सत्तारुढ एमालेको भ्रातृ संगठन अनेरास्ववियुले सडकमा प्रदर्शनमा उत्रिएको छ । लैनचौरस्थित अस्कलअगाडि अनेरास्ववियुले मसाल जुलुस निकालेको छ ।
काठमाडौँ — चीन र भारतले गरेको लिपुलेक पासबाट द्विपक्षीय व्यापार खोल्ने सहमतिको विरोधमा सदनदेखि सडकसम्म विरोध भएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा भारत र चीनलाई क्षेत्रमार्फत व्यापार गर्न दिन नहुने भन्दै सत्ता र प्रतिपक्षी दलका सांसदहरू एकै ठाउँमा उभिए ।
त्यस्तै आजै अपराह्न सत्तारुढ एमालेको भ्रातृ संगठन अनेरास्ववियुले सडकमा प्रदर्शन गरेको छ । लैनचौरस्थित अस्कलअगाडि अनेरास्ववियुले मसाल जुलुस निकालेको छ । त्यस्तै भारतीय दूतावासअगाडि समेत विद्यार्थीले प्रदर्शन गरेका छन् ।

