१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

रोनाल्डो क्‍वारेन्टाइनमा

कान्तिपुर संवाददाता

काठमाडौँ — युभेन्टसका खेलाडी डानिएले रुगानीलाई कोरोना भाइरस(कोभिड–१९) को पुष्टि भएसँगै
क्रिस्टियानो रोनाल्डो र आरोन राम्सेलाई पनि क्वारेन्टाइनमा राखिएको छ । रुगानीसँगको सम्पर्कमा रहेको भन्दै रोनाल्डो र राम्सेलाई आइसोलेसनमा राखिएको हो ।

रोनाल्डो क्‍वारेन्टाइनमा

कोभिड–१९ को पुष्टि भएसँगै रुगानीले भनेका छन्, ‘समाचार पढेर मेरो बारेमा चिन्ता लिनेहरुलाई म ठिक भएको विश्वस्त तुल्याउन चाहन्छु । सबैले नियम मानिदिनुहुन म आग्रह गर्दछु । यो भाइरसले कुनै भेदभाव गर्दैन ।’

कोभिड–१९ को संक्रमण फैलिँदै गएपछि युरोपका ठूला खेल स्थगित गरिनुका साथै केही खेल दर्शकबिना नै खेलाइएको छ । पछिल्लो समय इंग्लिस क्लब आर्सनलका सबै खेलाडीलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

चीनपछि इटालीमा कोभिड–१९ को असर बढी देखिएको छ । बिहीबार दिउँसोसम्म इटालीमा कोभिड–१९ को संक्रमणबाट ८ सय २७ जनाको मृत्यु भएको छ भने १२ हजार ४ सय ६१ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित : फाल्गुन २९, २०७६ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?