रोहितले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार फाइनल खेलको ११ औँ ओभरमा लगातार ३ विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो ।
What you should know
काठमाडौँ — कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिएपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई सस्तैमा रोकेको छ ।
रोहितले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार फाइनल खेलको ११ औँ ओभरमा लगातार ३ विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै अलआउट भयो । सुदूरपश्चिम एनपीएलमा पहिलो पटक १ सय रन कटाउन असफल रह्यो ।
रोहितले लगातार बलमा दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनीत मेहरालाई आउट गरेका थिए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रले २० बल खेली १३ रन बनाए भने दीपक र पुनीत आफूले सामना गरेको पहिलो बलमै आउट भएका हुन् । रोहितको सानदार बलिङ स्पेलपछि लुम्बिनीले खेल पूर्ण नियन्त्रणमा राखेको थियो ।
एनपीएलमा यो केवल दोस्रो ह्याट्रिक विकेट हो । काठमान्डु गोर्खाजका शाहब आलमले पोखरा एभेन्जर्सविरुद्ध यसै प्रतियोगितामा लगातार ३ बलमा विकेट लिएका थिए ।
पहिलो ओभरको अन्तिम बलमा विनोद भण्डारी शून्यमा आउट भए देखि नै सुदूरपश्चिमको विकेट झर्ने क्रम रोकिएन । विनोदलाई आउट गरेका लुम्बिनी अग्ला नामिबियन तीव्र बलर रुबेन ट्रम्पलमनले आफ्नो अर्को ओभरमा भारतीय खेलाडी शेल्डोन ज्याकसनलाई १ रनमा एलबीडब्लु आउट गरे ।
आरिफ शेख पनि ६ रन बनाई शेर मल्लको पहिलो सिकार भए । त्यसपछि रोहितले ह्याट्रिक विकेट लिएका थिए । हरमित सिंह १ छक्का प्रहार गरी १० रनमा शेरबाट आउट भए । ओपनर आउट हुने आठौँ हुने आठौँ खेलाडी थिए । १७ औँ ओभरमा आउट भएका उनले ५१ बल खेली १ चौका प्रहार गरी ३३ रनमा आउट भए ।
शेरले ३ विकेट लिँदै प्रतियोगितामा आफ्नो विकेट संख्या १७ पुर्याए । उनी सर्वाधिक विकेट लिने सूचीमा विराटनगर किंग्सका सन्दीप लामिछानेसँगै शीर्ष स्थानमा रहे । स्कट कुग्लेन १० रनमा आउट भए । उनले ८ बल खेली १ छक्का प्रहार गरेका थिए ।
अविनाश बोहराले १ रनमात्र जोड्न सके । हेमन्त धामी ९ बल खेली १ छक्का प्रहार गरी ७ रनमा अविजित रहे । रोहित, शेर र ट्रम्पलमनले ३–३ विकेट लिए । रोहितले ४ ओभरमा १२, शेरले १८ र ट्रम्पलमनले २.१ ओभरमा ३ रनमात्र खर्चे । तिलकराज भण्डारीले १ विकेट लिए ।
