Live

वर्षापछिको कहर : विपद्को असर कहाँ-कहाँ छ ? राजमार्गको अवस्था के छ ? [लाइभ अपडेट]

शुक्रबार दिउँसाेदेखि सुरु भएको वर्षाका कारण जनजीवन प्रभावित भएकाे छ । आइतबारदेखि मनसुनी वायुको प्रभाव कमजोर हुँदै गएको छ। तर वर्षाका कारण अवरुद्ध बनेका सडक पुर्ण रुपमा संचालनमा आइसकेको छैन। राजमार्गको अवस्था के छ अनि विपत्तीले कहाँ कस्तो असर पारेको छ ? हामी निरन्तर अपडेटमा छौं ।

आश्विन १८, २०८२

कान्तिपुर संवाददाता

Havoc after the rain: Where is the impact of the disaster? What is the condition of the highway? [Live Update]

116 Updates

(06:55 PM)

कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

नेपालको पश्चिमी भू–भागबाट यस वर्षको मनसुन बाहिरिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाले आज मनसुन बाहिरिए पनि पश्चिमी वायुको प्रभावका कारण विशेषगरी आज र मंगलबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराईका भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको हो ।

विस्तृत : मनसुन बाहिरिए पनि दुई प्रदेशमा वर्षाको सम्भावना

Chance of rain in Karnali and Sudurpaschim region

(06:34 PM)

ट्य्राक बनाउन रोशीखोला डाइभर्ट

बीपी राजमार्गको नेपालथोक-बर्खेखोला ट्य्राक निर्माणका लागि रोशीखोला पहिलो दिन नै डाइभर्ट गरिएको छ । रोशीको बहावलाई पूर्वतर्फ डाइभर्ट गरिएपछि अब ट्य्राक निर्माण सुरु हुने सडक डिभिजन सिन्धुली खाल्टेले जनाएको छ ।

सिन्धुलीतर्फ करिब ६ सय मिटर सडक रोशी खोलाले कटान गरेको छ । मंगलबार बेलुकासम्ममा सिन्धुलीतर्फको ट्य्राक सडक बनेर यातायात चल्ने जनाइएको छ । -राजकुमार कार्की/सिन्धुली

Rosikhola divert to make track

(06:29 PM)

सगरमाथा क्षेत्रका ६ वटा पदमार्ग भत्किए

विश्वको सर्वोच्च शिखर  सगरमाथा अवस्थित खुम्बु पासाङ ल्हामु गाउँपालिकाभित्रका विभिन्न ६ वटा पदमार्ग भत्किएका छन् । 

गाउँपालिका अध्यक्ष मिङ्‍मा छिरी शेर्पाले एक सूचना जारी गर्दै वडा नम्बर ३, ३ र ५ का पदमार्ग भत्किएकाले पर्यटकलाई पूर्ण सूचना लिएर मात्र भ्रमण गर्न आग्रह गरेका छन् ।

6 footpaths in the Everest region were destroyed

(06:16 PM)

हुलाकी सडक भत्कियो, स्थानीयलाइ सास्ती

अविरल वर्षापछिको बाढीले सर्लाहीको कौडेनास्थित हुलाकी सडक भत्किएको छ । दक्षिणी क्षेत्रको लाइफलाइन मानिएका हुलाकी सडक भत्किँदा स्थानीयले सास्ती बेहोर्नु परेको छ । 

बाढीले सडकमा १५ मिटरसम्म लामो र झन्डै १० फिट गहिरोसम्मको खाडल बनाएको छ ।

Hulaki road collapsed

(04:45 PM)

कान्ति लोकपथ एकतर्फी सञ्चालनमा, दुईतर्फी सञ्चालनका लागि प्रयास जारी

तीन दिनदेखि अवरुद्ध  कान्ति लोकपथ सोमबार साढे तीन बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ । कान्ति लोकपथअन्तर्गत पर्ने बकैया गाउँपालिका—११ घट्टेपाखाको पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएको हो  ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुईतर्फी सञ्चालनका लागि अहिले तीन वटा डोजर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ । 

Kanti Lokpath in one-way operation, efforts continue for two-way operation

(03:40 PM)

नेपालबाट बाहिरिँदै मनसुन

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भू-भाग र गण्डकी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानबाट यस वर्षको मनसुन बाहिरिएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा गएको जेठ १५ गते भित्रिएको मनसुन असार ६ गते देशभर फैलिएको थियो । मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहे पनि उत्तरार्धमा पुगेका बेला पुन सक्रिय भएको छ ।

Monsoon leaving Nepal

(03:39 PM)

हेटौंडाबाट काठमाडौँ प्रवेश गर्ने सडकमा बेलुका ६ देखि बिहान ५ बजेसम्म सवारी साधन चलाउन रोक

हेटौंडाबाट राजधानी काठमाडौँ प्रवेश गर्ने सडक मार्गमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सार्वजनिक सूचना जारी गर्दै हेटौंडा–भैँसे, भीमफेदी–कुलेखानी–फाखेल, कुलेखानी–सिस्नेरी–दक्षिणकाली र त्रिभुवन राजपथमा सोमबार बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएको हो । उक्त समयमा अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालन गर्न निषेध गरिएको सूचनामा उल्लेख छ । अर्को सूचना जारी नभएसम्म हेटौंडाबाट काठमाडौँ जाने सबै सडक मार्गमा राति सवारीसाधन आवागमनमा रोक कायम रहने प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताइन् ।

(03:38 PM)

सगरमाथा क्षेत्र भ्रमण गर्न गएका सबै पर्यटक सुरक्षित

सगरमाथा क्षेत्र भ्रमण गर्न गएका सबै पर्यटक सुरक्षित र सकुशल रहेका छन् । भ्रमण र दृश्यावलोकनका लागि प्रसिद्ध शरद ऋतुमामा आएका सबै पर्यटक सुरक्षित रूपमा यात्रा गरिरहेका सम्बन्धित अधिकारीहरूले जनाएका छन् । नेपालको भूभागअन्तर्गत सगरमाथा क्षेत्रमा कुनै पनि पर्यटक फसेका छैनन् भन्ने पुष्टि स्थानीय प्रशासन र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) ले गरेको छ । तीन दिनको हिमपातका क्रममा पर्यटकहरू होटलमै सुरक्षित रहेका र सोमबारदेखि नियमित ट्रेकिङ सुरु भएको प्रमुख जिल्ला अधिकारी लीला कुमारी केसी पाण्डेले बताइन् ।

All tourists visiting the Everest region are safe

(03:37 PM)

बाढीले झापाका २५ हजारभन्दा बढी परिवार विस्थापित

शनिबार रातिको अविरल वर्षापछि आएको बाढीले झापाका २५ हजारभन्दा बढी परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ५ हजार ४८१ घरका २५ हजार २३१ जना व्यक्ति बाढीका कारण विस्थापित भएका हुन् । शिवसताक्षी, अर्जुनधारा, भद्रपुर नगरपालिका, गौरिगन्ज र झापा गाउँपालिकाका बस्तीहरूबाट ती परिवार विस्थापित भएका हुन् । उनीहरू नजिकैका विद्यालय र आफन्तकहाँ आश्रय लिएका छन् ।

(03:36 PM)

एसियन हाइवे सञ्चालनमा आएन

गत शनिबार रातिको अविरल वर्षापछि डाइभर्सन भत्किँदा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग (एसियन हाइवे) अझै पूर्ण रूपमा सुचारु हुन सकेको छैन । जिल्लाको शिवसताक्षीस्थित भालुखोलामा बाढीले भत्काएको डाइभर्सन मर्मत गरेर दुईतर्फी सवारी सञ्चालनमा ल्याइए पनि मेचीनगरस्थित कालीखोलाको डाइभर्सनमा अझै मर्मतकार्य जारी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

The Asian Highway was not operational

(02:50 PM)

बीपी राजमार्ग अवरुद्ध, पुष्पलाल मार्ग हुँदै १४ हजारभन्दा बढी यात्रु काठमाडौँ 

बीपी राजमार्ग अवरुद्ध भएपछि सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, रामेछाप लगायतबाट छुटेका सवारी पुष्पलाल मार्ग हुँदै राजधानी पुगेका छन् । बीपी राजमार्ग बाढी र पहिरोले अवरुद्ध भएपछि वैकल्पिक सडकका रूपमा प्रयोगमा आएको पुष्पलाल (मध्यपहाडी) लोकमार्ग प्रयोग गरेर सोमबार दिउँसो २ बजेसम्म १ हजार १ सय साना–ठूला सवारीसाधन राजधानी गएका छन् ।

ती सवारीसाधनमार्फत हालसम्म १४ हजारभन्दा बढी यात्रु काठमाडौँ पुगेको प्रहरीले जनाएको छ ।

BP highway blocked, more than 14 thousand passengers to Kathmandu via Pushpalal Marg

(12:49 PM)

पहिरोले अवरुद्ध पुष्पलाल मध्यपहाडी लोकमार्ग सोमबारदेखि सञ्चालनमा

पहिरोका कारण अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग सोमबारदेखि सञ्चालनमा आएको छ ।

लोकमार्गको खुर्कोट–घुर्मी ६१ किलोमिटर सडकमा ठाउँ–ठाउँमा पहिरो खसेर आवागमन रोकिएको थियो । सडक सुचारु भएपछि सिन्धुलीसहित ओखलढुंगा, उदयपुर, रामेछाप, खोटाङ, सोलुखुम्बु, भोजपुर लगायत जिल्लाका यात्रुहरूको आवतजावत सहज भएको छ ।

(10:42 AM)

पुष्पलाल राजमार्गमा बिहानैदेखि सवारी चाप

बिपी राजमार्गको वैकल्पिक सडकका रूपमा प्रयोगमा आएको पुष्पलाल मार्गमा सोमबार बिहानैदेखि सवारी चाप बढेको छ । सवारी चाप बढेपछि राजमार्गमा सवारीसाधन र यात्रुको सहजताका लागि ट्राफिक प्रहरी र अन्य प्रहरी खटिएको दोलखाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । 

बिपी राजमार्ग बाढी र पहिरोले अवरुद्ध बनेपछि सोलेखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर, रामेछाप लगायतबाट छुटेका साना तथा ठूला सवारीसाधनले पुषपलाल मार्ग हुँदै मन्थली चरिकोटबाट अरनिको राजमार्ग प्रयोग गरेर राजधानी गइरहेका छन् । 

विस्तृतमा पढ्नुहोस् 

पुष्पलाल राजमार्गमा बिहानैदेखि सवारी चाप

Traffic jam on Pushpalal Highway since morning

(10:11 AM)

हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने तीन सडक सञ्चालनमा

हेटौंडाबाट राजधानी प्रवेश गर्ने ३ वटा सडक मार्गहरु खुला भएका छन् । हेटौंडा–भैसे, भीमफेदी, कुलेखानी–सिस्नेरी र दक्षिणकाली सडक सञ्चालनमा आएको छन् । 

कुलेखानी–दक्षिकाली सडक खण्डको, सिस्नेरी बजार नजिकै डोढारे खोलाले सडक बगाएर लगेकाले तीन दिनदेखि सडक अवरुद्ध भएको थियो । उक्त सडकको मर्मतपछि सोमबार बिहान ९ बजेदेखि सञ्चालनमा आएको हो । 

यसैगरी हेटौंडा–भैसे, भीमफेदी–कुलेखानी फाखेल सडक र त्रिभुवन राजपथमा सवारी साधनहरु सोमबार बिहानदेखि नै आउजाउ गरिरहेका छन् । त्रिभुवन राजपथ, कुलेखानी–फाखेल र कुलेखानी–सिस्नेरी सडकको अवरोधहरु पन्छाएपछि हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने तीनवटा सडक मार्ग सञ्चालनमा आएका हुन् ।

कान्तिलोकपथमा ठिंगनदेखि बगुवा खोलासम्म तीन वटा ठाउँमा पहिरो खसेको छ भने सिमात खोला नजिक पनि पहिरो झरेकाले उक्त सडक अझै अवरुद्ध छ । कान्तिलोकपथ  सुचारु गर्नका लागि अवरोधहरु पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले बताए ।

(10:07 AM)

बीपी राजमार्ग ठप्प, सतर्कताका साथ पृथ्वी राजमार्ग सुचारु

शनिबारदेखिको वर्षाका कारण काभ्रेस्थित बीपी राजमार्गको धेरै भागमा क्षति पुगेको छ । बीपी राजमार्गअन्तर्गत भकुन्डे–नेपालथोक सडक  खण्डको करिब ९ किलोमिटरमा रोशी खोलाले क्षति पुर्‍याएको छ ।

उक्त सडक खण्डको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमा क्षेत्र चौकीडाँडादेखि बोक्सेकुना, घुमाउने, डालाबेंसी, पिप्ले, माम्तीमा अस्थायी रूपमा बनाइएको डाइभर्सनमा शनिबारको निरन्तर वर्षाले पुनः क्षति पुर्‍याएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

गत वर्ष पूर्ण रूपमा क्षतिग्रस्त राजमार्ग करिब १० करोडको लगानीमा सञ्चालनमा ल्याइएको थियो । अध्यक्ष लामाका अनुसार राजमार्गका विभिन्न स्थानका डाइभर्सन रोशी खोलाले बगाएको छ । मर्मत गरेर राजमार्ग सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने उनले बताए ।

उनका अनुसार बीपी राजमार्गको करिब ९ किलोमिटरमा पूर्ण रूपमा क्षति पुगेको छ । यसको वैकल्पिक मार्गका रूपमा सिन्धुलीको सित्खा हुँदै तेमाल–भकुन्डे सडक खण्डमार्फत काठमाडौं प्रवेश गर्न सकिने उनले बताए । अहिले उक्त सडक अवरुद्ध भएको र दुई–चार दिनमा मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने उनले जानकारी दिए ।

विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुहोस्।

BP highway blocked, Prithvi highway reopened with caution
काभ्रेस्थित बीपी राजमार्गअन्तर्गत भकुन्डे–नेपालथोक सडक खण्डको चौकीडाँडामा रोशी खोलाले राजमार्ग कटान गरको क्षेत्र । तस्बिर : ज्योती श्रेष्ठ/कान्तिपुर

(09:45 AM)

कालोपत्रे सडक बगाएपछि मौलापुर–हरनहिया यातायात अवरूद्ध 

बारा– बारा र रौतहटको सिमानामा पर्ने पूर्व-पश्चिम हुलाकी मार्गसित जोड्ने रौतहटको मौलापुर–बाराको हरनहिया सडक आइतबार रातिदेखि अवरूद्ध भएको छ ।

दुबै जिल्लाको सिमाना अडुवा खोलाको पूर्वपट्टि रौतहटको मौलापुर नगरपालिका–९ सोनरिनयाँ डमार गाउँमा कालोपत्रे सडक बगाएपछि बाटो अवरूद्ध भएको हो ।

खोलामा पानीको बहाव बढेपछि कालोपत्रे बगाएको हो । यो सडक वैकल्पिक हुलाकी मार्गको रुपमा रौतहटको जयनगरदेखि पूर्व–पश्चिम हुलाकी मार्ग अन्तर्गत बाराको आदर्शकोतवाल गाउँपालिका हरनिया चोकमा जोडिएको हो । 

Maulapur-Haranhia traffic blocked after the road was washed away with black paper

(08:22 AM)

हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने २ सडक सञ्चालनमा, २ वटा अवरुद्ध

हेटौंडाबाट राजधानी प्रवेश गर्ने दुई वटा सडक मार्गहरु खुला छन् । हेटौडा–भैँसे, भीमफेदी–कुलेखानी फाखेल सडक र त्रिभुवन राजपथमा सवारी साधनहरु सोमबार बिहानदेखि नै आउजाउ गरिरहेका छन् ।

त्रिभुवन राजपथ र कुलेखानी–फाखेल सडकको अवरोधहरु पन्छाएपछि सञ्चालनमा आएका हुन् । कान्तिलोकपथ र हेटौंडा–भीमफेदी– कुलेखानी–सिस्नेरीको सडक पहिरोको कारण अवरुद्ध छ ।

कान्तिलोकपथमा ठिंगनदेखि बगुवा खोलासम्म तीनवटा पहिरो खसेको छ भने सिमात खोला नजिक पनि पहिरो झरेकाले सडक अवरुद्ध छ । यसैगरी इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरी बजार नजिकै डोढारे खोलाले सडक बगाएर लगेकाले कुलेखानी–सिस्नेरीको सडक अवरुद्ध छ ।

दुवै सडक सञ्चालनमा ल्याउनका लागि काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक ठाकुर सापकोटाले बताए ।

(07:32 AM)

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा अवरोध छैन

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा आज बिहान ६ बजेबाट यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । गत शुक्रबार र शनिबार आएको अविरल वर्षाका कारण ती  सडकमा पहिरोको उच्च जोखिम हुनसक्ने जनाउँदै आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी यातायातका साधन आवतजावतमा बन्द गरिएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यातायात सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन गन्तव्य तर्फ लागेका छन् । जिल्लाका १४ स्थानमा विश्राम कक्ष (होल्डिङ् सेन्टर)मा रोकिएका लामो तथा छोटो दुरीका सवारी साधन गन्तव्य तर्फ जान थालेका हुन् । 

(06:38 AM)

पहिरोले अवरुद्ध मेची राजमार्ग सन्चालनमा आउन केही दिन लाग्ने

मेची राजमार्ग पूर्णरुपमा सन्चालनमा आउन चार/पाँच दिनसम्म लाग्ने सडक डिभिजन कार्यालय इलामले जनाएको छ । ताप्लेजुङदेखि पाँचथर फिदिमसम्म कुनै अवरोध नभएपनि फिदिमदेखि राँकेसम्म एकतर्फी यातायात मात्रै चल्ने अवस्था रहेको छ ।

सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार राँकेदेखि इलाम सदरमुकाम र माइखोला क्षेत्रमा धेरै समस्या रहेको छ । ‘आजदेखि सडक खुलाउन क्रृयाशिल रहन्छौं, सकेसम्म चाँडो खोल्ने प्रयास गछौं तर अहिलेको अवस्था हेर्दा चार/पाँचदिन सम्म लाग्ने देखिन्छ,’ भट्टराईले भने । 

(11:00 PM)

केही सडकमा अझै समस्या रहेकाले जानकारी लिएर यात्रा गर्न सडक विभागको आह्वान

केही सडकमा अझै पहिरो र बाढीले समस्या भइरहेकाले जानकारी लिएर मात्र यात्रा गर्न सडक विभागले अनुरोध गरेको छ ।विभागले आज साँझ सार्वजनिक गरेको सडकको अवस्थासम्बन्धी विवरणमा पूर्व पश्चिम राजमार्गको पूर्वी खण्डमा अझै समस्या भइरहेको जनाइएको छ ।

As there are still problems on some roads, the road department calls for travel with information

(10:50 PM)

सप्तकोशीका तीन नदीमा जलसतह खतराको तहमाथि

सप्तकोशीका तीन नदीमा जलसतह खतराको तहमाथि पुगेको छ । जल तथा मौसम विज्ञान विभागले अरुण, तमोर र सुनकोशीमा जलसतहले खतरा तह पार गरेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सचेत हुन आह्वान गरेको छ ।

(07:55 PM)

बीपी राजमार्गको विकल्पमा पुष्पलाल मार्ग हुँदै सवारीसाधन काठमाडौं पठाइयो

बीपी राजमार्गको विकल्पमा सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ, रामेछापलगायत जिल्लाका सवारी साधनले पुष्पलाल मार्ग प्रयोग गरेर यात्रीलाई काठमाडौं पुर्‍याएका छन् । आइतबारसम्म यो मार्गबाट १० हजार यात्री काठमाडौं गएको प्रहरीको भनाइ छ । बीपी राजमार्ग रोशी खोलाको बाढीले कटान र पहिराले अवरुद्ध गरेपछि काठमाडौंसम्म जोड्ने वैकल्पिक पुष्पलालमार्ग प्रयोगमा आएको हो ।

Vehicles were sent to Kathmandu via Pushpalal Marg instead of BP Highway

(07:52 PM)

पानीजन्य रोग बढ्न सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राकृतिक विपद्‌मा पानीजन्य रोग देखिने भएकाले सचेत रहन आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले प्राकृतिक विपद्मा तत्काल चोटपटक लाग्ने र अन्य भौतिक क्षति देखापरे पनि त्यसपछि पानीजन्य रोग देखिने भएकाले त्यसबाट बच्न आग्रह गरेका हुन् ।

The Ministry of Health urges you to be alert as water-borne diseases may increase

(07:50 PM)

सबैभन्दा बढी वर्षा रौतहटको महेशपुरमा

असोज १७ गते साँझदेखि आज बिहानसम्म मनसुन सक्रिय भई मधेस र बागमती प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा भारीदेखि अति भारी वर्षा तथा कोशी प्रदेशका अधिकांश वर्षामापन केन्द्रहरूमा मध्यमदेखि अति भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागलेले जनाएको छ । त्यस क्रममा रौतहटमा ३५८ मिमी वर्षा मापन भएको विभागले जनाएको हो

The highest rainfall is in Maheshpur in Rautahat

(07:47 PM)

विपद्‌बाट भएको क्षतिको विवरण पठाउन प्राधिकरणको अनुरोध

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्बाट भएको प्रारम्भिक क्षतिको आकलन, प्रभावित सङ्ख्या तथा क्षेत्रको विवरण यथाशीघ्र सङ्कलन गरी पठाउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ । प्राधिकरणमा आज बसेको मनसुन प्रतिकार्य ‘कमाण्ड पोष्ट’ बैठकले विवरण पठाउन आग्रह गर्दै अतिभारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्का घटनाबाट पीडित तथा प्रभावित व्यक्तिको खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई निरन्तरता दिने निर्णय गरेको हो ।

Request from the authority to send the details of the damage caused by the disaster

(06:13 PM)

इलाम पहिरोमा ज्यान गुमाउने सबैको सनाखत

इलाममा अविरल वर्षासँगै गएरातिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको छ । पछिल्लो विवरणअनुसार यसअघि बेपत्ता भएका तीन जनाको शव प्राप्त भएसँगै ज्यान गुमाउनेको सङ्ख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

Identities of all those who lost their lives in the Ilam landslide

(06:10 PM)

विपद्‌बाट भएको क्षतिको विवरण पठाउन प्राधिकरणको अनुरोध

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको मनसुन प्रतिकार्य ‘कमाण्ड पोष्ट’ बैठकले क्षतिको विवरण पठाउन आग्रह गर्दै अतिभारी वर्षाका कारण उत्पन्न मनसुनजन्य विपद्का घटनाबाट पीडित तथा प्रभावित व्यक्तिको खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ

Authority's request to send details of damage caused by calamity
तस्बिर सौजन्य : कृष्ण बस्नेत

(05:53 PM)

इलामका १३ जलविद्युत् आयोजना बाढीले ठप्प, उत्पादन रोकियो

अविरल वर्षाका कारण आएको बाढीले इलामका १३ जलविद्युत् आयोजनाबाट १०५.४ मेगावाट क्षमताको बिजुली उत्पादन बन्द भएको छ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको हो।इप्पानका अनुसार यो तथ्यांक आइतबार दिउँसो २ बजेसम्मको हो ।

(05:36 PM)

सर्लाहीमा १६ सयभन्दा बढी परिवार विस्थापित, १९ जनाको उद्धार

अविरल वर्षापछि आएको बाढी तथा पानी निकास नहुँदा डुबान तथा कटानबाट सर्लाहीमा एक हजार ६१९ परिवार विस्थापित भएका छन् । १९ जनालाई भने सुरक्षाकर्मीले उद्धार  गरेका छन् ।जिल्लामा सबैभन्दा बढी लखन्देही खोलाले क्षति गरेको छ । मनुष्मारा, झिम, सोती, बागमतीलगायत खोलाले पनि ठाउँठाउँमा कटान तथा डुबानको समस्या निम्त्याएको प्रहरीले जनाएको छ ।

More than 1600 families were displaced in Sarlahi, 19 people were rescued

(05:26 PM)

अलपत्र यात्रीको उद्धारका लागि नेपाल एयरलाइन्सको न्यारोबडी जहाजले काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्दै

बाढी, पहिरो र विपद्का कारण रुपन्देहीलगायत जिल्लामा अलपत्र यात्रीको उद्धारका लागि नेपाल एयरलाइन्सको न्यारोबडी जहाजले आइतबार राति ९ बजे काठमाडौं–भैरहवा–काठमाडौं उडान गर्ने भएको छ ।विपद्का कारण यातायात सञ्चालन नभएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र यात्री र स्थलमार्गबाट राजधानी काठमाडौं पुग्न नसकेका व्यक्तिलाई उक्त जहाजले ओसार्ने भएको छ ।

(05:13 PM)

पाँच जलमापन केन्द्रमा खतरा र चारमा सतर्कता तह पार

जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश स्थानमा परेको भारी वर्षादेखि अतिभारी वर्षाका कारण हालसम्म देशभरका पाँच जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ । पूर्वका अन्य चार जलमापन केन्द्रमा भने जलसतहले सतर्कता तह पार गरेको विभागले जनाएको छ ।

Five hydromeasuring stations crossed the threat level and four crossed the alert level

(05:05 PM)

नागढुंगाबाट पाँच बजेपछि पुग्ने गाडीलाई जान नदिइने

बाढीपहिरो तथा विपद्को सम्भावित घटनालाई मध्यनजगर गर्दै लामो दूरीका रात्रिकालीन बसलाई साँझ ५ः०० बजेभित्रमा पुगेकालाई मात्रै नागढुंगाबाट प्रस्थानका लागि अनुमति दिइने भएको छ ।बाढीपहिरोलगायत विपद् जोखिमका घटनालाई मध्यनजर गर्दै काठमाडौँबाट नागढुङ्गामा ५ः०० बजे पुगेका लामो दूरीका रात्रिकालीन बसलाई मात्रै गन्तव्यतर्फ पठाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।

(04:59 PM)

वर्षा गराउने मौसम प्रणाली बाहिरियो : मौसम विज्ञान विभाग

जल तथा मौसम विज्ञान विभागले वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली मुलुकबाट बाहिरिएको जनाएको छ । विभागले आज अपराह्न विज्ञप्ति जारी गरेर यो जानकारी दिएको हो । वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन वहिर्गनम भइनसकेको हालको अवस्थामा मनसुनजन्य प्रकोपबाट जोगिन तथा सचेत रहन जल तथा मौसम विज्ञान विभागले  आग्रह गरेको छ ।

Rainy weather system out: Department of Meteorology

(04:57 PM)

खुर्कोट–मन्थली–खिम्ति–मिल्ती सडकमा रात्रिकालीन आवागमन निषेध

रामेछाप । अविरल वर्षाले सडकमा जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले खुर्कोट–मन्थली–खिम्ति–मिल्ती सडक खण्डमा रात्रिकालीन सवारी आवागमन निषेध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार असोज १७ देखिको वर्षाका कारण यात्रु तथा सवारी साधनलाई बाढी–पहिरोको सम्भावित जोखिमबाट जोगाउन असोज १९ देखि २४ शुक्रबारसम्म प्रत्येक साँझ ५ देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो ।

Prohibition of night movement on Khurkot-Manthali-Khimti-Milti road

(04:26 PM)

झापामा मात्रै झण्डै ५५ सय घरधुरीका २५ हजारभन्दा बढी विस्थापित

असोज १९ गतेदेखि परेको अविरल वर्षाका कारण झापामा बाढीले विस्थापित बनाएका परिवारको संख्या २५ हजार नाघेको छ ।

प्रहरी कार्यालय झापाका अनुसार अहिलेसम्म ५, ४८१ घर धुरीका २५,२३१ जना बाढीका कारण विस्थापित भएका छन् ।

विस्तृतमा : झापामा बाढीबाट करिब २५ हजार विस्थापित

In Jhapa, more than 25,000 of about 5,500 households have been displaced

(04:23 PM)

डुम्रे–बेंसीसहर–चामे सडक सुचारु

बाढीपहिरोको डरले सोमबारसम्मका लागि सूचना जारी गरेर बन्द गरिएको ३ जिल्ला जोड्ने डुम्रे–बेंसीसहर–चामे सडक सञ्चालनमा आएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको डुम्रेदेखि लमजुङ सदरमुकाम बेंसीसहर हुँदै मनाङ सदरमुकाम चामेसम्मको सडक सञ्चालनमा आएको हो ।

Dumre-Bensisahar-Chame road resumed

(04:22 PM)

सिन्धुली-हेटौंडा मदन भण्डारी लोकमार्गमा यातायात सञ्चालन

पहिरो पन्छाएसँगै सिन्धुली-हेटौंडा मदन भण्डारी लोकमार्गमा यातायात सञ्चालन भएको छ । मरिन गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाको हाक्पाराम सडकमा खसेको लेदोसहितको पहिरो हटाएपछि लोकमार्गमा यातायात सञ्चालनमा आएको हो । पूर्वबाट सिन्धुली भएर हेटौंडा हुँदै सवारी साधनहरू काठमाडौँ जान थालेका छन् । सिन्धुली १२० किलोमिटर छ ।

Traffic operation on the Sindhuli-Hetaunda Madan Bhandari road after the landslides cleared

(02:48 PM)

सबैभन्दा धेरै वर्षा रौतहटको महेशपरमा 

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घन्टामा (१८ गते विहान ४:३० देखि १९ गते विहान ४:३० सम्म) सबैभन्दा धेरै वर्षा रौतहटको महेशपुरमा भएको छ ।

विभागका अनुसार यो अवधीमा म यो अवधिमा महेशपुरमा मात्रै ३८५ मीमी वर्षा मापन भएको छ । 

Most of the rain falls in Maheshpar in Rautahat

(02:16 PM)

१५ सय मिटर तटबन्ध कटान, १० करोड क्षतिको प्रारम्भिक अनुमान

पछिल्लो अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा १५ सय मिटर  तटबन्ध कटान भएको र त्यसबाट अनुमानित १० करोड क्षति भएको प्रारम्भिक अनुमान भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले गरेको छ ।

मन्त्रालयका अनुसार कन्काई नदी, मेची नदी, केशलिया नदी, कमला नदी, लालबकैया नदी र महोत्तरीको रातो नदीले यस्तो क्षति पुर्याएका हुन् । 

1,500 meters of embankment erosion, initial estimate of 10 million damages

(01:12 PM)

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा सञ्चालनमा

बुटवल-नारायणगढ सडक अहिले पूर्ण रूपमा सञ्चालनमा रहेको छ । सामान्य वर्षापछि पनि सडक चिप्लो भएर यातायात अवरुद्ध  हुने गरेको छ ।  ठूला सवारी सञ्चालनमा रोक लगाएपछि यात्रुलाई सहज भएको हो । -नवीन पौडेल/परासी

(12:49 PM)

पृथ्वी राजमार्ग, नुवाकोट र हेटौँडा जाने सडक एकतर्फी खुला गर्न प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय काठमाडौँले पृथ्वी राजमार्ग, नुवाकोट र हेटौँडा जाने सडक एकतर्फीरुपमा खुला गरेको छ। दुई दिनदेखिको वर्षाका कारण अवरुद्ध रहेका सडकहरूमा पहिरो लगायत अवरोध हटाएर प्रशासनले एकतर्फीरुपमा यातायात सञ्चालन गर्न खुला गरेको हो।

'हाल मौसममा क्रमिक सुधार हुँदै गएकोले धादिङ, नुवाकोट र काठमाडौं दक्षिणकाली सडक खण्डका पहिरोहरु पन्छाएर सडक सूचारु गर्ने कार्य द्रुतगतिमा भईरहेको छ,' वरिष्ठ प्रशासकीय अधिकृति सुजनकुमारी वर्देवाले विज्ञप्तिमार्फत् भनेकी छन्, 'अहिले विभिन्न ठाँउहरुमा पहिरो पन्छाई एकतर्फीरुपमा सवारी संचालनको लागि आवश्यक तयारीको कार्य भइरहेको भन्ने सूचना धादिङ, चितवन, मकवानपुर र नुवाकोट समेतका जिल्ला प्रशासन कार्यालयहरुबाट प्राप्त हुन आएकोले सडकमा यात्रुहरुको चापलाई समेत मध्यनजर गरी आवागमन एकतर्फी रुपमा खुला गरिएको छ।'

सवारी चलाउँदा सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन एवं ट्राफिक ईसारा, संकेत र सूचनालाई गम्भीरतापूर्वक लिई सावधानीका साथ सवारी चलाउन प्रशासनले आग्रह गरेको छ।

Prithvi Highway, Nuwakot and Hetauda roads to open one-way

(12:42 PM)

मनसुनजन्य विपद् : देशभर ३९ जनाको मृत्यु, ११ जना बेपत्ता 

शुक्रबारदेखि मनसुनजन्य विपद्मा परेर ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । कोशी प्रदेशमा ३६ र मधेशमा ३ जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकले जनाएको छ ।

देशभरि बेपत्ता हुनेको संख्या ११ छ भने १३ जना घाइते छन् । इलाममा पहिरोका कारण २७ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता छन् । उदयपुरमा पनि बाढी पहिरोका कारण २ जनाको मृत्यु र एकजना घाइते छन् । 

खोटाङमा चट्याङबाट एकजनाको मृत्यु भएको छ भने ३ जना घाइते छन् । भोजपुरमा चट्याङबाट २ जना घाइते छन् । पाँचथरमा सवारी दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् । 

मधेशमा रौतहटमा चट्याङबाट ३ जनाको मृत्यु भएको छ। बारामा १, रसुवामा ४, काठमाडौंमा १ जनालाई नदीले बगाएको छ । मकवानपुरमा चट्याङबाट एकजना घाइते छन् ।

(12:26 PM)

इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या २३ पुग्यो

इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । शनिबार राति गएको पहिरोमा परी इलाम नगरपालिका-६ घोसमा मात्रै ६ जनाको ज्यान गएको छ । यस्तै, देउमाई नगरपालिका-५ धुसेनीमा २, धारेमा १, सन्दकपुर गाउँपालिका-१ छाँगेमा १, माइजोगमाई गाउँपालिका-५ प्याङमा ४, माङसेबुङ गाउँपालिका-१ पाटीगाउँमा ३, फाकफोकथुम गाउँपालिका-१ रातमाटेमा १ र सूर्योदय-१ मानेभञ्ज्याङमा ५ जनाको ज्यान गएको सम्बन्धित पालिकाका जनप्रतिनिधि र स्थानीयले बताएका छन् । सन्दकपुर गाउँपालिका–३, सुलुबुङमा एक बालिका बेपत्ता भएकी छन् । त्यस्तै, माङ्सेबुङ गाउँपालिकामा २ जना गम्भीर घाइते भएका छन् ।

The death toll in the landslide in Ilam has reached 23

(12:04 PM)

पहिरो पन्छाएपछि कोशी राजमार्ग सञ्चालनमा

अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध धनकुटाका अधिकांश मुख्य सडक सञ्चालनमा आएका छन्। निरन्तर वर्षा र पहिरोका कारण धनकुटाका विभिन्न मुख्य र सहायक सडकमार्ग अवरुद्ध बनेका थिए।

डकमाथिबाट खसेको पहिरोका कारण अवरुद्ध कोशी राजमार्गको मुलघाट-धनकुटा खण्ड केहीबेर अघिदेखि सञ्चालनमा आएको प्रहरीले जनाएको छ। मुलघाट नजिक अवरुद्ध सडक सुचारु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत हिले-पाख्रिबास-लेगुवा खण्ड हिजोदेखि अवरुद्ध सडक समेत सञ्चालनमा आएको छ। तमोर करिडोर भने प्रभावित छन्।

बाढी पहिरोबाट भएको अन्य क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ। अन्य भित्री सडकको अवरोध हटाउने कार्य जारी रहेको प्रशासन स्रोतले जनाएको छ।

After the landslide, most of the roads are operational

(11:57 AM)

पोखराका लागि खुल्यो नारायणगढ-मुग्लिन सडक

तुइन खोलाको पहिरो सफा गरेर नारायणगढ-मुग्लिन सडक आइतबार बिहान ११ बजेपछि प‍ोखराका लागि खुलेको छ।

पृथ्वी राजमार्गको धादिङ जोगिमारामा पहिरो गएका कारण काठमाडौं जाने गाडीहरू भने नछाडेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चितवन प्रहरीले पहिरोका कारण राकिएका गाडी र यात्रुहरूलाई सुरक्षित राख्न चितवनका विभिन्न १४ ठाउँमा "सेफ्टी होल्डिङ स्पेश" तोकेको छ ।

काठमाडौं तर्फ जाने गाडीहरूलाई ती तोकिएका स्थानहरूमा धैर्यताका साथ बस्न चितवन प्रहरीले अपिल गरेको छ ।

(11:52 AM)

पृथ्वी राजमार्गको ज्यामिरे घाटमा पहिरो पन्छाएपछि यातायात सञ्चालनमा

पृथ्वी राजमार्गअन्तर्गत धादिङको ज्यामिरे घाटमा पहिरो खसेर अवरुद्ध सडक सन्चालनमा आएको छ । धादिङको बेनीघाट रोराङ पृथ्वी राजमार्गअन्तर्गत धादिङको ज्यामिरे घाटमा बिहान ७ पचासमा पहिरो खसेको थियो।

सो पहिरो हटाएपछि अहिले ११ : ४० मा सवारी सन्चालनमा आएको हो । लगातारको वर्षाको कारण नागढुङ्गादेखि मौवा खोलासम्म  एकातर्फी भएको ठाउँमा पनि अहिले पहिरो पन्छाइएको छ। पहिरो पन्छाएसँगै  चितवन र तनहुँतर्फको राजमार्गमा रोकिएका सवारीलाई काठमाडौँ प्रवेश गराइँदै छ ।

(10:10 AM)

कोशी ब्यारेजका सबै ढोका खोलियो, पुलबाट आवतजावतमा रोक

सप्तकोशी नदीमा पानीको बहाव खतराको सतहभन्दा झण्डै तीन गुणा बढेपछि ब्यारेजका सबै ढोका खोलिएको छ । भीषण वर्षाले नदीमा उच्च रुपमा बहाव वृद्धि भइरहेको छ ।

आइतबार बिहान ९ बजे पानीको बहाव ४ लाख ३१ हजार ५ सय २५ क्यूसेक मापन गर्दा सबै ढोका खोलिएको हो। ब्यारेजका ५६ वटै ढोका खोलिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताए।

All the gates of the Koshi barrage were opened, traffic on the bridge was stopped

(09:51 AM)

रोशीमा बाढी : बिपी राजमार्गमा कटान, अरनिको राजमार्गमा पहिरो

शनिबारदेखि परेको पानीले जिल्लास्थित बिपी राजमार्ग र अरनिको राजमार्गको विभिन्न स्थानमा पहिरो झरेको छ । रोशी खोलाले राजमागको विभिन्न स्थानमा कटान गरेकोले राजमार्ग पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहका अनुसार, बिपी राजमार्ग अन्तर्गत चौकीडाँडा, घुमाउने, माम्ती लगायतका क्षेत्रमा रोशी खोलाले राजमार्ग कटान गरेको छ । ‘खोलाले राजमार्ग कटान गर्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ,’ उनले भने, ‘उक्त स्थानमा पैदल यात्रा पनि गर्न सक्ने अवस्था रहेको छैन ।’

त्यस्तै, जिल्ला स्थित अर्को राजमार्ग अरनिको राजमार्गको विभिन्न स्थानमा लेदो सहितको पहिरो झरेकाले राजमार्ग अवरुद्ध भएको उनले बताए । उनका अनुसार, राजमार्गको ५४ किलो र खावा सडक खण्डमा लेदो र ढुंगा सहितको पहिरो झरेको छ । त्यस स्थानमा पनि यातायात आवागमन ठप्प भएको उनले बताए ।

Floods in Roshi: erosion on BP highway, landslides on Araniko highway

(09:38 AM)

इलाममा पहिरोले पुरिँदा ८ जनाको मृत्यु

पहिरोले पुरिँदा इलाममा ८ जनाले ज्यान गुमाएका छन् । १२ जनाभन्दा धेरै बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । इलाम नगरपालिका-६ घोसमा डम्बरबहादुर पाख्रिनको घर पुरिँदा ६ जनाको ज्यान गएको छ । २ जना बेपत्ता भएको छिमेकी रेवज तामाङले जानकारी दिए । यसैगरी सन्दकपुर गाउँपालिका-१, छाँगेमा एकजनाको मृत्यु हुनुका साथै एकजनाको अवस्था गम्भीर छ । माइजोगमाई गाउँपालिका-६, प्याङमा एकैघरका ५ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । उता इलामकै फाकफोकथुम-३, आमचोक रातमाटेमा पहिरोले घर पुर्दा १ जनाको मृत्यु भएको छ ।

8 people died in landslides in Ilam

(09:28 AM)

सप्तकोशीमा पानीको बहाव ३ लाख क्यूसेक नाघ्यो, ५० वटा ढोका खुला

शनिबारदेखि भइरहेको भीषण वर्षाले सप्तकोशी नदीमा पानीको बहाव ३ लाख क्यूसेक नाघेको छ । शनिबार बेलुका ६ बजेदेखि नदीमा निरन्तर बहाव वृद्धि भइरहेको छ ।

आइतबार बिहान ८ बजे गरिएको मापनअनुसार पानीको बहाव ३ लाख ३५ हजार ३ सय ६० क्यूसेक पुगेको हो ।

विस्तृतमा पढ्न यहाँ क्लिब गर्नुहोस्।

Water flow in Saptakoshi exceeds 3 lakh cusecs, 50 gates open

(09:23 AM)

अविरल वर्षाका कारण करिब ५ सय घरधुरी विस्थापित, बिरिङ पुल भत्कियो

अविरल वर्षापछि आएको बाढीले झापाका विभिन्न स्थानमा करिब ५ सय घरधुरी विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लगातारको वर्षासँगै खोला नाला बढेपछि स्थानीय बस्तीहरूमा पानी पसेको छ ।

झापा गाउँपालिका–२ सुगावथानमा माइ खोलाको बाढी पस्दा ५६ घरधुरीका १ सय ४० परिवार विस्थापित भएका छन् । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उनीहरूलाई कुवाडी माविमा आश्रय दिइएको प्रहरीले जनाएको छ ।

विस्तृतमा पढ्न यहाँ क्लिब गर्नुहोस्।

 

After incessant rain in Jhapa, around 500 households were displaced, Biring bridge collapsed

(09:14 AM)

काठमाडौंको आकाश खुल्यो, आन्तरिक उडान पनि सञ्चालनमा

काठमाडौंको आकाश खुलेसँगै त्रिभुवन विमानस्थलमा चहलपहल बढेको छ । आन्तरिक उडानहरू पुनः सञ्चालनमा आएका छन्। शनिबार खराब मौसमका कारण अधिकांश उडान रद्द भएका थिए भने आइतबारका लागि १४० वटा आन्तरिक उडान तय गरिएको छ। विमानस्थल क्षेत्रको दृश्यता राम्रो भएकाले उडान सञ्चालनमा सहजता आएको अधिकारीहरूले बताएका छन्।

The skies of Kathmandu have opened, domestic flights are also in operation

(09:02 AM)

चरिकोटमा होल्ड भएका सवारीसाधन गन्तव्यतर्फ पठाउन थालियो

बिपी राजमार्गको वैकल्पिक मार्ग  प्रयोग गरेर चरिकोटमा शनिबार राति होल्ड भएका सवारी साधनलाई आइतबार बिहानबाट राजधानी पठाउन थालिएको छ।

वर्षात् रोकिएपछि राजमार्गको अवस्था हेरेर राजधानी पठाउन थालिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । बिपी राजमार्गको वैकल्पिक मार्ग अन्तर्गत पुष्पलाल मार्ग प्रयोग गरेर मन्थली-तामाकोसी चरिकोट हुँदै राजधानी जाने प्रयास गरे पनि दोलखा प्रहरीले चरिकोटमा शनिबार राति ३ सय साना ठुला सवारीसाधन र त्यसमा यात्रा गरिरहेका १ हजार बढी यात्रुलाई होल्ड गरेको थियो ।

लगातारको वर्षाका कारण मुख्य राजमार्ग बन्द हुँदा यो मार्ग प्रयोगमा आएको हो। दोलखाका प्रहरी प्रमुख ज्ञानकुमार महतोले राजमार्गको अवस्था  सामान्य  भएकाले सडक सुरक्षामा ध्यान दिन आग्रह गरेर सवारीसाधनलाई गन्तव्यसम्म जान दिइएको बताए ।

शनिबार राति चरिकोटमा रोकिएका सवारी साधनका यात्रुलाई चरिकोटका कतिपय होटलहरूले नि:शुल्क आवास र खानपानको व्यवस्थापन गरेका थिए । कतिपय होटलले सहुलियतमा यात्रुलाई बास दिएको उनले बताए ।

Vehicles held at Charikot started to be sent to their destination

(08:52 AM)

बाढीले बगायो एसियन हाइवेको डाइभर्सन, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

अविरल वर्षापछि आएको बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन एसियन हाइवे (पूर्वी खण्ड) को मेचीनगर-६ स्थित डाइभर्सन बगाएको छ। कालीखोलामा आएको बाढीले डाईभर्सन बगाएपछि राजमार्गमा बिहानैदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) का अन्य स्थानको डाइभर्सनमा समेत बाढीले क्षति पुर्‍याएको छ। कालीखोलाले यसअघि पनि डाइभर्सन बगाएको थियो । पुरानो पक्की पुल भत्काएर नयाँ पुल निर्माण भइरहेको अवस्थामा अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो। तर, शनिबार रातिको आरीघोप्टे वर्षापछिको बाढीले क्षति पुर्‍याएको हो ।

The flood swept away the Asian Highway diversion, blocking the highway completely

(08:50 AM)

बाढीपहिरोले हेटौँडाबाट राजधानी प्रवेश गर्ने सबै सडक अवरुद्ध

बाढीपहिरोले हेटौँडाबाट काठमाडौँ प्रवेश गर्ने सबै सडकमार्ग अवरुद्ध भएका छन्। कान्ति लोकपथको ठिंगनदेखि बगुवा खोलासम्म तीन वटा ठुल्ठुला पहिरोहरू सडकमा खसेका छन्। केही भागमा पहिरोले सडकसमेत बगाएको छ। उक्त सडक मार्गको सिमाना खोला नजिक ठुलो पहिरो गएको छ ।

कान्ति लोकपथमा  हेटौँडादेखि बगुवा खोलासम्म साना-ठुला गरेर आधा दर्जन भन्दाबढी पहिरो गएको इलाका प्रहरी कार्यालय ठिंगनले जनाएको छ ।

यसैगरी त्रिभ्वुन राजपथको बाघमारा र महभीर नजिक पहिरो गएको छ। पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यसै गरी हेटौडा—भैँसे—भीमफेदी —कुलेखानी फाखेल सडकको महालक्ष्मी खोलामा पहिरो गएको छ । पहिरोले सडक ढाकेको छ भने फाखेलमा पनि पहिरोले सडक अवरुद्ध बनाएको छ । 

हेटौडा—भीमफेदी, कुलेखानी सिस्नेरी हुँदै दक्षिणकाली सडकको सिस्नेरीस्थित डोडारे खोलाले बगर र लेदो बगाएर सडक अवरुद्ध बनाएको छ । उक्त सडककै दक्षिणकाली मन्दिर नजिक पनि पहिरो गएकाले सडक अवरुद्ध भएको छ ।

बाढीपहिरोका कारण अवरुद्ध सडकहरूको अवरोधहरू पन्छाउने काम भइरहेको प्रजिअ स्किम श्रेष्ठले बताइन्। हेटौडाबाट काठमाडौँ जाने सवारी साधनहरूलाई शनिबार दिउँसोदेखि नै हेटौँडामा  रोकिएको छ । अन्तर्राष्ट्रिय फ्लाइट भएका यात्रुहरूलाई शनिबार प्रहरीले सुरक्षितसाथ काठमाडौँ पठाएको थियो । शुक्रबारदेखि यस क्षेत्रमा भारी वर्षा भएको थियो । अहिले आइतबार बिहानदेखि पानी परेको छैन । 

(08:32 AM)

काठमाडौँ जोड्ने राजमार्गको अवस्था के छ ? 

तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी पहिरोले राजधानी काठमाडौँलाई जोड्ने राजमार्ग तथा मुख्य सडक अवरुद्ध छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार आइतबार बिहानसम्म काठमाडौँ प्रवेश गर्ने सडक बन्द छन्। 

भक्तपुरको साँगा, कान्तिलोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका-३ टाकुचेमा र टिका भैरवमा पहिरोका कारण आवात जावत बन्द छ। सितापाईलाको धार्केमा पनि ठुलो खोला पहिरोका कारण सडक बन्द छ । कपन आकाशे धाराबाट बालुवाखानी जाने बाटो बन्द रहेका छन्। यता फर्पिङ सिस्नेरी अन्तर्गत मकवानपुरको इन्द्र सरोवर गाउँपालिका दोधारे पुलमा बाढीले क्षति पुर्‍याएको छ । 

काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुखैमा मात्र हैन, चिनियाँ नाका जोड्ने अरनिको र पूर्वलाई काठमाडौँसँग जोड्ने बिपी राजमार्ग पनि बन्द छन्। प्रवक्ता सुवेदीका अनुसार काभ्रेपलान्चोकको रोशी गाउँपालिका-११ माम्ती खोला र बुलढुंगामा पहिरोको कारण बिपी राजमार्ग बन्द छ । सोही सडकको  मंगलटार खोलाले पिप्ले, चौकीडाँडामा सडक कटान गरेको छ । 

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-४, चार किलोमा सडक भासिएको छ भने धुलिखेलको खावा र ५४ किलोमा पहिरोको कारण सडक बन्द छ ।

हेटौँडा-भैँसे-नौबिसे सडकमा पनि अविरल वर्षका कारण ठाउँ-ठाउँमा पहिरो खसेको छ । नारायणगढ-मुग्लिन सडक खण्डको चितवन इच्छाकामना गाउँपालिका-५ तुइन खोला पुल पनि पहिरोका कारण राजमार्ग अवरुद्ध रहेको सुवेदीले जानकारी दिए । धादिङको बेनीघाटमा पनि पहिरो खसेपछि अहिले सडक बन्द छ ।  सरकाले नै भोली सम्मको लागि लामो दुरीको गाडी नचलाउन सूचना जारी गरेको छ।

What is the condition of the highway connecting Kathmandu?

(08:18 AM)

ज्यामिरे घाटमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत धादिङको ज्यामिरे घाटमा पहिरो खस्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । 

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको ज्यामिरे घाटमा बिहान ७:५० मा पहिरो खसेको हो । पहिरो पन्छाउन समय लाग्ने बताइएको छ । लगातारको वर्षाको कारण नागढुङ्गादेखि मौवा खोलासम्म ४ स्थानमा भने सडक एकातर्फी छ। सो स्थानमा खसेको पहिरो पनि पन्छाउने क्रम सुरु भइसकेको छ।

बिहानैदेखि मौसम सफा भएकोले पहिरो पन्छाएर सक्ने बित्तिकै सवारी सन्चालनमा ल्याउने धादिङका प्रहरी प्रमुख भेषराज रिजालले बताए। धादिङमा सम्भावित जोखिम र सवारी सन्चालन गर्ने विषयमा जिल्ला सुरक्षा समितिको बैठक अहिले बस्दैछ।

Landslide at Jamire Ghat blocks Prithvi Highway

(08:13 AM)

मेची राजमार्गमा दुई दर्जनबढी पहिरो, ठाँउ-ठाउँका पुल बगे

अविरल वर्षाका कारण पहिरो जाँदा मेची राजमार्गसहित विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्। मेची राजमार्गको पाँचथर र इलाम खण्डमा मात्रै दुई दर्जनभन्दा धेरै स्थानमा पहिरो खसेको छ।

यस राजमार्ग अन्तर्गत पाँचथर खण्डमा पर्ने फाल्गुनन्द गाउँपालिका-३ रमाइलो चोक, चिज फ्याक्ट्री, पौवा चोक, चिम्फुला र लालीखर्कमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै, इलाम खण्डको माइखोला, राजदुवाली र बिव्ल्याँटे खण्डमा पनि दर्जन बढी पहिरो गएका कारण सडक पूर्णरुपमा अवरुद्ध छ ।

माइखोलामा आएको बाढीले इलामस्थित माइखोलाको बेलिब्रिजमा क्षति पुगेको छ। मेची राजमार्गको विकल्पका रुपमा उपभोग गरिँदै आएको कञ्चनजंघा केचना सडकको पक्की पुलमा पनि बाढीले क्षति पुर्‍याएको छ । यस्तै, इलाम र पाँचथरका भित्री सडकहरुमा दर्जनौं ठाँउ पहिरो गएको छ।

इलामका भित्री सडकहरुमा लगाएका केही पक्की पुल र झोलुङ्गे पुलमा समेत क्षति पुगेकाले ती सडक समेत यात्राका लागि जोखिमपुर्ण बनेको इलाम प्रहरीले जनाएको छ । यता तमोर करिडोर पनि बाढी र पहिरोका कारण अवरुद्ध भएको छ । झरीसँगै खोलामा पानीको बहाव बढ्दा यस करिडोरको नावा खोलामा यातायात अवरुद्ध छ भने सोही सडकको उक्त सडकका समेत विभिन्न स्थानमा पहिरो झरेको छ ।

यस्तै, मध्य पहाडी राजमार्ग अन्तर्गत पाँचथरको याङवरक-३ मा पर्ने रिजाल भिरमा पनि पहिरो गएर सडक अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक रुपेश तामाङले जानकारी दिए ।

More than two dozen landslides on the Mechi highway, bridges washed away at places

(07:50 AM)

बीपी राजमार्गमा अलपत्र १६ जनालाई रोशी गाउँपालिकाको आश्रय

बीपी राजमार्गमा अलपत्र परेका १६ जनालाई रोशी गाउँपालिकाको भवनमा राखिएको छ । शनिबार निरन्तर वर्षाको कारण सडक अवरुद्ध भएको थियो । राजमार्ग हुँदै यात्रा गरी अलपत्र परेकाहरूलाई उद्धार गरी गाउँपालिकाको प्रशासनिक भवनमा राखिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।

(07:47 AM)

मनोहरा र हनुमन्ते खोलामा पानीकाे बहाव घट्दै

अविरल वर्षापछि शनिबार साँझ बढेकाे मनोहरा र हनुमन्ते खोलामा पानीकाे बहाव घटेसँगै तत्काल बाढी र डुबानको जोखिम कम भएकाे छ ।

Water flow is decreasing in Manohara and Hanumante rivers

(07:45 AM)

ट्राफिकलाई २४ घण्टामा १४ सय बढी फोन कल

पछिल्लो २४ घण्टामा ट्राफिक कन्टोलमा १४ सयभन्दा बढी फोन कलहरु आएका छन्। 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार  हिजो ६ बजेदेखि अहिले ६ बजे सम्म १ हजार ४ सय ४० वटा फोन आएका छन्।

ट्राफिकको तथ्यांकमा यसअघि १७ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म १ हजार १ सय ३२ वटा फोन कल आएका थिए ।

ट्राफिक कार्यलयमा सडक बन्द भएसंगै सडकको अवस्था बुझ्न सर्वसाधारणको फोन कल गर्नेक्रम बढेको हो । ट्राफिकको हटलाइन १०३ मा सडक सम्बन्धी निशुल्क सेवा लिन सकिन्छ ।

(07:37 AM)

साँगामा पहिरो खस्यो, अरनिको राजमार्ग दुईतर्फी अवरुद्ध

काभ्रेपलाञ्चोक र भक्तपुरको सिमा क्षेत्र रहेको साँगामा ढुंगा र लेदोसहितको पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ । सूर्यविनायक नगरपालिका-१० स्थित झोलुङ्गे पुलमा ढुंगा र लेदो सहितको पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय भक्तपुरका प्रमुख प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए । राति करिब ९ बजेदेखि सो सडक खण्डमा दुईतर्फी यातायात आवगमन अवरुद्ध भएको छ । वैकल्पिक मार्गका रुपमा भक्तपुर–नाला सडक खण्ड प्रयोग गरिएको उनले बताए ।

A landslide occurred in Sanga, blocking the Arani highway in both directions

(07:35 AM)

चितवन-काठमाडौं आउजाउ गर्ने सडकको ठाउँठाउँमा पहिरोको जोखिम

नारायणगढ-मुग्लिन सडकको तुइनखोला, कालीखोला र पृथ्वी राजमार्गको फिस्लिङ नजिक पहिरो तथा ढुंगा खस्ने क्रम रोकिएको छैन ।पृथ्वी राजमार्गको तनहुँ र धादिङ क्षेत्रमा पनि पहिरो र ढुङ्गा खस्ने क्रम नरोकिएकाले बाटो तत्कालै खुल्ने अवस्था छैन । पहिरोका कारण रोकिएका गाडी र यात्रुको सुरक्षाका लागि चितवनका विभिन्न १४ ठाउँमा सेफ्टी होल्डिङ स्पेस तोकेर गाडीहरू ती ठाउँमा राखिएको छ ।

(07:21 AM)

पहिरोका कारण धरान-धनकुटा सडक अवरुद्ध

अविरल वर्षासंगै झरेकाे पहिरोको कारण काेशी राजमार्गकाे धरान-धनकुटा सडक अवरुद्ध बनेकाे छ।

गए राति उक्त सडक खण्डअन्तर्गत मुलघाट र नमस्ते झरना नजिक सडकमा पहिरो र लेदाे माटाे थुप्रिएर अवरुद्ध बनेकाे प्रहरीले जनाएको छ।

त्यस्तै, मध्यपहाडी लाेकमार्गअन्तर्गत हिले-पाख्रिबास-लेगुवा खण्डमा समेत सडकमा क्षति पुगेका कारण उक्त सडक समेत अवरुद्ध छ। पहिरो गएको स्थानमा सडक डिभिजनको जेसिवीबाट पहिरो पन्छाउने कार्य भइरहेकाे जनाइएकाे छ।

प्रशासनले ती सडकमा कुनै प्रकारका सवारी साधन सञ्चालन नगर्न सुचना जारी गरेकाे छ। धरानबाट धनकुटातर्फ गएका केही सवारी साधनलाई भेडेटार प्रहरीले धरानतर्फ नै फर्काइदिएकाे छ।

Dharan-Dhankuta road blocked due to landslides

(06:45 AM)

बेथानचोकका ७० परिवारको बास सामुदायिक वन भवनमा

काभ्रेको बेथानचोक गाउँपालिकाका जोखिममा रहेका ७० परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। हालसम्म गाउँपालिकाभित्रका वडा नं २ र ३ को खलङ्गा, नयाँ बस्ती टोल, पाट्ने खोला, गेल्लुङ, सिमाधारा, सयले र बनेपालीटोल गरी लगभग ७० परिवार सुरक्षित स्थानमा सारिएको गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए ।

उनका अनुसार, उनीहरूलाई मुक्तेश्वर सामुदायिक भवनमा राखिएको छ । अन्य वडाका जोखिममा रहेका बस्तीहरुलाई पनि सुरक्षित रहन आग्रह गरिएको उनले बताए।

गाउँपालिकाको वडा नं ३ स्थित दुर्लुङ्ग खोलामा पानीको बहाब बढ्दै गएर खल्ङगा बस्तीमा समेत पसेको उनले जानकारी दिए । उनका अनुसार, शनिबारदेखिको निरन्तर वर्षाका कारण त्यस स्थानमा उच्च जोखिम रहेकाले गएराति सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

वर्षाका कारण पालिकास्थित पट्नेखोला र दुर्लुङ्ग खोलामा पानीको बहाब बढेको छ। हालसम्म कुनै पनि भौतिक तथा मानवीय क्षति भने हुन पाएको छैन।

Bethanchok's 70 families live in a community forest building

(06:44 AM)

आज पनि देशभर पानी पर्ने

आज पनि देशभर पानी पर्ने मौसमविद्हरूले जनाएका छन्। हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी  र मधेस प्रदेशका अधिकांश स्थाहरुमा पूर्ण बदली रही बागमती, लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू–भागहरुमा आंशिक बदली रहने छ ।

आज कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ ।

(10:24 PM)

डाइभर्ट भएका अन्तर्राष्ट्रिय विमान काठमाडौं फर्किन थाले, विमानस्थलको उडान सञ्चालन राति ४ बजेसम्म विस्तार

खराब मौसमका कारण भारत र बंगलादेशतर्फ मोडिएका विमानहरू फर्किन थालेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान सञ्चालन क्रमशः सामान्य बन्दै गएको छ। निरन्तर वर्षा र कम दृश्यता (भिजिबिलिटी) का कारण शुक्रबार दिउँसोदेखि अवरुद्ध हुँदै गएको विमानस्थलको उडान सञ्चालन साँझ ८ बजेपछि क्रमशः सुरु भएको विमानस्थल कार्यालयले जनाएको छ। सामान्यतया, काठमाडौं विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरू राति १ बजेसम्म सञ्चालन हुने गर्छन् । तर आजको असामान्य मौसम र उडान अवरोधलाई व्यवस्थापन गर्न, विमानस्थल व्यवस्थापनले अन्तर्राष्ट्रिय उडानका लागि सञ्चालन समय बिहान ४ बजेसम्म विस्तार गर्ने निर्णय गरेको हो ।

Diverted international flights started returning to Kathmandu, airport flight operations extended till 4 pm
फाइल तस्बिर

(10:14 PM)

१९ केन्द्रमा जलस्तर खतराभन्दा माथि, मधेश प्रदेश उच्च जोखिममा

देशभर अविरल वर्षा जारी रहँदा शनिबार दिनभर मधेश प्रदेशदेखि बागमती प्रदेशसम्मका धेरै जिल्लामा बाढी-पहिरोको उच्च जोखिम बढेको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार विशेषगरी मधेश प्रदेशका सबै जिल्ला र बागमती प्रदेशका मकवानपुर, सिन्धुली, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्लामा दिनभर जलस्रोतको जलस्तर तीव्र रूपमा बढ्दै खतराको तहमा पुगेको छ । शनिबार दिनभर वर्षाको मात्रा बढेसँगै मकवानपुर, बारा, रौतहट, ललितपुर, धनुषा, सिन्धुली र पर्साका १९ वटा केन्द्रमा नदीहरूको जलस्तर खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

19 Central water level above danger, Madhesh province at high risk

(10:06 PM)

काभ्रे-भक्तपुर सिमानामा पर्ने साँगामा पहिरो

काभ्रे र भक्तपुरको सिमामा पर्ने साँगामा पहिरो गएको छ । निर्माणाधिन सडक खण्डमा पहिरो खसेको ट्राफिक प्रहरी कार्यलय काभ्रेका प्रमुख प्रहरी निरिक्षक सुनिज धाँजुले बताएका छन् । 

पहिरोले एक लेन पुरेपनि सडक पुरै अवरुद्ध नभएको ट्राफिक प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साढे नौ बजेतिर पहिरो झरेको हो । 

(10:01 PM)

स्वयंसेवी रूपमा काम गर्न भन्दै गृहले केही जेन–जीलाई सिंहदरबार बोलायो

देशभरि बाढी र पहिरोको जोखिम रहेका बेला गृह मन्त्रालयले प्रतिकार्यका लागि जेन–जीलाईसमेत परिचालन गर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिन भारी वर्षा भई बाढी र पहिरोको जोखिम रहेको बताएका बेला मन्त्रालयका अधिकारीहरूले केही जेनजी अगुवालाई सिंहदरबार बोलाएका हुन् ।

(09:46 PM)

काठमाडौंमा बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारियो

काठमाडौँ महानगरपालिकाले बाढीको जोखिममा रहेका ३९३ जनालाई सुरक्षित स्थानमा सारेको छ ।अविरल वर्षापछि आएको बाढीले महानगर क्षेत्रका खोला किनारामा बस्दै आएका ३९३ जनालाई सुरक्षित स्थानमा सारिएको हो ।

393 people who are at risk of flood in Kathmandu have been shifted to safe place
बल्खु । तस्बिर : दीपक केसी/कान्तिपुर

(09:20 PM)

गोसाईंकुण्ड घुम्न गएका ४ जनालाई खोलाले बगायो

भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जना खोल्साले बगाएर बेपत्ता भएको रसुवाका डीएसपी हेम शाहीले जानकारी दिए । प्रहरीका अनुसार १६ मध्ये ८-८ जनाको समूहमा हिँडेको उनीहरूको एउटा समूहबाट ४ जनालाई एक्कासि आएको खोलाको बाढीले बगाएको हो । विस्तृतमा...

(09:08 PM)

बाढीले बीपी राजमार्गको विभिन्न स्थानको सडक कटान

बीपी राजमार्गको विभिन्न स्थानमा सडक कटान गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।कार्यालयका अनुसार, भकुण्डे–नेपालथोक सडक खण्ड अर्न्तगत रोशी गाउँपालिकाको वडा नं ९ स्थित बोक्सिकुनामा रोशी खोलाले अन्दाजी १५०/२०० मिटर सडक कटान गरेको, वडा नं ७ स्थित घुमाउनेमा रोशी खोलाले अन्दाजी १५ मिटर सडक कटान गरेको, वडा नं ११ स्थित बुलढङ्गा र डालावेशीमा अन्दाजी १००/१०० मिटर सडक कटान गरेको , वडा नं ११कै  पिप्लेमा अन्दाजी ५० मिटर बाटो कटान गरेको र नमोबुद्ध नगरपालिका वडा नं स्थित ६ चौकीडाँडामा रोशी खोलाले अन्दाजी २० मिटर सडक कटान गरेको छ । 

Road erosion at various places of BP highway due to flood

(09:02 PM)

बाढी प्रभावितको 'सेल्टर'का लागि काठमाडौं महानगरले तोक्यो ७० विद्यालय

बाढीको जोखिममा रहेका बस्तीका मानिसहरूको आश्रयस्थलका लागि काठमाडौं महानगरपालिकाले ७० वटा विद्यालय तोकेको छ । मेयर बालेन्द्र शाहका अनुसार ७० वटा विद्यालयलाई तत्कालका लागि आश्रयस्थलको रूपमा तोकिएको हो । 

हालसम्म चारवटा विद्यालयमा बाढी प्रभावित परिवारलाई स्थानान्तरण गरिएको छ । प्रभावित बासिन्दा कुलेश्वरस्थित जन विकास विद्यालयमा २५१ जना, त्रिपुरेश्वरस्थित विश्व निकेतनमा ७० जना, गुह्येश्वरीमा ५२ जना, टेकुस्थित महेन्द्र सरस्वती आधारभूत विद्यालयमा २० जना बसिरहेका छन् । विस्तृतमा...

Kathmandu metropolis designated 70 schools for flood affected 'shelters'

(08:59 PM)

नागढुंगा मुग्लिन सडकका १६ स्थानमा पहिरोको उच्च जोखिम

वर्षासँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङ खण्डका १६ स्थान पहिरोको जोखिममा परेका छन् ।आज जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीको संयुक्त अनुगमनले राजधानी भित्रिने प्रमुख राजमार्गका १६ स्थानमा पहिरो र सडक भासिने उच्च जोखिम पहिचान गरेको जनाइएको छ । 

High risk of landslides at 16 places along Nagadhunga Muglin road

(08:58 PM)

गृहमन्त्रीले भने : मानवीय क्षति शून्य हुने गरी काम गरिरहेका छौं  

गृहमन्त्री ओमप्रकाश अर्यालले यसपालिको विपद्‍मा मानवीय क्षति शून्य हुने गरी काम गर्न निर्देशन दिएका छन् । भौतिक क्षतिका विवरण आइरहेको भन्दै उनले मानवीय क्षति शून्य होस् भन्ने उद्देश्यले आफूहरूले काम गरिरहेको बताएका छन् । 

‘मानवीय क्षति शून्य होस् र त्यसमा कुनै पनि हालतमा कमी, कमजोरी नहोस् भनेर निर्देशन गरिएको छ,’ शनिबार बेलुकी उनले पत्रकारहरूसँग भने ।

The Home Minister said: We are working so that human losses are zero

(08:57 PM)

चितवन हुँदै काठमाडौं र अन्य जिल्ला जाने सडकमा गाडी चलाउन रोक

चितवन प्रशासनले अर्को सूचना जारी नहुँदासम्म आज शनिबार साँझ ६ बजेदेखि चितवन हुँदै अन्य जिल्लामा जाने सडकहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । अत्यावश्यक सेवाका गाडीहरू पहिरो र सडकको अवस्था हेरी प्रशासनको समन्वयमा आउजाउ गर्न सक्ने छन् ।

(08:55 PM)

आँबुखैरेनी-मुग्लिन खण्डमा अत्यावश्यकबाहेकका सवारी साधन बन्द

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन-आँबुखैरेनी सडकखण्ड भासिएको छ । उक्त सडक भासिएसँगै रातिको समयमा अत्यावश्यकबाहेक सम्पूर्ण सवारी साधन बन्द गरिएको छ

Non-essential vehicles are closed on Ambukhareni-Mughlin section

(06:25 PM)

मन्थली-तामाकोसी चरिकोट हुँदै राजधानी प्रवेश गर्दै सार्वजनिक यातायात

केदार शिवाकोटी

दोलखा । बीपी राजमार्ग बन्द भएपछि सार्वजनिक यातायात मन्थली-तामाकोसी चरिकोट हुँदै राजधानी जान थालेका छन् । 

लगातारको वर्षाका कारण मुख्य राजमार्ग बन्द हुँदा पुष्पलाल मार्ग हुँदै यातायातका साधन राजधानी काठमाडौं प्रवेश गरेका हुन् । 

प्रशासनले रोक लगाए पनि सार्वजनिक यातायातले जबरजस्ती यो मार्ग प्रयोग गरेपछि अधिकांश सवारी साधन दोलखाको किर्नेटारमा रोकिएको दोलखाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताए । 

किर्नेटार थप जोखिम क्षेत्र भएकाले त्यहाँ रोकिएका ५० भन्दा बढी सवारी साधनलाई चरिकोटसम्मको अनुमति दिइएको छ । ती सवारी साधनमा यात्रा गरिरहेकाहरूलाई चरिकोटमा बास बसाउने तयारी भैरहेको उनले बताए ।

Public transport entering the capital via Manthali-Tamakosi Charikot

(06:17 PM)

रोशी खोलाले बीपी राजमार्ग कटान सुरु 

ज्योती श्रेष्ठ 

काभ्रे । निरन्तर वर्षाका कारण जिल्लास्थित रोशी खोलामा पानीको बहाव बढ्दै गएको छ । खोलामा पानीको बहाव बढ्दै खोलाले बीपी राजमार्ग कटान सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

Roshi Khola has started cutting the BP highway

(06:06 PM)

रौतहटको सदरमुकाम गौर बजार जलमग्न

रौतहट । लगातारको वर्षाका कारण रौतहटको सदरमुकाम गौर जलमग्न भएको छ । शनिबार दिउँसोदेखि गौर जलमग्न हुँदा स्थानीय  जनजीवन प्रभावित बनेको छ । सबैभन्दा बढी डुबान भन्सार क्षेत्रमा छ । 

अपराह्न ४ बजेसम्मको रेकर्डअनुसार सबैभन्दा धेरै वर्षा रौतहट जिल्लामा भएको छ । २४ घण्टामा सबैभन्दा धेरै सदरमुकाम गौरमा २४३.६ मिलिमिटर वर्षा मापन भएको छ ।

सीमाक्षेत्रमा भारतले लगाएको बाँधका कारण पानीले निकास नपाउँदा गौर डुबानमा पर्ने गरेको छ । गौर बजार जलमग्न भएको प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले जानकारी दिए । 

Gaur Bazar, the headquarters of Rautahat, was submerged

(05:44 PM)

पहिरोले हेटौंडा–काठमाडौं जोड्ने तीन वटा मार्ग अवरुद्ध

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो हेटौंडा–काठमाडौं छोटो मार्गअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–४, महालक्ष्मीखोलामा ढुंगा–माटो, लेदोसहितको पहिरोका कारण सडक अवरुद्ध बनेको छ । यसैगरी इन्द्रसरोवर गाउँपालिका–३, सिस्नेरी बजार नजिकै डोढारे खोलामा पानीको बहाव बढेसँगै शनिबार दिउँसोदेखि कुलेखानी–सिस्नेरी–फर्पिङ खण्ड अवरुद्ध बनेको छ । यस्तै, कान्तिलोकपथ सडकखण्डमा शनिबार दिउँसो भीमफेदी गाउँपालिका–८, बगुवाखोला नजिकै पहिरोले सडक अवरुद्ध बनेको छ ।

(04:47 PM)

पृथ्वीराजमार्ग खुल्यो

पहिरोेले अवरुद्ध भएको पृथ्वीराजमार्ग अपराह्नदेखि सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालयका अनुसार पहिरो पन्छाएर सडक सञ्चालन गरिएको हो । चितवनको इच्छाकामना–३ फिस्लिङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडक सञ्चालन भएसँगै बाटोमा रोकिएका सवारीसाधन प्रस्थान गरेका छन् । 

(04:44 PM)

तुइनखोलामा ढुंगा झर्न थालेपछि नारायणगढ–मुग्लिन सडक खण्ड पुन: बन्द

तुइनखोलामा ढुंगा झर्न थालेका कारण नारायणगढ–मुग्लिन सडक शनिबार दिउँसो चार बजेपछि दुइतर्फी नै गाडी बन्द भएको भरतपुरको डिभिजन सडक कार्यालयले जनाएको छ ।

Narayangadh-Muglin road section closed again after stones started falling in Tuinkhola

(04:25 PM)

अरनिको राजमार्गको ५४ किलोमा ढुंगासहितको पहिरो

  • अरनिको राजमार्ग अन्तर्गत ५४ किलोमा ढुंगासहित पहिरो झरेको छ । शनिबार दिउँसो करिब ३ बजेको समयमा त्यहाँ ढुंगासहितको पहिरो झरेको ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।उक्त राजमार्गकै धुलिखेल–खावा सडक खण्डको तिरतरे धारामा पनि ढुंगासहितको पहिरो झरिरहेको प्रहरीले बताएको छ ।

(03:59 PM)

बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्सामा

बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगन्जमा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगन्जमा १४३ मिलिमिटर वर्षा भएको छ । बारामा १४०.४, रौतहटको गौर वर्षा मापन केन्द्रमा १२९, रौतहटकै महेशपुरमा १२४ मिलिमिटर वर्षा भएको छ । 

विभागले बारा र पर्सामा भएको वर्षा अति भारी भएको जनाउँदै देशको मध्य क्षेत्रमा बढी वर्षा भएको र तराइ केन्द्रित रहेको, नवलपरासीदेखि पूर्व धनकुटासम्म वर्षा भएको बताएको छ । यो अवधिमा सिन्धुपाल्चोकदेखि दोलखासम्म र काठमाडौँ उपत्यकालगायत  १४ वटा जिल्लामा ५० मिलिमिटरभन्दा माथि वर्षा भएको छ । पचास भन्दा बढी मापन केन्द्रहरुमा ३० मिलिमिटरदेखि ५० मिलिमिटरसम्म वर्षा भएको छ । 

हाल देशभर बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण वर्षा भइरहेको तथा फेरि अर्को प्रणाली पनि सक्रिय हुने सम्भावना बढेकाले आज राति पनि धेरै स्थानमा वर्षा हुने विभागले जनाएको छ ।

(03:38 PM)

सिन्धुलीको अक्करे भीरमा पहिरो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली – मध्यपहाडी लोकमार्गअन्तर्गत गोलन्जोर गाउँपालिका–६ स्थित अक्करे भीरमा पहिरो खस्न थालेपछि यातायात आवागमन अवरुद्ध भएको छ ।

Landslide in Akkare Bhir of Sindhuli, Madhyapahari highway blocked

(03:34 PM)

हनुमन्ते खोलाको सतही तहमा पानी, डुबानको उच्च जोखिम

भक्तपुर – अविरल वर्षापछि भक्तपुरको जगाती, टुरिजम मार्केट, सल्लाघारी र राधेराधे हुँदै बग्ने हनुमन्ते खोला अहिले सतही तहमा आइपुगेको छ । खोलामा पानीको बहाव तीव्र रूपमा बढ्दै गएको प्रहरीले जनाएको छ ।

निरन्तर वर्षा जारी रहेमा खोला बस्ती क्षेत्रमा आज बेलुकासम्म प्रवेश गरी राति डुबान हुने सम्भावना उच्च रहेको भन्दै खोला छेउछाउका बासिन्दालाई उच्च सतर्कता र पूर्वसावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

Water in surface level of Hanumante river, high risk of inundation

(03:31 PM)

तुइनखोलामा एकतर्फी सवारी सञ्चालन, अनावश्यक यात्रा नगर्न आग्रह

चितवन – तुइनखोलामा हालका लागि पोखरा तर्फ मात्रै सवारी आवागमन गर्न मिल्ने गरी एकतर्फी यातायात सञ्चालनमा आएको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार सडक क्षेत्रमा अझै जोखिम कायम रहेकाले अत्यावश्यक नभई सकेसम्म यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ ।

(03:31 PM)

मेची राजमार्गको इलाम–ताप्लेजुङ खण्ड सडक बन्द

इलाम – ताप्लेजुङ सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गअन्तर्गत इलामको जोरकलशदेखि ताप्लेजुङको सुकेटारसम्मको सडकमा सवारी आवागमनमा रोक लगाएको छ ।

शनिबार दिउँसो सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सबै प्रकारका सवारी सञ्चालनमा रोक लगाइएको डिभिजन प्रमुखद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

दिउँसोको समयमा अत्यावश्यक कारणले यात्रा गर्नुपर्ने सवारीसाधनमध्ये १० टनभन्दा बढी क्षमताका ठूला सवारीका लागि मेची कोरिडोर–कञ्चनजंघा–केचना सडक प्रयोग गर्न र १० टनभन्दा कमका साना सवारीसाधनका लागि सिमल–गोलाइ–जोगमाइ–तिल्केनी सडक प्रयोग गर्न अनुरोध गरिएको छ ।

(03:21 PM)

मन्त्री घिसिङले गरे चोभार–गल्छी क्षेत्रको निरीक्षण

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ तथा सहरी विकास सचिव गोपाल सिग्देलले चोभार–गल्छी क्षेत्रको निरीक्षण गरेका छन् । 

उक्त गल्छीबाट काठमाडौँ उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने भएकाले सो क्षेत्रको अवलोकन गरिएको हो ।

मन्त्री घिसिङले धोबीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर र बागमती नदी कोरिडोरलगायत क्षेत्रहरूको अवलोकन गरी तिनको वरिपरिका बस्तीहरूको अवस्थाबारे जानकारी लिएका छन् ।

Minister Ghising inspected Chobhar-Galchi area

(02:36 PM)

फिस्लिङमा पहिरो

इच्छाकामना गाउँपालिका–३ मा पहिरो खस्दा दुईतर्फी सडक बन्द भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण १:४५ बजे मुग्लिङ–नागढु्ंगा खण्डअन्तर्गत फिस्लिङमा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार पहिरो पन्छाउनका लागि कम्तीमा तीन घण्टा लाग्ने छ । 

पहिरो पन्छाउने काम सुरु गरिएको उनले बताए । नारायणगढ–मुग्लिन सडक खण्डमा भने अहिलसम्म अवरोध नभएको उनले जानकारी दिए । निरन्तर वर्षा भइरहेकाले सावधानीपूर्वक यात्रा गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

Landslide at Fischling
तस्बिर सौजन्य : मुग्लिन बजार ।

(02:25 PM)

असोज २० गतेसम्म बीपी राजमार्गमा यातायात सञ्चालन गर्न नपाइनेे

असोज २० गतेसम्म बीपी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको छ।

शनिबार बसेको जिल्ला सुरक्षा समिति काभ्रेको बैठकले गरेको निर्णय अनुसार, असोज १८ गते बिहान ९ बजेदेखि असोज २० गतेसम्म बीपी राजमार्गअन्तर्गत काभ्रे भञ्ज्याङ–भकुण्डेबेंसी–सिन्धुली सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ।

(02:14 PM)

तुइनखोलामा ढुंगा खस्न थालेपछि नारायणगढ-मुग्लिन सडक पनि बन्द, चितवनका १४ ठाउँमा रोकिएका छन् गाडी 

चितवन-नारायणगढ मुग्लिन सडकको पहिरोग्रस्त क्षेत्र तुइनखोलामा ढुंगा झर्न सुरु भएपछि शनिबार दिउँसो एक बजेपछि त्यो बाटो हुँदै गाडी चलाउन पूर्णरूपमा रोक लागेको छ । 

यसअघि सो सडक हुँदै काठमाडौँ जाने गाडीलाई रोके पनि पोखरा आउजाउ गर्ने गाडीहरू चलेका थिए । पानी पर्न नरोकिएको र ढुंगा पनि खस्न सुरु भएका कारण जोखिम बढेका हुँदा सबै खाले गाडी चलाउन बन्द गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले जानकारी दिए ।

त्यसैगरी मुग्लिनदेखि पूर्व पृथ्वी राजमार्गको कुरिनटार र फिस्लिङको बीचमा पनि पहिरो गएका कारण बाटो अवरुद्ध भएको उनले बताए । पृथ्वी राजमार्गको धादिङ जवाङ खोलानजिक शनिबार बिहानै गएको पहिरोले बाटो अवरुद्ध थियो ।

(01:16 PM)

बनेपा–धुलिखेल जाने सवारीसाधन पनि फर्काइयो

अहिले भक्तपुरबाट बनेपा–धुलिखेल जाने सवारीसाधन पनि रोकेर फर्काइएको छ । भक्तपुर–काभ्रे सीमाना साँगा नाकाबाट नै सवारीसाधन फर्काइएको प्रहरीले जनाएको छ ।

(01:04 PM)

बीपी राजमार्गको नेपालथोक-धुलिखेल खण्डमा पहिरो

बीपी राजमार्गको नेपालथोक-धुलिखेल खण्डमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । पहिरो खसेकाले सिन्धुलीमाडी, खुर्कोट र नेपालथोकमा सवारीसाधन रोकिएका छन् ।

Landslide in Nepalthok-Dhulikhel section of BP Highway

(12:19 PM)

भारी वर्षासँगै फर्किन थाले सवारीसाधन

मुलुकका अधिकांश स्थानमा परिरहेको भारी वर्षासँगै आज बिहानैदेखि उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम उपत्यकामा नै फर्किन थालेका छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न राजमार्गमा पहिरो जान थालेपछि सुरक्षित रहन सवारीसाधन उपत्यकामा नै फर्किन थालेको जानकारी दिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले बिपी, अरनिको, पृथ्वीलगायतका मुख्य राजमार्गमा पहिरो जान थालेपछि उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि फर्किन थालेको जानकारी दिए । 'अहिले पहिरोका कारण उपत्यकाबाट बाहिरिएका सवारीसाधन पनि काठमाडौँतिर नै फिर्ता भइरहेका छन्, यतिबेला उपत्यकाका चारै तिरका नाका बन्द छन्,' उनले भने, 'सुरक्षित तरिकाले सवारीसाधनहरू होल्ड भएका छन्, भौतिक र मानवीय क्षति कम गर्न सडक यात्रा सुरक्षित छैन ।'

सडक विभागले बीपी राजमार्गमा अहिले बिहान १० बजेपछि सवारीसाधनको प्रवेश रोक लगाइएको जानकारी दिएको छ । जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म नै भारी वर्षा हुने भएकाले विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । 

(12:16 PM)

भक्तपुर हुँदै पूर्व जाने सवारीसाधन जगातीमा रोकियो

लगातारको वर्षापछि उपत्यकाबाट अरनिको राजमार्ग हुँदै पूर्वका काभ्रे र अन्य जिल्लाहरू जाने सवारीसाधन रोकिएको छ।

राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपत्यका भित्रिने र बाहिरिने सवारीसाधनमा रोक लगाएसँगै भक्तपुरको जगातीबाट नै पूर्व जाने सवारीसाधन रोकेर फर्काएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक किरण राईले जानकारी दिएका छन्। तर बनेपा र धुलिखेलसम्म जाने सवारीसाधन भने रोकिएको छैन।

यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित किवा चोक गुण्डु नजिकैको सडक खण्डमा वर्षाका कारण पहिरो गएको छ। उक्त पहिरोका कारण गुण्डु–किवा चोक हुँदै नयाँ ठिमी चल्ने यातायात पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ। अन्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

(11:42 AM)

कान्ति लोकपथमा सवारी आवागमन पूर्णरूपमा बन्द 

कान्ति लोकपथमा सबै प्रकारका सवारी साधन आवागमन पूर्ण रुपमा बन्द गरिएको छ ।

शनिबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी भएको मौसम पूर्वानुमान अनुसार बागमती प्रदेश लगायतका स्थानमा मनसुनी गतिविधिहरु सक्रिय भई हाल उच्च मात्रामा वर्षा भइरहेको र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्भावित विपद्‌जन्य अवस्थाबाट हुन सक्ने क्षति न्युनिकरण गर्न अर्को सूचना नभएसम्मको लागि बन्द गरिएको जनाएको छ।

(11:22 AM)

पछिल्लो ६ घण्टामा ६४ मिलिमिटर वर्षा

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ६ घण्टामा देशभर ६४ मिलिमिटर वर्षा भएको छ। यो अवधिमा मधेश प्रदेशमा सबैभन्दा धेरै वर्षा भएको छ। मधेशको वीरगञ्जमा ६४ मिलिमिटर पानी परेको विभागले जनाएको छ। त्यस्तै, गौरमा ५७, महेशपुरमा ५३, कलैयामा ५४, टाँडीमा ५० र ठोरीमा ४८ मिलिमिटर वर्षा भएको छ। 

विभागका अनुसार पछिल्लो ६ घण्टामा मधेश, बागमती र गण्डकीमा धेरै वर्षा भएको छ भने कोशी, लुम्बिनी र सुदूरपश्चिममा भने कममात्रै वर्षा भइरहेको छ।

काठमाडौँ उपत्यकामा भने गोदावरी स्टेशनमा सबैभन्दा धेरै ४१ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, खुमलटारमा २८, चन्द्रागिरीमा ३५, नगरकोटमा ३०, कपनमा २० र कलंकीमा २३ मिलिमिटर वर्षा भएको छ।

64 mm of rain in last 6 hours

(11:09 AM)

कोशी, मधेश र बागमतीमा अविरल वर्षा, केही घण्टा अझै बढी प्रभावित हुने

कोशी, मधेश र बागमती प्रदेशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागद्वारा बुलेटिनका अनुसार शनिबार बिहान १० बजे कोशी, मधेश र बागमती प्रदेशमा मेघगर्जनसहित वर्षा भइरहेको हो ।

वर्षाका कारण अबको केही घण्टामा कोशी, मधेश र बागमती प्रदेश बढी प्रभावित हुने विभागले जनाएको छ । 

विभागले चेतावनी दिँदै अगाडि भनेको छ, ‘अब केही घण्टा विशेषगरी कोशी प्रदेश, मधेशी प्रदेश र बागमती प्रदेश बढी प्रभावित हुने देखिन्छ ।’

वर्षा गराउने प्रणाली पूर्व-उत्तर पूर्व दिशातर्फ सरिरहेको र ती क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन विभागले सुझाव दिएको छ ।

(10:12 AM)

असोज १८, १९ र २० गते काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

सरकारले तीन दिनका लागि काठमाडौं उपत्यका भित्रिने–बाहिरिने सवारीसाधन आवागमन बन्द गर्ने निर्णय गरेको छ। सरकारले असोज १८, १९ र २० गते सवारी सञ्चालनमा रोक लगाएको हो ।

राष्ट्रिय विपद्‌ जोखिम न्यूनीकरण प्राधिकरणले सूचना जारी गर्दै भारी वर्षापछि उत्पन्न हुने जोखिमका कारण यातायात बन्द गर्ने निर्णय लिएको हो। प्राधिकरणले अत्यावश्यक काम बाहेकका सवारी सञ्चालन रोक्न सम्बन्धित जिल्ला प्रशासनसँग पनि समन्वय गरिरहेको छ।

(10:04 AM)

दुई दिनका लागि मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविर भ्रमणमा रोक

मनसुन बाहिरिने समयमा सक्रिय भएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको मौरिस हर्गोज पदमार्ग र अन्नपूर्ण आधार शिविरको भ्रमणमा रोक लगाइएको छ । 

शनिबार र आइतबार पदमार्ग र आधार शिविरमा पर्यटकहरूलाई रोक लगाइएको अन्नपूर्ण गाउँपालिका–४ को कार्यालयले जनाएको छ । वडाध्यक्ष लोकबहादुर पुनले सार्वजनिक सूचना जारी गरेर वर्षा र हिमपातको सम्भावना भएकाले आधार शिविर तथा पदमार्गमा पर्यटकले दुःख पाउने तथा दुर्घटनाको जोखिम देखिएको हुँदा रोक लगाइएको जानकारी दिए।

(09:56 AM)

बीपी राजमार्गमा यातायात सञ्चालनमा रोक

काभ्रे – बीपी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको छ। निरन्तर पानी परिरहेकाले वर्षासँगै बाढी र पहिरोको जोखिम बढ्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लास्थित बीपी राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले जानकारी दिए।

उनका अनुसार, वर्षाका कारण रोशी खोलामा पानीको बहाव उच्च भएकाले बाढीको जोखिम हुने सम्भावना रहेकाले राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको हो। ‘शनिबार बिहान ९ बजेदेखि जिल्लास्थित बीपी राजमार्गअन्तर्गत काभ्रेभञ्ज्याङदेखि नेपालथोक सडक खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको छ,’ उनले भने, ‘अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा यातायात सञ्चालनमा रोक लगाइएको हो।’

पानी निरन्तर परिरहेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन जिल्ला प्रशासन कार्यालय काभ्रेले अनुरोध गरेको छ।

(09:40 AM)

खराब मौसमका कारण काठमाडौँसहित ६ वटा विमानस्थल बन्द 

अविरल वर्षाका कारण शनिबार बिहानदेखि देशका विभिन्न विमानस्थलमा हवाई सेवा पनि अवरुद्ध भएको छ। आन्तरिक उडानतर्फ काठमाडौँसहित कम्तीमा ६ वटा विमानस्थल बन्द हुँदा ती स्थानका लागि तोकिएका उडानहरू प्रभावित भएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका छन्। 

6 airports including Kathmandu closed due to bad weather
फाइल तस्बिर

(09:23 AM)

सिन्धुलीमा पनि सवारी सञ्चालनमा रोक

वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि बीपी राजमार्गको सिन्धुलो खण्डमा पनि यातायात संचालनमा रोक लगाइएको छ। स्थानीय प्रशासनले शनिबार बिहानदेखि सवारी सन्चालनमा रोक लगाएको हो।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बीपी राजमार्गको सिन्धुलीतर्फ नेपालथोक, रातमाटा, आँपघारी लगायतका स्थानमा लेदोसहितको पहिरो झर्न थालेको र काभ्रे खण्डमा पहिरो झर्न थालेकाले यातायात संचालनमा रोक लगाइएको बताए। 

Traffic stop in Sindhuli too

(09:19 AM)

बीपी राजमार्गमा रोकिएका गाडीलाई गन्तव्यतर्फ पठाइयो, १० बजेपछि गाडी चल्न नदिइने 

बीपी राजमार्गमा आज बिहान १० बजेपछि गाडी चल्न नदिइने भएको छ । अहिले राजमार्गमा रहेका गाडीलाई गन्तव्यमा पठाइसकेपछि थप गाडी नपठाइने सडक विभागले जनाएको छ । 

(09:16 AM)

काठमाडौँ उपत्यकासहित धेरै ठाउँमा वर्षा, राति कैलालीमा बढी वर्षा

आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँहरूमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि वर्षाको मात्रा बढेको छ। लगातार झरी परिरहेको हो ।

अहिले पछिल्लो एक घण्टामै काठमाडौँमा ६, ललितपुरमा ९.८ र भक्तपुरमा पाँच मिलिमिटर वर्षा भएको छ । अहिले उपत्यका आसपासका जिल्लासहित तराई केन्द्रित वर्षा भइरहेको जल तथा मौसम विज्ञन विभागले जानकारी दिएको छ । पछिल्लो एक घण्टामा पर्सामा १० र रौतहटमा १०.६ मिलिमिटर वर्षा भएको छ । महोत्तरी र धनुषासम्म वर्षा भइरहेको जनाइएको छ ।

पछिल्लो १२ घण्टामा भने सबैभन्दा बढी कैलालीको गर्भामा ८३.२ मिलिमिटर वर्षा भएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए। उनका अनुसार १२ घण्टामा पर्सामा ४० र बारामा २८ मिलिमिटर वर्षा भएको छ । 

(09:14 AM)

अवरुद्ध छैन बुटवल-नारायणगढ सडक

पूर्वी र पश्चिम नवलपरासीमा हिजो बेलुकादेखि वर्षा भइरहेको छ । यद्यपि यो समाचार तयार पार्दासम्म जिल्लामा डुबान र राजमार्ग अवरुद्ध भएका खबर प्राप्त भएका छैनन् । पूर्व पश्चिम राममार्गअन्तर्गत बुटवल-नारायणगढ सडक खण्ड सञ्चालनमा छ भने भित्री तथा सहायक मार्गमा पनि अवरोध नभएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय पूर्वी नवलपरासीले सतर्कता अपनाउन आग्रह गरेको छ । 

(09:05 AM)

अरनिको राजमार्गमा पहिरो खसेपछि एकतर्फी सवारी सञ्चालन

पहिरोका कारण अरनिको राजमार्गमा एकतर्फी सवारी सञ्चालन गरिएको छ।

  • जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार सुख्खा पहिरो झरिरहेका कारण उक्त सडकमा एकतर्फीमात्रै सवारी सञ्चालन गरिएको हो।
  • राजमार्गको धुलिखेल–खावा सडक खण्डअन्तर्गत तिरतिरे धारामा स–साना ढुंगा झरिरहेकाले राजमार्गमा अहिले एकतर्फीमात्रै सवारी चलाइएको प्रहरी निरीक्षक सुनिल धाँजुले जानकारी दिए। रातिदेखि परेको पानीले राजमार्गमा ढुंगासहित स–साना पहिरो झरिरहेको उनले बताए।

    त्यस्तै, वीपी राजमार्गअन्तर्गत मंगलटारमा लेदोसहितको स–सानो पहिरो झरिरहेको छ।

One-way operation on Araniko highway after landslides

(08:55 AM)

ट्राफिक प्रहरी भन्छ- राजधानी छिर्ने सबै राजमार्ग अवरुद्ध

अविरल वर्षासँग राजधानी काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै राजमार्ग र मुख्य सडकहरू अवरुद्ध भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पृथ्वी राजमार्गको जोहाङखोलामा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध बनेको छ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका-१० जोहाङखोला नजिक पहिरो खस्दा चितवन तथा पोखरा हुँदै धादिङ भएर काठमाडौँ आउने–जाने सवारी साधनको आवागमन पूर्णरुपमा रोकिएका हुन्। हेटौंडा हुँदै काठमाडौं आउने कान्तिलोकपथमा ठुला गाडीहरू संचालन भएका छैनन् । मकवानपुर हुँदै काठमाडौँ आउने फर्पिङको बाटो पनि पहिरोका कारण अहिले अवरुद्ध बनेको छ। वीपी राजमार्गमा भने भारी वर्षाका कारण सवारी सञ्चालनका लागि रोक लगाइएको छ। 

प्रहरी उपरीक्षक सुवेदीले अत्यावश्यक भए सडकको अवस्था बुझेरमात्रै यात्रामा निस्किन आग्रह गरे।

(08:42 AM)

कान्ति राजमार्गमा समस्या छैन

वर्षाका कारण अन्य राजमार्गहरू बन्द भइरहेका बेला कान्ति राजमार्गमा भने बिहान पौने ९ बजेसम्म कुनै समस्या छैन। सडक विभागले कान्ति राजमार्गमा अहिलेसम्म कुनै समस्या नरहेको जनाएको छ। यद्यपि यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ।

(08:41 AM)

मौवा खोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

पृथ्वी राजमार्गअन्तर्गत धादिङको मौवा खोलामा पहिरो खस्दा सवारी आउजाउ अवरुद्ध भएको छ । धादिङको बेनीघाट रोराङ-१० जवाङखोलामा गएराति पहिरो खसेको थियो । सो पहिरो पन्छाएको केही समयमा नै बिहान ६ बजेतिर पुनः पहिरो खसेपछि अहिले सो खण्ड दुईतर्फी नै बन्द भएको हो । अहिले काठमाडौंबाट मुग्लिङतर्फ जाने सवारीलाई धादिङको मलेखु खण्डमा नै रोकिएको छ । लगातार वर्षा भइरहेको भए पनि पहिरो पन्छाउने जारी रहेको धादिङ प्रहरीले जनाएको छ ।

Prithvi Highway blocked due to landslide in Mauwa river

(08:39 AM)

विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियताका साथ जुट्न निर्देशन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विपद् पूर्वतयारी र प्रतिकार्यमा उच्च सक्रियता देखाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन समिति, जिल्ला विपद्व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयले आज विज्ञप्ति जारी गर्दै विपद् पूर्वतयारी, प्रतिकार्य, खोज उद्धार, राहत तथा पुनस्थापनालाई प्रभावकारीरूपमा सम्पादन गरी विपद्‌बाट हुन सक्ने जोखिम न्यूनीकरणमा योगदान गर्न आग्रह गरेको हो ।

विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुहोस्।

(08:32 AM)

भारी वर्षाका कारण वीपी राजमार्गमा सवारी सञ्चालनमा रोक

वीपी राजमार्ग भएर हिड्ने सवारी साधनलाई काभ्रेको मंगलटारमा रोकिएको छ।

भकुन्डेबेँसी, धुलिखेल, बनेपातिर ठुलो पानी परिरहेकाले काठमाडौँबाट जानेलाई काभ्रेभन्ज्याङ्गमा र काठमाडौं आउने गाडीलाई मंगलटारमा रोकिएको सडक विभागका प्रवक्ता प्रभात कुमार झाले बताए ।

उनका अनुसार वर्षा कम नहुँदासम्म सवारी सन्चालन गर्न दिइने छैन । यो मार्ग भएर दसैँको बेला दैनिक करिब १० हजार सवारीसाधन ओहोर दोहोर गर्छन् ।

(08:31 AM)

आजको मौसम पूर्वानुमान : कहाँ-कहाँ छ भारी र अति भारी वर्षाको सम्भावना ?

आज कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

कान्तिपुर

Link copied successfully