कान्ति लोकपथ एकतर्फी सञ्चालनमा

दुईतर्फी सञ्चालनका लागि अहिले तीन वटा डोजर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आश्विन २०, २०८२

प्रताप विष्ट

Kanti Lokpath in one-way operation

हेटौंडा — तीन दिनदेखि पहिरोका कारण अवरुद्ध रहेको  कान्ति लोकपथ सोमबार साढे तीन बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ । कान्ति लोकपथअन्तर्गत पर्ने बकैया गाउँपालिका—११ घट्टेपाखाको पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएको हो  ।

दुईतर्फी सञ्चालनका लागि  अहिले तीन वटा डोजर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो पहिरो पन्छाएपछि कान्ति लोकपथ पूर्ण रूपमा  सञ्चालनमा आउने छ । कान्ति लोकपथअन्तर्गत पर्ने ठिंगनदेखि वगुवासम्मको सडकमा खसेको  तीन वटा ठूलो पहिरो पन्छाउने काम भइसकेको छ ।

कान्ति लोकपथ सञ्चालनमा आएपछि हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने चार  वटै सडक मार्ग सञ्चालन आउने छन् । यसअघि तीन वटा सडक मार्ग सञ्चालनमा आइसकेका छन् । कान्ति लोकपथ शनिबार बिहानदेखि बन्द भएको थियो । 

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully