‘कोसेली’ को यस अंकमा हामीले पूर्वदेखि पश्चिमसम्मका १२ गन्तव्यका जीवन, प्रकृति र संस्कृतिसँग जोडिएका कथा सुनाउने प्रयत्न गरेका छौं ।
‘कोसेली’ को यस अंकमा हामीले पूर्वदेखि पश्चिमसम्मका १२ गन्तव्यका जीवन, प्रकृति र संस्कृतिसँग जोडिएका कथा सुनाउने प्रयत्न गरेका छौं ।
शे–फोक्सुन्डोलाई आत्मसात् गर्ने दृढ सपना बोकेर यात्रामा निस्कनेहरूले प्रकृतिको अपूर्व आनन्दपान गर्ने सौभाग्य प्राप्त गर्छन् ।
चारैतिर हिउँले ढाकिएका हिमालको विशालता, बीचमा सानो खुला मैदान र हिउँसँग पौठेजोरी खेलिरहेको देखिने सूर्यका किरणहरू– यी दृश्यले मनमा अनौठो शान्ति भरिदिन्छ ।
असार–साउनमा भुइँफूलको रंगीचंगीले यहााका मैदानहरू बुट्टेदार तन्ना ओछ्याएजस्ता हुन्छन् । जाडोयाममा हिउाको सेतो बर्को ओढेको खप्तडको स्वरूप स्वप्निल लाग्छ ।
खोलाको कलकल, चराको चिरबिर । सल्ली कुसुममा ठोक्किएको हावाको सुस्साहटसँगै मान्छेको कल्याङमल्याङ ।यहाँ जे सुनिन्छ त्यो संगीत जस्तै, यहाँ जे देखिन्छ त्यो चित्रकारको क्यानभास जस्तै ।
दुवैतिर अग्ला डाँडा र हिमालले छेकेको, अलिकति दक्षिण छड्के परेर पूर्वपश्चिम फैलिएको यस उपत्यकाले आँखालाई मात्र होइन, मनलाई पनि शान्ति दिन्छ ।
वार्षिक ३० हजारदेखि ५५ हजार स्वदेशी–विदेशी पर्यटक पुग्छन्— खुम्बुमा । पर्यटकका लागि साहस, संस्कृति, प्रकृति र सपनाको संगम हो– खुम्बु ।
हजारौं वर्ष पहिलेको मान्छेको इतिहास कहीं देख्न सकिन्छ भने त्यो माथिल्लो मुस्ताङमै हो । भीर–पाखामा आदिमानव बसोबास गर्ने गुफाका दृश्य मुस्ताङमा नौला होइनन् ।
बाटाबाटामा उठाइएका माने, लुंदर अनि फैलिएको उपत्यका र त्यसको पृष्ठभूमिमा सुन्दर सेता हिमाल ! पूर्व र दक्षिण भेगमा दोर्जे लाक्मा र याला पिक थिए, उत्तरतिर लाङटाङ लिरुङ र गङचम्पो !
पर्यटकले पाँच दिनको पद यात्रामा रोल्वालिङ उपत्यकामा पर्ने हिमताल च्छो–रोल्पाको सौन्दर्यपान त गर्न पाउँछन् नै, पदमार्गमा पर्ने आरोहीहरूको गाउँ भनेर चिनिने बेदिङ र ना गाउँ तथा शेर्पा समुदायको जनजीवन पनि महसुस गर्न पाइन्छ
रारा ताल साँच्चिकै लोभलाग्दो छ । त्यसमा कुनै बहस, तर्क वा फूलबुट्टा चाहिँदैन । तर, रारा यात्रामा सिञ्जा छुटाउँदा धेरै विषय छुट्छ । प्रकृति, त्यससँगको संघर्ष र मिलापको उत्कर्ष सिञ्जा उपत्यकामा देखिन्छ ।
कञ्चनजंघा आधारशिविर जाने पर्यटकको संख्या बर्सेनि बढिरहेको छ । पूर्वाधार बन्दै छन्, पुराना गोठ होटलमा रूपान्तरण हुँदै छन्, अरू होटल पनि थपिँदै छन्, तर परम्परागत गाउँले जनजीवन बिथोलिएको छैन ।
मर्स्याङ्दी वारिपारि सल्ला, धुपी, काँडेजुही, भोजपत्रका बाक्ला रूखहरूको रजगज छ । त्योभन्दा मास्तिरको अन्नपूर्ण, गंगापूर्ण हुँदै नीलगिरिसम्मका लस्करे सेताम्य हिमालहरूले यात्रीहरूलाई आँखा झिमिक्क पार्नसमेत दिँदैन ।