गोसाइँकुण्ड घुम्न गएका भक्तपुरका ४ जना खोलाले बगाउँदा बेपत्ता

भक्तपुरबाट रसुवाको गोसाइँकुण्ड जाँदै गरेका १६ जनाको समूहमध्येका ४ जनालाई गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोलाले बागाएको हो ।

आश्विन १८, २०८२

पोषनाथ अधिकारी

4 people from Bhaktapur who went to visit Gosaikund went missing after being swept away by the river

धादिङ — रसुवाको गोसाइँकुण्ड घुम्न गएका ४ जनालाई खोलाले बगाएको छ । भक्तपुरबाट रसुवाको गोसाइँकुण्ड जाँदै गरेका १६ जनाको समूहमध्येका ४ जनालाई गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोलाले बागाएको हो ।

भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जना खोल्साले बगाएर बेपत्ता भएको रसुवाका डीएसपी हेम शाहीले जानकारी दिए ।   प्रहरीका अनुसार १६ मध्ये ८-८ जनाको समूहमा हिँडेको उनीहरूको एउटा समूहबाट ४ जनालाई एक्कासि आएको खोलाको बाढीले बगाएको हो । 

बाढीले बगाएर बेपत्ता हुनेहरूमा भक्तपुर ठिमी नगरपालिका बस्ने अन्दाजी २०-२५ वर्षकी संस्कृति श्रेष्ठ, भक्तपुर नगरपालिका १० का २८-३० वर्षका किशन श्रेष्ठ, संगीता श्रेष्ठ र रवि श्रेष्ठ  रहेका छन् । लगातार वर्षा भइरहेकोले उनीहरूको खोजीका लागि कठिनाइ भइरहेको डीएसपी शाहीले बताए ।

पोषनाथ

Link copied successfully