कालापानीमा भारतीय अतिक्रमण, ३० वर्षअघि कान्तिपुरको त्यो स्थलगत रिपोर्टिङ

कान्तिपुरका तत्कालीन संवाददाता नारायण वाग्ले (पछि प्रधानसम्पादक) ले २०५३ मै स्थलगत रिपोर्टिङमार्फत कालापानी क्षेत्रमा भारतको बलमिच्याइँ र नियत उदांगो पारेका थिए ।

Indian encroachment in Kalapani, that on-the-ground reporting from Kantipur 30 years ago

लिपुलेकमुनिका गाउँका पीडा : बाटो न सञ्चार 

दार्चुलाको ब्यासका बासिन्दा भन्छन् : हामी हाम्रै बाटो भएर खाद्यान्न लिन जान सक्नुपर्‍यो । नागरिकका लागि चाहिने आधारभूत आवश्यकता पूरा गर्न नसक्ने तर जहिल्यै सीमाको विषय बल्झाइरहँदा हामीले सास्ती खेप्नुपरेको छ

The sufferings of the villages below Lipulek: no roads or communication

चुच्चे नक्सा हामीले किताबमै पढेको हो, कसरी हरायो ?

संविधानविद् एवं सीमा र सुगौली सन्धिको प्रमाण खोज्ने कार्यदलका सदस्य विपिन अधिकारीले सुगौली सन्धिको धारा ५मा कालीनदीको पश्चिमका क्षेत्र नेपालले दाबी नगर्ने र पूर्वका सबै क्षेत्र नेपालको हुने उल्लेख भएको बताए ।

We read the Chuchche map in the book, how did it get lost?

सीसँगको भेटमा ओलीले लिपुलेकको मुद्दा उठाएपछि भारतीय मिडियामा खैलाबैला

भारत र चीनबीच गत अगस्ट १५ मा नेपाली भूमि लिपुलेक हुँदै गरिने व्यापार सम्झौताप्रति ओलीले बेइजिङमा आपत्ति जनाएका हुन् । नेपालले लिपुलेको मुद्दा उठाएसँगै भारतीय सञ्चारमाध्यममा खैलाबैला मच्चिएको हो ।

After Oli brought up the issue of Lipulek in the meeting with Xi, there was chaos in the Indian media

नेपाली भूमिका १७ चेकपोस्ट फिर्ता हुँदा कालापानीबाट किन फिर्ता भएन भारतीय सेना ?

प्रधानमन्त्री मातृकाप्रसाद कोइरालासँगको सम्झौतामा नेपालमा बसेका १७ सैनिक चेकपोस्ट १८ वर्षपछि २०२६ मा फिर्ता भए, तर बलजफ्ती दार्चुलाको कालापानी पसेको क्याम्पबारे राजा महेन्द्र मौन बसे। त्यहीकारण कालापानीको ३७० वर्गकिलोमिटर भूमि अतिक्रमणमा परेको हो।

Why did the Indian army not withdraw from Kalapani when Nepali role 17 check post was withdrawn?

लिपुलेकमा भारत-चीन व्यापार सम्झौताप्रति सरकारले देखाएको रवैयाले हामी सशंकित छौँ : रास्वपा

'संसद्‍मा हामीले उठाएको नक्सा र राष्ट्रियताको विषयप्रति सरकारले देखाएको अनिच्छाप्रति रास्वपा सशंकित बनेको छ ।'-शिशिर खनाल

We are suspicious of the government's attitude towards the India-China trade agreement in Lipulekh: RSVP

‘भारतले स्वभाव बदल्नुपर्छ, त्यसो गर्दा मात्रै सबै छिमेकी र नेपालसँग सम्बन्ध राम्रो हुन्छ’

एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्- विश्वभर ‘प्रोफाइल’ बढाउँदै अघि बढिरहेको देशले सबैभन्दा पहिले छिमेकसँग कस्तो सम्बन्ध राख्ने भनेर ‘रिभ्यु’ गर्नुपर्छ, तर दक्षिण एसियाका सानाठूला सबै देशसँग भारतको सम्बन्धमा कहीं न कहीं समस्या देखिन्छ।

”India should change its nature, only by doing so, relations with all its neighbors and Nepal will be better.”

सीमा सम्बन्धमा १० वर्षमा भारतलाई ८ पटक कूटनीतिक नोट, सबै अनुत्तरित

यसअघि पठाइएका ७ नोट अनुत्तरित रहेकै बेला नेपालले आठौं पटक भारतलाई झकझकाएको हो, सीमा र नेपालीभूमि प्रयोगकै विषयलाई लिएर चीनलाई पनि ३ पटक कूटनीतिक नोट पठाएको छ, चीनले पनि एक पटक मात्र जवाफ दिएको छ।

8 diplomatic notes to India in 10 years on border issues, all unanswered

लिपुलेकबारे नेपालका तर्फबाट भारत र चीनलाई अलग-अलग कूटनीतिक नोट

कूटनीतिक नोटमा भारतसँग स्थापित संयन्त्रबाटै छलफल गरेर सीमा विवादमा समाधान खोजिने र यसले नै निकास दिने भनिएको छ ।

Separate diplomatic notes from Nepal to India and China regarding Lipulekh

लिपुलेक व्यापार सम्झौताको समस्या सरकारले कुटनीतिक पहलबाट समाधान गरोस् : सांसद खतिवडा

सांसदले चीन–भारत भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको व्यापार सम्झौता समस्या समाधान गर्न सरकारलाई अगाडि बढ्न आग्रह गरे।

The government should solve the problem of Lipulek trade agreement through diplomatic initiatives: MP Khatiwada

लिपुलेकको विषय कूटनीतिक चरणमा पुगिसक्यो, वार्ताबाटै समाधान गर्नुपर्छ : मन्त्री गुरुङ

गुरुङले संयुक्त राष्ट्रसंघ र भारतसँगको वार्ताबाट सीमा समस्या समाधान गर्न आग्रह गर्दै, संसद्का सबै दलको समर्थन रहेको बताए।

The issue of Lipulek has reached the diplomatic stage, it should be resolved through negotiations: Minister Gurung

नेपाल भारत र चीन दुवैसँग झुक्नु हुँदैन, प्रमाणका आधारमा समस्या हल गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री भट्टराईले भारत र चीनसँगको सीमाविवाद वार्ता र संवादबाट समाधान गर्नुपर्ने र यसलाई अवसरमा बदल्न सकिने बताएका छन्।

Nepal should not bow down to both India and China, problem should be solved based on evidence: Former Prime Minister Bhattarai

विश्वासलाई धमिलो बनाइरहने सीमा विवाद

दुई असल छिमेकीबीच सिमानामा किचलो रहिरहनु हुन्न । त्यसले दुई देशबीचको सम्बन्धलाई धमिलो बनाइरहन्छ । जसबाट दुवै पक्षलाई हानि पुगिरहेको हुन्छ । त्यसैले जुन विषय नेपालले छलफलबाट टुंग्याऔँ भनिरहेको छ, त्यसलाई टुंग्याएर अघि बढ्नु पनि उचित हुन्छ ।

Border disputes continue to cloud trust

किन बल्झिरहन्छ कालापानी मुद्दा ? सात तथ्यमा बुझ्नुहोस्

सन् १९६२ को भारत–चीन लडाइँमा तटस्थ बसे पनि कालापानीमा मूल्य चुकाउन नेपाल बाध्य, सत्ता सहज बनाउन राजा महेन्द्र मौन बसे, व्यापारिक स्वार्थका लागि चीनले पनि भारतलाई नै साथ दियो ।

Why does the Kalapani issue persist? Understand in seven facts

प्रधानमन्त्रीको चीन र भारत भ्रमणमा लिपुलेकको मुद्दा उठाउन सत्तापक्ष र विपक्षीको सुझाव

प्रधानमन्त्री ओली यही १४ भदौमा सांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा सहभागी हुन चीन जाँदै छन् । उनी ३१ भदौमा दुईदिने भारत भ्रमणमा जाने तयारी छ ।

Suggestions from the ruling party and the opposition to raise the issue of Lipulek during the Prime Minister's visit to China and India

लिपुलेकमार्फत व्यापार गर्ने भारत-चीन सहमतिविरुद्ध एकमत सत्तारूढ र विपक्षी

नेपालको स्वाधीनता र सार्वभौमिकतामा आँच आउने गरी छिमेकी देशहरूले सहमति गरेको सत्तारूढ र विपक्षी दलका सांसदहरूले टिप्पणी गरेका छन् ।

Ruling and opposition unanimously against India-China agreement to trade through Lipulekh

नेपाली भूमि दायाँबायाँ गर्न दिँदैनौँ, भौगोलिक अखण्डताको विषयमा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन : दाहाल

'हामी दुवै छिमेकीसँग राम्रो सम्बन्ध चाहन्छौँ । छिमेकीसँग राम्रो सम्बन्ध राख्नुपर्छ भन्ने कुरामा कुनै विमति हुने कुरा भएन । तर त्यसको अर्थ हाम्रो भूमिलाई दायाबायाँ गर्न दिँदैनौँ ।' -माओवादी अध्यक्ष दाहाल

We will not allow Nepali land to be left or right, there is no difference between the ruling party and the opposition regarding geographical integrity: Dahal

लिपुलेक पासबाट व्यापार गर्ने भारत-चीन सहमतिको विरोधमा भारतीय दूतावासअगाडि अनेरास्ववियुको प्रदर्शन

सत्तारुढ एमालेको भ्रातृ संगठन अनेरास्ववियुले सडकमा प्रदर्शनमा उत्रिएको छ । लैनचौरस्थित अस्कलअगाडि अनेरास्ववियुले मसाल जुलुस निकालेको छ ।

UNRWA protest in front of Indian Embassy against India-China trade agreement through Lipulekh Pass

के छ लिम्पियाधुरा विवादमा नेपाल र भारतको अडान ?

संविधानमा आधिकारिक नक्सा समावेश भइसकेको र उक्त नक्सामा महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको तथ्यमा नेपाल सरकार स्पष्ट छ ।

What is the position of Nepal and India in the Limpiyadhura dispute?

फेरि बल्झियो ६ दशक पुरानो लिम्पियाधुरा विवाद

लिपुलेक हुँदै व्यापार गर्ने भारत र चीनबीच सहमतिबारे नेपाललाई जानकारी नै छैन। परराष्ट्र मन्त्रालयले भने ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग' भएको भनेको छ। 

The 6-decade-old Limpiyadhura dispute flared up again
Link copied successfully