चुच्चे नक्सा हामीले किताबमै पढेको हो, कसरी हरायो ?

संविधानविद् एवं सीमा र सुगौली सन्धिको प्रमाण खोज्ने कार्यदलका सदस्य विपिन अधिकारीले सुगौली सन्धिको धारा ५मा कालीनदीको पश्चिमका क्षेत्र नेपालले दाबी नगर्ने र पूर्वका सबै क्षेत्र नेपालको हुने उल्लेख भएको बताए ।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

We read the Chuchche map in the book, how did it get lost?

What you should know

काठमाडौँ — संविधानविद् एवं सीमा र सुगौली सन्धिको प्रमाण खोज्ने कार्यदलका सदस्य विपिन अधिकारीले विगतमा नेपालको पाठ्यक्रममै चुच्चे नक्सा उल्लेख भएको दाबी गरेका छन् ।

कान्तिपुरसँग कुरा गर्दै वरिष्ठ अधिवक्ता अधिकारीले लिपुलेक, लिम्पियाधुरा र कालपानी नेपालकै भूभाग भएको दाबी गर्ने गरी ती पाठ्यक्रममा चुच्चे नक्सा भएको तर क्रमश: हराउँदै गएर बुच्चे भएको दाबी गरे । उनले यसरी पाठ्यक्रममा कसरी हरायो भन्ने कुरा चाहिँ आफूले अध्ययन नगरेकाले केही भन्न नसक्ने बताए ।  

‘तपाईंहरुले के पढ्नु भयो थाह भएन । तर मैले विद्यालयमा पढ्दा चुच्चे नक्सा नै थियो । लिपुलेक, कालापानी र लिम्पियाधुराको चुच्चो ती नक्साहरुमा उल्लेख थिए । यो धेरै पुरानो कुरा पनि हैन । यो किन पाठ्यपुस्तकमा हरायो त ?’ अधिकारीले भने ‘यसको उत्तर खोज्दा सिधा देखिन्छ नक्सा नेपालमा बनेको छैन । पाठ्यपुस्तक नेपालमा बनेन । नेपालमा मानिस पनि बिकाउ भए । उनीहरु बिक्री भए अनि चुच्चे नक्सा हरायो । नत्र हामीले पढ्दा पाठ्यपुस्तकमा उल्लेख चुच्चे नक्सा कसरी तपाईंहरुको पालामा हरायो त ? मानिस खरिद बिक्री होलान् । पाठ्यपुस्तकहरु संशोधन गरी नयाँ बनाउन सकिएला तर सन्धि त दुवै पक्षमा बिचमा हस्ताक्षर भएको डकुमेन्ट हो । ’ 

उनले सुगौली सन्धिको धारा ५मा काली नदीको पश्चिमका क्षेत्र नेपालले दावी नगर्ने र पूर्वका सबै क्षेत्र नेपालको हुने उल्लेख भएको बताए । उनले कालीनदि पनि नेपालको र त्यस पूर्वका सवै नेपाली भूभाग भएको दावी गरे । नेपाल एकिकरणको समयमा धेरै विशाल नेपाल गुमाएर हामीले कालीनदि र त्यस वारीका सवै क्षेत्रमा सहमत भएको उनले बताए । 

‘सुगौली सन्धि ताका ब्रिटिस इन्डियाले बनाएका नक्साहरु आधिकारिक नक्सा हुन् । त्यसपछि बनेका सवै नक्साहरु एकपक्षिय छन्  । किनकी यी भारतले बनायो अनि आफूअनुकुल बनायो । अव अहिले हामीले जुन सहमती गरौ भनेर भनिरहेका छौ यो चै दुई पक्षिय हुने हो ’ उनले भने ‘अव लिम्पियाधुरा उद्गम स्थल हो कि हैन भन्ने प्रश्न उठाउने गरिएको छ । भारतीयहरुले यो लिम्पियाधुरा कालिनदिको उद्गम स्थल हैन भन्दै आएका छन् यो गलत तर्क र तथ्यमा आधारित छ। यो सत्य हैन । साधारण रुपमा हेरौ  न नदिको मुल छाँगो जुन छ त्यो चै हैन अनि सहायक छाँगो जसलाई कायम गर्दा लिपुलेक भारतिय क्षेत्रमा देखाउन सकिन्छ  त्यो कालीनदिको उद्गम स्थल हो भनेर कसरी मान्न सकिन्छ । कुलो बगाएर कहिल्यै पनि खोलो हुदैन । खोलाको धार र मुल उद्गम स्थल अहिले पनि पत्ता लगाउन सकिन्छ । ’ 

नेपाल एकिकरणको अभियानमा जुन काली भन्दा पश्चिम क्षेत्रमा पर्ने कुमाउ, गढवाल लगायतका क्षेत्र गोर्खा राज्यमा एकिकरण भएका थिए त्यसको दावी नगर्ने भनेको भन्दै उनले  सन्धीको धारा ५ ले कालीनदि पश्चिमको भु भाग नेपालले एकिकरण गरेको भएपनि अव आइन्दा दावी रहने छैन भनिएको बताए । 

‘काली नदी पनि नेपालको अनि त्यसभन्दा पश्चिममा पर्ने भु भागमा नेपाल(तत्कालीन गोर्खा)ले दावी गर्ने छैन भनिएको हो । यी भुभाग भारतको हुने भनिएको हो । सिमाना नदि काली नदि हो तर त्यो भन्दा पश्चिमका भुभागमात्र भारतको हो भन्ने कानुनी व्याख्या हो । सन्धीमा यही उल्लेख गरिएकाले कालीनदिसहितका पूर्वका सवै भूभाग नेपालको हो । अव कालीनदिको शिर  अर्थात उद्गम स्थल लिम्पियाधुरा हो । त्यहाँवाट काली नदि उधो लाग्दछ । त्यसैले कालीनदिको शिरान र यसको उधो लागेको रिभर कोर्स छ यसको पुर्वको सवै क्षेत्र नेपाली हो ।’ 

सन्धिताका ब्रिटिस इन्डियाले बनाएका नक्साहरु आधिकारिक नक्सा भएको दाबी उनले गरे । ‘त्यसपछि बनेका सबै नक्साहरु एकपक्षीय छन्  । किनकि यी भारतले बनायो अनि आफूअनुकूल बनायो । अव अहिले हामीले जुन सहमति गरौं भनेर भनिरहेका छौं यो चै दुई पक्षीय हुने हो,’ उनले भने, ‘अब लिम्पियाधुरा उद्गमस्थल हो कि हैन भन्ने प्रश्न उठाउने गरिएको छ । भारतीयहरुले यो लिम्पियाधुरा काली नदीको उद्गमस्थल हैन भन्दै आएका छन् यो गलत तर्क र तथ्यमा आधारित छ । यो सत्य हैन ।’

संविधानविद् एवं सीमा र सुगौली सन्धिको प्रमाण खोज्ने कार्यदलका सदस्य विपिन अधिकारीसँग कान्तिपुरले गरेको विस्तृत कुराकानी पढनुहोस् ।

लिम्पियाधुरा विवाद

कान्तिपुर

Link copied successfully