एनपीएल : चितवनविरुद्ध सुदूरपश्चिम ब्याटिङमा 

पाँच खेलबाट चार अंक जोडेको चितवनले प्लेअफमा पुग्नका लागि आजको खेल जित्नै पर्नेछ ।

मंसिर १८, २०८२

कान्तिपुर संवाददाता

NPL: Sudurpaschim bats against Chitwan

काठमाडौँ — चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बिहीबारको दोस्रो खेलमा पहिला फिल्डिङ गर्ने भएको छ । चितवनका कप्तान कुशल मल्लले त्रिवि क्रिकेट अन्तर्राष्ट्रिय मैदान कीर्तिपुरमा टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङका लागि बोलाएका छन् ।

सुदूरपश्चिम पहिलो ५ खेलै जितेर शीर्ष स्थानमा छ । यसअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको सुदूरपश्चिमले चितवनलाई पराजित गरेमा टोली क्वालिफायर १ मा पुग्ने छ । चितवनलाई प्लेअफमा पुग्न यो र शनिबार पोखरा एभेन्जर्सविरुद्ध हुने खेल जित्नै पर्ने दबाब रहेको छ ।

चितवनले तीव्र बलरद्वय रिजन ढकाल र जर्ज स्क्रिमशवलाई टोलीमा समावेश गरेको छ । इंग्ल्यान्डबाट खेलिसकेका स्क्रिमशवको प्रतियोगितामा यो पहिलो खेल हो । उनले र रिजनले सोहेल तान्बिर र सौगात ढकालको स्थान लिनेछन् ।

पोखराबाट हिक्मत महरा, पुनित मेहेराले ‘डेब्यु’ गर्दैछन् । दीपक बोहरा पनि सुदूरपश्चिमको जर्सीमा यो पहिलो खेल हुनेछ । उनीहरुले जस ब्राउन, मिलन बोहरा र हेमन्त धामीको स्थान लिनेछन् । 

कान्तिपुर संवाददाता

Link copied successfully