फाइनलमा रोहितको ह्याट्रिक विकेट

उनले लगातार बलमा दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनीत मेहरालाई आउट गरेका थिए ।

मंसिर २७, २०८२

हेमन्त श्रेष्ठ

Rohit's hat-trick wicket in the final

काठमाडौँ — लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सुदूरपश्चिम रोयल्सविरुद्धको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् ।

रोहितले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा शनिबार फाइनल खेलको ११ औँ ओभरमा लगातार ३ विकेट लिएका थिए । उनले लगातार बलमा दीपेन्द्रसिंह ऐरी, दीपक बोहरा र पुनीत मेहरालाई आउट गरेका थिए ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रले २० बल खेली १३ रन बनाए भने दीपक र पुनीत आफूले सामना गरेको पहिलो बलमै आउट भएका हुन् । रोहितको सानदार बलिङ स्पेलपछि लुम्बिनीले खेल पूर्ण नियन्त्रणमा राखेको छ । १२ ओभरको समाप्तिमा सुदूरपश्चिम ६ विकेट गुमाई ४६ रनको दयनीय स्थितिमा छ ।

एनपीएलमा यो केवल दोस्रो ह्याट्रिक विकेट हो । काठमान्डु गोर्खाजका शाहब आलमले पोखरा एभेन्जर्सविरुद्ध यसै प्रतियोगितामा लगातार ३ बलमा विकेट लिएका थिए । 

हेमन्त श्रेष्ठ

Link copied successfully