एनपीएल : ब्याटिङमा विदेशी खेलाडी हाबी

हालसम्मका खेलमा ब्याटिङमा विदेशी खेलाडीको दबदबा रह्यो । पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सर्वाधिक ३२३ रन बनाए । उनले सात खेलमा एक शतक र दुई अर्धशतक बनाए । उनले सबैभन्दा बढी ३१ चौका प्रहार गरे । 

मंसिर २२, २०८२

रासस

NPL: Foreign players dominate in batting

What you should know

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल)को जारी दोस्रो संस्करणमा लिग चरणका खेल पूरा भएका छन् । मंसिर १ गतेदेखि सुरु भएको एनपिएलको लिग चरणमा ८ टोलीबीच कुल २८ वटा खेल भएका थिए । 

दर्शकको उल्लेख्य उपस्थिति रहेको लिग चरणका २८ खेलमध्ये १५  खेलमा दोस्रो पारीमा ब्याटिङ गर्ने टोली विजयी भए भने १३ पटक पहिलो पारीमा ब्याटिङ गर्ने टोलीले जिते । प्रतियोगितामा हालसम्म विराटनगरले सबैभन्दा ठूलो स्कोर बनाएको छ ।

उसले पोखराविरुद्ध २२० रन बनाएको थियो भने पोखराले कर्णालीविरुद्ध २०१ रन बनाएको थियो । सुदूरपश्चिमले पोखराविरुद्ध १९३ को उच्च योगफल बनायो । जनकपुरको उच्च योगफल चितवनविरुद्ध १८० रन रह्यो । साथै कर्णालीको उच्च योगफल पोखराविरुद्ध १६७ रन रहँदा लुम्बिनीको उच्च योगफल कर्णालीविरुद्ध १५८ रह्यो ।

जमरी प्रतियोगितामा फराकिलो अन्तरले जित निकाल्नेमा अगाडि विराटनगर र काठमान्डु रहे । विराटनगरले पोखरालाई र काठमान्डुले चितवनलाई समान ५३ रनको फराकिलो अन्तरले पराजित गरेका थिए ।

सुदूरपश्चिमले चितवनलाई ४९ रनको फराकिलो जित निकाल्दा चितवनले विराटनगरलाई ४८ रनले हराएको थियो । विराटनगरले एकै खेलमा सबैभन्दा बढी २१ अतिरिक्त रन खर्चियो । जनकपुरले पनि कर्णालीविरुद्ध १५ अतिरिक्त रन खर्चिँदा सुदू्रपश्चिम र जनकपुरले पोखराविरुद्धका खेलमा अतिरिक्त रनका रुपमा समान १४/१४ रन खर्चियो ।

ब्याटिङमा विदेशी खेलाडी हाबी

हालसम्मका खेलमा ब्याटिङमा विदेशी खेलाडीको दबदबा रह्यो । पोखरा एभेन्जर्सका एडम रोसिङ्टनले सर्वाधिक ३२३ रन बनाए । उनले सात खेलमा एक शतक र दुई अर्धशतक बनाए । उनले सबैभन्दा बढी ३१ चौका प्रहार गरे । 

NPL: Foreign players dominate in battingकर्णाली याक्सका मार्क वाट पनि ब्याटिङमा अब्बल रहे । उनले सात खेलमा एक शतक र एक अर्धशतकसहित २४६ रन बनाए । उनी लिग चरणमा सबैभन्दा बढी छक्का प्रहार गर्ने खेलाडी बने । उनले २१ छक्का प्रहार गरेका थिए । उनले लुम्बिनी लायन्सविरुद्ध मात्रै १२ छक्का प्रहार गरेका थिए । 

चितवन राइनोजका रवि बोपाराले पनि तीन अर्धशतकसहित २३७ रन बनाए । दुई सयभन्दा बढी रन बनाउनेमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेल र सुदूरपश्चिम रोयल्सका ओपनर बिनोद भण्डारी छन् । उनीहरुले क्रमशः २०८ र २०१ रन बनाए । 

NPL: Foreign players dominate in battingनेपाली ब्याटरहरु कुशल भुर्तेल, कुशल मल्ल, लोकेश बम, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, देव खनाल, गुलशन झा, आशिफ शेख, आरिफ शेख, भीम सार्कीलगायतले एकाध खेलमा राम्रो प्रदर्शन गरे पनि समग्रमा ब्याटिङमार्फत आफ्नो टोलीलाई उल्लेखनीय योगदान गर्न भने सकेनन् ।

ब्याटिङतर्फ स्ट्राइक रेटमा पनि विदेशी खेलाडी अगाडि देखिए । दुई वटा मात्रै खेल खेलेका विराटनगरका फाप डुप्लेसीले २१३.७९ को स्ट्राइकमा एक अर्धशतकसहित ६२ रन बनाए । लिग चरणका सबै खेल खेलेका हर्मित सिंहले १९३.७५ को स्ट्राइक रेटमा रन बनाए । पोखराका दान डाउथवेटले १८७.१७ को स्ट्राइक रेटमा रन बनाए । 

प्रतियोगितामा सबैभन्दा लामो साझेदारी १३२ रनको रह्यो । विराटनगरका लोकेश बम र मार्टिन गुप्टिलले पोखराविरुद्ध दोस्रो विकेटका लागि उक्त साझेदारी गरेका थिए । 

दुई शतक, ३७ अर्धशतक

प्रतियोगितामा हालसम्म दुई खेलाडीले मात्र शतक बनाएका छन् । पोखराका एडम रोसिङ्टनले कर्णाली याक्सविरुद्ध १०८ रन र कर्णाली याक्सका मार्क वाटले लुम्बिनीविरुद्ध ११४ रन बनाए । 

प्रतियोगितामा हालसम्म ३७ अर्धशतक प्रहार भएका छन् । कूल अर्धशतकमध्ये २७ विदेशी खेलाडीले बनाए । विदेशी खेलाडीमा रवि वोपाराले तीन, एडम रोसिङ्टनले तीन, प्रियाङ्क पञ्चालले दुई, मार्क वाटले दुई र सञ्जय कृष्णमूर्तिले दुई तथा बाँकी विदेशी खेलाडीले एक/एक अर्धशतक बनाए ।

नेपाली खेलाडीतर्फ कुशल भुर्तेलले दुई अर्धशतक बनाए । साथै नेपाली खेलाडीहरु भीम सार्की, इशान पाण्डे, अर्जुन साउद, अनिल साह, बिनोद भण्डारी, बसिर अहमद, लोकेश बम र आशिफ शेखलले एक/एक अर्धशतक बनाए । 

२९ वटा डकआउट

प्रतियोगितामा १८ ब्याटर २९ पटक डकआउट अर्थात् शून्य रनमा आउट भएका छन् । जसमध्ये जोस ब्राउन, सुमित महर्जन र जर्ज मुन्से र  आशिफ शेख सबैभन्दा बढी तीन पटक डकआउट भए । 

रासस

Link copied successfully