जेन-जी आन्दोलनको बलमा भएको निर्वाचनपछि बनेको मन्त्रिमण्डलमा अधिकांश नयाँ अनुहारहरू छन्। प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वको १५ सदस्यीय मन्त्रिमण्डलमा १२ जना त पहिलोपटक मन्त्रालयको जिम्मेवारी सम्हाल्दैछन्, जसमा ४० वर्षमुनिका मात्रै १० जना छन्। शिशिर खनाल र विराजभक्त श्रेष्ठ मात्रै यो मन्त्रिमण्डलका पुराना अनुहार हुन्। नयाँ मन्त्रिमण्डल यस्तो समयमा बनेको छ, जतिबेला आम नागरिक तहमा आशा र अपेक्षाको मात्रै होइन, परिणामको हतारो र व्यग्रता पनि उत्तिकै छ। जकडिएको कर्मचारी संयन्त्र, सीमित स्रोतसाधन अनि कार्यान्वयनका विद्यमान जटिलतामाझ नयाँ मन्त्रिमण्डलले कस्तो नतिजा देला ?
हामीले प्रधानमन्त्रीसहित १५ मन्त्रालयका चुनौतीहरू के हुन् र नयाँ मन्त्रीहरूको पृष्ठभूमि के हो भनेर केलाउने प्रयास गरेका छौं।
उथलपुथलपछि बनेको सरकारले कसरी देला नागरिकलाई नतिजा ?
हामीले प्रधानमन्त्रीसहित १५ मन्त्रालयका चुनौतीहरू के हुन् र नयाँ मन्त्रीहरूको पृष्ठभूमि के हो भनेर केलाउने प्रयास गरेका छौं।














