उनको नेतृत्वमा लुम्बिनीले लगातार छैटौँ खेल जितेर उपाधि चुमेको छ ।
उनको नेतृत्वमा लुम्बिनीले लगातार छैटौँ खेल जितेर उपाधि चुमेको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार फाइनलमा विपक्षी सुदूरपश्चिम रोयल्सलाई कुनै मौका नदिएको लुम्बिनीले ६ विकेटको विजय निकाल्यो ।
रोहितले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार फाइनल खेलको ११ औँ ओभरमा लगातार ३ विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो ।
उनले लगातार बलमा दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनीत मेहरालाई आउट गरेका थिए ।
सुदूरपश्चिम टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर आफ्नो टोलीले ब्याटिङ गर्ने निर्णय सुनाएका हुन् ।
अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला
क्वालिफायर-वानमा कमजोर ब्याटिङका कारण विराटनगर १४.१ ओभरमै ७८ रनमा समेटियो र सुदूरपश्चिमले फाइनल प्रवेशको खुसी मनायो।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिले ब्याटिङ गर्दै सुदूरपश्चिमले सात विकेट गुमाएर १५५ रन बनायो, विनोद भण्डारीले सर्वाधिक ६३ रन जोडे।
एनपीएल लाइभ अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।
पहिलो पटक प्लेअफमा पुगेको विराटनगरले गत लिग चरणमा सुदूरपश्चिमलाई छ विकेटले हराइसकेको छ, यसपटक फाइनल यात्रा को तय गर्नेछ ?
सुदूरपश्चिम र विराटनगर मंगलबार फाइनल प्रवेश पाउन एकअर्काविरुद्ध खेल्दैछन् । सुदूरपश्चिम पहिलो ६ खेल जितेर क्वालिफायर १ मा पुगेको थियो ।
सुदूरपश्चिमलाई ११.५ ओभरमै हराउँदै विराटनगरले नेट रन रेटमा काठमान्डुलाई उछिनेको छ, अब क्वालिफायर १ मा सुदूरपश्चिमसँग भिड्नेछ।
एनपीएल लाइभ अपडेटका लागि ekantipur.com हेर्दै गर्नुहोला ।
सुदूरपश्चिमले दुई महत्वपूर्ण खेलाडी परिवर्तन गरेको गरेको छ । स्कट कुग्लेन र क्रिस लिनको स्थानमा टोलीले जस ब्राउन र ध्रुव परासरलाई खेलाएको छ ।
काठमान्डु र विराटनगरमध्ये एकले फाइनलमा प्रवेश पाउन सुदूरपश्चिमसँग क्वालिफायर-१ मा खेल्ने छ ।
यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको सुदूरपश्चिमले चितवनलाई पराजित गरेमा टोली क्वालिफायर-१ मा पुग्ने छ । चितवनलाई प्लेअफमा पुग्न यो र शनिबार पोखरा एभेन्जर्सविरुद्ध हुने खेल जित्नै पर्ने दबाब रहेको छ ।
पाँच खेलबाट चार अंक जोडेको चितवनले प्लेअफमा पुग्नका लागि आजको खेल जित्नै पर्नेछ ।
एनपीएलको रोचक र ताजा अपडेटका लागि ekantipur हेर्दै गर्नुहोला
इशान पाण्डे र विनोद भण्डारीको उत्कृष्ट साझेदारीसँगै सुदूरपश्चिमले त्रिवि मैदानमा जनकपुरलाई हराउँदै लगातार पाँचौं जित दर्ता गरेको छ।
कीर्तिपुरमा जारी खेलमा नयाँ कप्तान वायन पार्नेलको नेतृत्वमा जनकपुरले २० ओभरमा ८ विकेट गुमाएर १४५ रन बनाएको छ, जबकि सुदूरपश्चिम बलर अविनाश बोहराले ४ विकेट लिए।