ला लिगा स्थगित

फाल्गुन २९, २०७६

एजेन्सी

मड्रिड — स्पेनमा कोरोना फैलने क्रम बढेपछि सन् २०१९–२० को ला लिगा सिजन कम्तिमा पनि आगामी २ हप्ताका लागि स्थगित गरिएको छ । युरोपियन फुटबल एसोसिएसनसँगको वार्ता पनि ला लिगाले गरेको यो निर्णय कोरोनाको प्रकोपको अवस्था हेरेर स्थगन अवधि अझै घटबढ हुन सक्ने पनि बताइएको छ ।

युइएफएले आगामी हप्ताको च्याम्पियन्स लिगका खेलबारे केही घोषणा भने गरेको छैन । आगामी हप्ता च्याम्पियन्स लिगको खेल अन्तर्गत रियल मड्रिड र म्यानचेस्टर सिटी १६ औं चरणको खेल हुने थियो । बिहीबार मात्रै रियल मड्रिडका सबै खेलाडीलाई क्वारेन्टाइनमा राखिएको छ ।

यी पनि पढ्नुहाेस्ः

कोरोना भाइरस

एजेन्सी

Link copied successfully