उक्त घटनाको छानबिन गर्न गठित समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले कारागारको आन्तरिक प्रशासनमा मतभेद सिर्जना भई घटना भएको देखिएको बताए।
उक्त घटनाको छानबिन गर्न गठित समितिका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले कारागारको आन्तरिक प्रशासनमा मतभेद सिर्जना भई घटना भएको देखिएको बताए।
कारागारमा गत शुक्रबार भएको घटनामा ४८ कैदीबन्दी घाइते भएका थिए । गम्भीर घाइते तीन जनालाई काठमाडौं रेफर गरिएको थियो भने अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार गराइएको थियो ।
हातखुट्टा भाँचिएका, हाडजोर्नी तथा टाउकोमा चोट लागेका बिरामीको सेती प्रादेशिक अस्पताल धनगढीमा शल्यक्रिया गरिएको हो ।
कैदीबन्दीबीच कुटपिट हुँदा मृत्यु भएका धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको शव उठाउन परिवार चौथो दिन सोमबार तयार भएका छन् ।
कारगारभित्र हैकम चलाउन दुई पक्षबीच झडप भइरहेको कैलाली कारगारभित्र कैदीबन्दीहरुबीच कुटपिट हुँदा एक जनाको मृत्यु नै भयो । घटनाको चार दिनसम्म भइसक्दा पनि धनगढी उपमहानगरपालिका-४ का ३६ वर्षीय भरत चौधरीको शव उठ्न सकेको छैन । यो घटनापछि कैलाली कारागार अशान्त छ । कारगारभित्रको पछिल्लो झडप कसरी सुरु भयो र यो घटनाबारे बुझ्नैपर्ने पाँच तथ्यहरु के हुन् ?
कारागारभित्र हुने ‘ग्याङ वार’ र ‘दादागिरी’लाई निस्तेज पार्न विशेष सुरक्षा उपाय अपनाइनुपर्छ ।
कारागारभित्र र बाहिरसमेत ‘शासन’ चलाउन आपराधिक पृष्ठभूमिका कैदीबन्दीबीच सधैं शक्तिसंघर्ष, कैलालीमा मात्र होइन, झापा, मोरङ, सुनसरी, सिरहा, संखुवासभा, खोटाङ, मकवानपुर, चितवन, काठमाडौं, कास्की, बर्दियामा समेत यसअघि नै हिंस्रक झडप भइसकेका छन्
सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिमको टोली आइतबार साँझ बन्दी गृहभित्र प्रवेश गरेर बन्दीगृहका कैदीको अवस्था बुझेको छ ।
७ सय कैदीबन्दी रहेको कैलाली कारागारमा शुक्रबार राति एउटा समूहले अर्को समूहलाई सांघातिक आक्रमण गर्दा धनगढी उपमहानगरपालिका-४ का ३६ वर्षीय भरत चौधरीको मृत्यु भएको थियो । झडपमा ४८ जना घाइते भएका थिए ।
क्षमताभन्दा बढी कैदी र कमजोर सुरक्षा व्यवस्थाले रुपन्देही कारागारमा स्थिति जटिल बनेको छ भने कैदीबन्दी भाग्न सक्ने जोखिम बढेको छ ।
जलेश्वर कारगारको क्षमता २ सय जना अट्ने हो तर यहाँ ५ सय ५९ कैदीबन्दी कोचाकोच गरेर राखिएको छ । तर जेल प्रशासनका कर्मचारी भन्छन्, 'सबै मिलेर बसेका छन् ।'
वर्षौं पुरानो जीर्ण कारागारमा महिला कैदी राख्ने छुट्टै कोठाको व्यवस्था नभएपछि डडेल्धुरा कारागार पठाउने गरिएको छ ।
यस कारागारमा पाँच गुणासम्म मूल्यमा लागूऔषधसहित बाहिर पाइने सबै कुरा उपलब्ध हुने गरेको तथ्य पनि खुलेको थियो ।
१५० जना क्षमताको कैलाली कारागारमा हाल ६९५ कैदीबन्दी छन्, भित्र हैकम चलाउन दुई पक्षबीच झडप भइरहेका बेला कारागार प्रमुख वसन्त खत्री बिरामी बिदामा बसेपछि नायब सुब्बा ज्ञानेन्द्र ओझालाई निमित्तको जिम्मेवारी दिइएको थियो, उनी पनि बिदा बसेपछि खरिदार रामकुमार चौधरीले जेल चलाउँदै आएका थिए
सेती प्रादेशिक अस्पतालमा उपचार गरिरहेका एक जना गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको हो ।
कैदीबन्दीबीच गएराति एकआपसमा झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन् ।
जिल्ला सुरक्षा समितिले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १० दिनभित्र प्रतिवेदन पेस गर्न छानबिन समिति गठन गरेको छ।
प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखहरु कारागारभित्र प्रवेश गर्न सकेको छैनन् ।
कुटपिटबाट गम्भीर घाइते चौधरीको उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। अन्य ४० जनाभन्दा बढी कैदीबन्दी घाइते भएका छन् ।