नेपाल : घुम्नैपर्ने भव्य संसार

‘कोसेली’ को यस अंकमा हामीले पूर्वदेखि पश्चिमसम्मका १२ गन्तव्यका जीवन, प्रकृति र संस्कृतिसँग जोडिएका कथा सुनाउने प्रयत्न गरेका छौं ।

कार्तिक १५, २०८२

कान्तिपुर संवाददाता

Nepal: A magnificent world to explore

काठमाडौँ — महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेको बहुचर्चित निबन्ध ‘के नेपाल सानो छ ?’ मा एउटा असरदार लाइन छ– ‘सानो छ तर स्वर्ग छ, अल्प छ तर आाखो छ, खुट्टा छ तर आफैं विश्व छ ! दूर छ तर दूरताको दिव्य जादु !’

‘नेपाल किन घुम्ने ?’ देवकोटाले भनेझैं ‘दूरताको दिव्य जादु’ र ‘सानो तर स्वर्ग’ हेर्न, अनुभूत गर्न घुम्ने ! ‘स्वर्ग’ को कल्पनामा यसो पनि भनिन्छ– ‘हेभन इज मिथ, नेपाल इज रियल’ अर्थात् ‘स्वर्ग मिथक हो, नेपाल यथार्थ’ ।

हिमालदेखि तराईसम्मै नेपालको सम्पूर्ण भूगोलमा छ– प्राकृतिक, सांस्कृतिक, भौगोलिक, जैविक विविधताको एक भव्य संसार । सबैतिर छन्– बााचिरहेका फरक–फरक संसारहरू, प्रत्येक साना सहर वा गाउा फरक जीवन, प्रत्येक नदी एक साधना र प्रत्येक हिमाल पुराना स्मृति । त्यसैले पर्यटक सूचीमा नेपालका अनेक ‘लोकेसन’ छन् ।

बाहिरी संसारले नेपाललाई सगरमाथा वा बुद्धको जन्मस्थल लुम्बिनीका लागि सम्झना गर्छ । तर नेपाल त एक जीवित संग्रहालय हो, जसको खट्प्वालबाट चियाउन सकिन्छ– विविध र अलग बान्कीको जीवन, संस्कृति, प्रकृतिसागको सम्बन्ध, खानपान, वेशभूषा, भाषा, भाका... ।

भौगोलिक कठिनाइले हाम्रा गन्तव्य दूर अवश्य छन्, तिनले पर्यटकलाई सानदार आराम वा सुविधा दिन नसक्लान् तर सिंगो नेपाली भूगोल नै यस्तो विश्वविद्यालय हो, जहाा जीवन पढ्न, अलग शैलीले बााचिरहेका मान्छेसाग संगत गर्न, देश अनि जीवनको विविधता नियाल्न पाइन्छ । घुम्नु केवल गन्तव्य पुग्नु होइन, गन्तव्य पुग्दाका अनेक अनुभवसाग साक्षात्कार हुनु पनि हो ।

असीम दुःखहरूका बीच पनि मानिसको खुसी हेर्न हिमाल, पहाड र तराईका स–साना गाउाहरू पुग्नुपर्छ । मान्छेका जीवन, संस्कृति, सुख–दुःख बुझ्न त्यहीं पुग्नुपर्छ । त्यसैले घुम्नु आफैंलाई बुझ्ने, अन्तरआत्मा चिन्ने यात्रा पनि हो ।

‘कोसेली’ को यस अंकमा हामीले पूर्वदेखि पश्चिमसम्मका १२ गन्तव्यका जीवन, प्रकृति र संस्कृतिसँग जोडिएका कथा सुनाउने प्रयत्न गरेका छौं । ‘यी मात्रै घुम्ने स्थान हुन्’ भन्न खोजिएको होइन, तर यी प्रतिनिधि गन्तव्य–कथाले हामीलाई अन्यत्र पनि घुम्न प्रेरित गरून् । 

गन्तव्यहरूमाथिको स्टोरी पढ्न यहाँ क्लिक गर्नुहोस् ।

कान्तिपुर

Link copied successfully