विराटनगर टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

पहिलो पटक प्लेअफमा पुगेको विराटनगरले गत लिग चरणमा सुदूरपश्चिमलाई छ विकेटले हराइसकेको छ, यसपटक फाइनल यात्रा को तय गर्नेछ ?

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

Biratnagar wins the toss and bowls against Sudurpaschim

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को क्वालिफायर–वानमा मंगलबार सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स भिड्दै छन् ।

त्रिवि अन्तर्राष्ट्रिय  क्रिकेट मैदानमा सुदूरपश्चिमले गत सिजन पनि क्वालिफायर–वान खेलेको थियो र त्यसमा विजयी रहेर फाइनल प्रवेश गरेको थियो । विराटगर भने पहिलो पटक प्ले–अफमा खेल्दैछ ।  

लिग चरणको समाप्तीमा सुदूरपश्चिम १२ अंकमा पहिलो र विराटनगर १० अंकमा दोस्रो स्थानमा रहेको थियो । उनीहरूबीच लिग चरणमा भएको खेलमा विराटनगर छ विकेटले विजयी रहेको थियो ।

त्यसमा सुदूरपश्चिमले पहिले ब्याटिङ गर्दै छ विकेटमा १ सय ४७ रन बनाएको थियो । जवाफमा विराटनगरले ४९ बलको खेल बाँकी छँदै सनसनपिूर्ण जित निकालेको थियो ।  

यस खेलमा पराजित टिमले क्वालिफायर–टु खेल्नेछ । त्यसमा उसको प्रतिद्वन्द्वी इलिमिनेटरको विजेता हुनेछ । इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्नेछन् । 

प्लेइङ ११

सुदूरपश्चिम : दीपेन्द्रसिंह ऐरी (कप्तान), आरिफ सेख, अविनाश बोहरा, इशान्त पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, मिलन बोहरा, सेल्डन ज्याक्सन, स्कट कुग्लेन, मुख्तर अहमद र हरमित सिंह ।

विराटनगर : सन्दीप लामिछाने (कप्तान), प्रतिश जीसी, लोकेश बम, बसिर अहमद, सूर्य तामाङ, नरेन भट्ट, नारायण जोशी, स्याम हेजलेट, फाफ डु फ्लेसिस, मार्टिन गुपटिल र मार्सेन्ट डिल्याङ्गे । 

कान्तिपुर संवाददाता

Link copied successfully