कोशी नदीमा बाढी बढ्न सक्ने भन्दै बिहारको सुपौलमा ‘ओरेन्ज अलर्ट’

शनिबार जिल्ला प्रशासन सुपौलले विज्ञप्ति गर्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

आश्विन १८, २०८२

विद्यानन्द राम

'Orange alert' in Bihar's Supaul as floods may increase in Koshi river

राजविराज — कोशी नदीमा बाढी बढ्नसक्ने भन्दै भारत बिहारको सुपौल जिल्लामा ‘ओरेन्ज अलर्ट’ जारी गरिएको छ । शनिबार जिल्ला प्रशासन सुपौलले विज्ञप्ति गर्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।

‘मंगलबारसम्म भारी वर्षा हुने, चट्याङ लाग्ने र ३० देखि ५० किलोमिटरको गतिले हावा चल्ने पूर्वानुमान गरिएकोले ओरेन्ज अलर्ट गरिएको छ ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस अवधिमा कोशी र सुरसरसहितका नदीमा जलस्तर वृद्धि भइ अचानक बाढी आउनसक्छ ।’

अनावश्यक घर बाहिर नजान, बालबालिकालाई पोखरी, नहर जस्ता जलाशयमा नुहाउनमा रोक लगाउन, कमजोर संरचनामुनि नबस्न विज्ञप्तिमा आग्रह गरिएको छ ।

जनधनको सुरक्षाका लागि नदी, खोला जस्ता जलाशयबाट टाढा बस्न, आफु र पशुचौपायालाई अग्लो सुरक्षित स्थानमा राख्न जिल्ला प्रशासनले आग्रह गरेको छ । 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully