११ वर्षअघि सुरु भएको नेपाली भान्छाघरमा नेपालीका प्रिय परिकार सेल रोटीदेखि म:म, चाउमिन तथा भुटन सुकुटी सर्वाधिक मन पराइएका परिकार हुन् ।
११ वर्षअघि सुरु भएको नेपाली भान्छाघरमा नेपालीका प्रिय परिकार सेल रोटीदेखि म:म, चाउमिन तथा भुटन सुकुटी सर्वाधिक मन पराइएका परिकार हुन् ।
फ्यूजन खाना बनाउनु भनेको केवल दुई भिन्न संस्कृतिको स्वाद मिसाउनु मात्रै होइन, बरु नेपाली स्वादको मौलिकता जोगाउँदै त्यसलाई नयाँ परिकारका रुपमा पस्कनु हो ।
चार वर्षअघि भारतमा 'हैदरबादी दम चिया' भनिने इरानी चियाको पसल सुरु गरेका सरोज-बबिता दम्पतीले अहिले १५ वटा आउटलेटबाट चिया बेचिरहेका छन् ।
साढे ४ करोड लगानीमा खुलेको अलेभ कबाब सल्टनेट (टर्किस एन्ड मिडल इस्टर्न) रेस्टुरेन्टले टर्किस स्वाद मात्रै पस्किरहेको छैन, ४२ जनालाई रोजगारी पनि दिइरहेको छ ।
देशभित्रै पनि अब केही स्थानमा रैथाने खानाको महोत्सव, अनुसन्धान, लेखन र प्रचारका कामहरू हुँदै छन् । तर, यो प्रयास निरन्तर र संगठित नहुन्जेल, स्वादको यो सम्पदा सधैंका लागि हराएर जाने पो हो कि !
नेपालमा चाइनिज, कोरियन, जापानिज, इटालियन, बर्मेली, भियतनामिज, टर्किस, इन्डियन, इरानी खानाका पारखी बढिरहेका छन्।
सभ्यताले विस्तार गरेको चौरासी व्यञ्जनको औपचारिक मेनुमा परिकार बदलिइरहे, खाना–पारखीहरूलाई लामो कालदेखि चौरासी व्यञ्जनको थालीले आकर्षित गरिरह्यो
‘द भिगन सोसाइटी’ को २०२० को प्रतिवेदनअनुसार विश्वव्यापी रूपमा शाकाहारी जनसंख्या ७ करोड ९० लाख नाघेको छ । यसलाई मानव सभ्यतामा आएको हरित लहर भनी टिप्पणी पनि गरिएको छ ।
मिथिलाको भोजन कुनै व्यञ्जन सूची मात्र नभई पूर्ण जीवनदर्शन हो, यसमा ऋतु, रस र सीप मिलाएर ‘सचार’ लगाइएको हुन्छ, जहाँ स्वादसँगै समय, सोच र स्थानको स्वाद मिसिएको हुन्छ
मुस्ताङको थाकखोलाबाट सुरु भएको पोसिलो, सन्तुलित र स्वादिलो थकाली खानाको मुखै रसाउने बास्ना नेपालकै पहिचान बनेर विश्वभर फैलिरहेको छ
नेवाः भ्वय् सांस्कृतिक रूपमा जति महत्त्वपूर्ण छ, कलात्मक पक्ष पनि उत्तिकै सुन्दर छ । हरियो लप्ते अर्थात् पातले उनिएको ठूलो टपरीबीच बजि (चिउरा) माथि हाकुमुस्या (कालो भटमास) अनि वरपर लहरै शाकाहारी र मांसाहारीका विभिन्न परिकार सजाएर भोजन तयार पारिन्छ, जसलाई भ्वय् ब्व (भोजको सेट) भनिन्छ ।
महेश र मनोज दाजुभाइको रेस्टुरेन्ट काठमाडौंमा कोरियन स्वादको नयाँ गन्तव्य बनेको छ । भैंसेपाटीको यात्राबाट उत्साहित भएका उनीहरु अब झम्सीखेलमा पनि दुई भाइ किम्बापको नयाँ आउटलेट खोल्ने तरखरमा छन् ।
कोरिया गएका सुमनले त्यहाँ ५ वर्ष बिताए, फर्केर कृषि कर्मदेखि व्यावसायिक भैंसी फार्मसम्म गरे तर असफल भए । अहिले चिया पसलले उनलाई खुसी र सन्तुष्टि दिएको छ ।
रेस्टुरेन्टमा आउने ग्राहकहरू अनेकथरीका बर्मेली परिकारका नाम सुनेरै अनौठो मान्थे । कतिपय हाँस्थे त कतिपय ठट्टा गर्थे ।
समस्या समाधान वा भनौं वार्ताका लागि पनि चिया एक महत्त्वपूर्ण माध्यम बन्न पुगेको छ । चाहे त्यो पारिवारिक वा पेसागत होस्– हरेक औपचारिक र अनौपचारिक भेटघाटको सुरुवात नै अहिले चियाबाट हुने गरेको छ ।
स्नातक पढ्दाका सहपाठी व्यावसायिक साझेदार बनेका छन् । तर, यो नाफा आर्जनको उद्देश्यले खोलिएको चिया पसल होइन । उनीहरूले ६ महिना लगाएर गरेको अनुसन्धानको प्रयोगात्मक गरिरहेका छन् ।
आबुधाबीको होटलमा सामान्य कामदारका रुपमा छिरेका सरोज निरन्तरको मेहनत र अवसरलाई समयमै छोप्दै अघि बढ्ने स्वभावका कारण निरन्तर प्रगतिको बाटोमा