भएको थियो ।

आश्विन १, २०८२

प्रताप विष्ट

Zimba died of injuries sustained while fighting the fire

हेटौंडा — आफ्नै पसलमा लागेको आगो निभाउने क्रममा घाइते भएका मकवानपुर बकैया गाउँपालिका–५ गरगरेका ४५ वर्षीय लिलाराम जिम्बाको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको छ  । काठमाडौंस्थित कीर्तिपुर जलन अस्पतालमा उपचाररत जिम्बाको मृत्यु भएको हो ।

आगो निभाउने क्रममा ४५ वर्षीय घरधनी  जिम्बा घाइते भएका थिए । घाइते जिम्बालाई उपचारका लागि हेटौंडाबाट काठमाडौंको कीर्तिपुरस्थित अस्पतालमा पठाइएको  थियो ।  पेट्रोलको ड्रमबाट सानो भाडामा पेट्रोल भर्ने क्रममा ड्रम पल्टेर बलेको दियोमा पेट्रोल पोखिएपछि एक्कासि आगलागी भएको थियो । 

आगलागीबाट दुईतले पक्की घर पूर्ण रूपमा जलेर क्षति भएको थियो । सहकारीको रकम घरमा ल्याएर राखेको १५ लाख, ३० थान ग्यास सिलिन्डर, २ वटा मोटरसाइकल, खाद्यान्न, अन्नपात, लत्ताकपडा, फर्निचरलगायत सामान जलेर करिब २ करोड रुपैयाँ मूल्यबराबरको क्षति भएको थियो ।   

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully