सीसँगको भेटमा ओलीले लिपुलेकको मुद्दा उठाएपछि भारतीय मिडियामा खैलाबैला

भारत र चीनबीच गत अगस्ट १५ मा नेपाली भूमि लिपुलेक हुँदै गरिने व्यापार सम्झौताप्रति ओलीले बेइजिङमा आपत्ति जनाएका हुन् । नेपालले लिपुलेको मुद्दा उठाएसँगै भारतीय सञ्चारमाध्यममा खैलाबैला मच्चिएको हो ।

भाद्र १५, २०८२

दया दुदराज

After Oli brought up the issue of Lipulek in the meeting with Xi, there was chaos in the Indian media

What you should know

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शनिबार चीनको तियानजिनमा भएको द्विपक्षीय भेटमा लिपुलेकको मुद्दा उठाए । सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलन २०२५ को सन्दर्भमा भएको भेटमा ओलीले लिपुलकको विषयलाई उठाएका हुन् ।

भारत र चीनबीच गत अगस्ट १५ मा नेपाली भूमि लिपुलेक हुँदै गरिने व्यापार सम्झौताप्रति ओलीले आपत्ति जनाएका हुन् । नेपालले लिपुलेको मुद्दा उठाएसँगै भारतय सञ्चारमाध्यममा खैलाबैला मच्चिएको हो

भारतय सञ्चारमाध्यमहरले ओलीको यो कदमलाई नेपालको ‘राष्ट्रवादी अडान’ का रपमा देखाएका छन् । तर साथसाथै चीनको मौनतालाई पनि उनीहरूले विशेष स्थान दिएका छन् । नेपालले लिपुलेकको विषयलाई विशेष जोडका साथ उठाए पनि चीनले यो मुद्दामा नेपालको पक्ष नलिएकोलाई भारतीय सञ्चारमाध्यमले प्राथमिकता दिएका छन् ।

भारतीय सञ्चारमाध्यमले यो मुद्दालाई नेपालको दाबी, चीनको मौनता र द्विपक्षीय सम्बन्धका पक्षहरूमा केन्द्रित रहेर सामग्री प्रकाशन गरेका छन् । बेइजिङस्थित नेपाली दूतावासको बयान, परराष्ट्र सचिव अमृतबहादुर राईको भनाइ र चीनको आधिकारिक ‘रिडआउट’लाई आधार बनाएर सामग्री प्रकाशन गरिएको छ ।

समग्रमा, भारतीय सञ्चारमाध्यमले यो भेटलाई नेपालको 'कडा अडान' क रूपमा चित्रण गरेका छन्, तर चीनको तर्फबाट लिपुलेक मुद्दामा कुनै प्रतिक्रिया नआएको भन्दै यसलाई 'रणनीतिक मौनता' क रूपमा व्याख्या गरेका छन् ।

 

After Oli brought up the issue of Lipulek in the meeting with Xi, there was chaos in the Indian mediaओलीले लिपुलेकलाई नेपालको ‘अभिन्न अंग’ बताउँदै १८१६ को सुगौली सन्धिको हवाला दिएको विषय अधिकां सञ्चारमाध्यममा उल्लेख छ । त्यस्तै गत अगस्ट १५ को सम्झौता नेपालको सहमतिबिना भएको र नेपालको सार्वभौमसत्तामाथि चुनौती भएको ओलीको भनाइलाई पनि समाचारमा समावेश गरेको छ । 

भारत २४ लाभमा ओलीले 'दो टूक' भनेर लिपुलेक नेपालको भएको दाबी गरेको र चीनसँग सम्झौता पुनर्विचार गर्न अपील गरेको उल्लेख छ । त्यस्तै अग्निवाणीमा पनि ओलीले लिपुलेकलाई नेपालको अभिन्न हिस्सा बताउँदै भारत-चीन सम्झौतालाई 'सम्प्रभुता के लिए चुनौती' भनेको उल्लेख गरेको छ ।

नवभारतटाइम्स, न्युज१८, जागरण, पीटीआई, इटीभीभारत, जी न्युज दी ट्रिब्युन लगायतका सञ्चारमाध्यमले ओलीले अगस्ट १५ को सम्झौतालाई लिएर चीनसँगकुरा काटेकोभन्ने आशयका साथ समाचार प्रकाशन गरेका छन् । 

भारतीय समाचार एजेन्सी पीटीआईले लिपुलेकलाई नेपालले आफ्नो भनेर दाबी गरे पनि भारतले ऐतिहासिक र प्रमाणमा आधारित नभएको भन्दै अश्वीकार गरेको उल्लेख गरेको छ । पीटीआईले लेखेको छ, ‘नेपालले लिपुलेकलाई आफ्नो क्षेत्र भएको दाबी गर्छ, जुन दाबी भारतले 'न त जायज छ न त ऐतिहासिक तथ्य र प्रमाणमा आधारित' भनेर स्पष्ट रूपमा अस्वीकार गरेको छ ।’ 

चीनको मौनतामा जोड

लिपुलेको विषयमा आवाज उठाए पनि, चनले यसबारे चासो नदिएक कारण केही मिडियाले ओलीलाई 'निरीह' समेत भनेका छन् । अधिकांश मिडियाले चीनको आधिकारिक बयानमा लिपुलेक मुद्दाको उल्लेख नभएकाले ओलीको बोलीको खासै अर्थ नभएको बताएका हुन् । ओलीको अडानप्रति चको मौनतालाई भारतय मिडियाले 'रणनीतिक मौनता' क रूपमा व्याख्या गरेका छन् । 

चीनले जानाजान लिपुलेकको विषयमा नबोलेको भारतय सञ्चारमाध्यमहरले लेखेका छन् । चीनले आफ्नो तर्फबाट लिपुलेकको नामसम्म नलिनुलाई 'सोची-समझी कूटनीतिक रणनीति' का व्याख्या गरेका छन् । अधिकां समाचारमा चीनले भारतजस्तो ठूलो छिमेकीसँग विवादमा पर्न नचाहेको विश्लेषण गरेको छ ।

दया दुदराज दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully