७ सय कैदीबन्दी रहेको कैलाली कारागारमा शुक्रबार राति एउटा समूहले अर्को समूहलाई सांघातिक आक्रमण गर्दा धनगढी उपमहानगरपालिका-४ का ३६ वर्षीय भरत चौधरीको मृत्यु भएको थियो । झडपमा ४८ जना घाइते भएका थिए ।
धनगढी — कैलाली जिल्ला कारागारमा आइतबारदेखि कैदीबन्दीको गणना सुरु भएको छ । गत शुक्रबार राति कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएपछि गणना हुन सकेको थिएन ।
आइतबारको गणनामा कैदीबन्दीको संख्या ६ सय ९९ जना पाइएको जेलर जालन्धर भुसालले जानकारी दिए । ७ सय कैदीबन्दी रहेको कैलाली कारागारमा शुक्रबार राति एउटा समूहले अर्को समूहलाई सांघातिक आक्रमण गर्दा धनगढी उपमहानगरपालिका-४ का ३६ वर्षीय भरत चौधरीको मृत्यु भएको थियो । झडपमा ४८ जना घाइते भएका थिए । उनीहरुको उपचार भइरहेको छ ।
कारागारमा हरेक दिन कैदीबन्दी गणना हुनुपर्छ । तर शुक्रबार भएको घटनादेखि गणना भएको थिएन ।
