कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

आर्सनलका खेलाडी क्‍वारेन्टाइनमा

एजेन्सी

लन्डन — म्यानचेस्टर सिटीले बुधबार राति आर्सनललाई आतिथ्यता गर्ने खेल रद्द गरिएको छ । आर्सनलका खेलाडीलाई क्वारेन्टाइनमा राखिएको छ । इंग्लिस प्रिमियर लिगमा कोरोना भाइरसका कारण रद्द भएको यो पहिलो खेल हो । 

आर्सनलका खेलाडी क्‍वारेन्टाइनमा

आर्सनलका खेलाडी र चार कर्मचारीलाई उनीहरूको घरबाट पृथक राखिएको छ । उनीहरू सबै ग्रिक क्लब ओलम्पियाकोजका अध्यक्षको सम्पर्कमा आएका थिए । ती अध्यक्ष कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित पाइएको छ ।


आर्सनलले भनेको छ, ‘सरकारले तय गरेको आचारसंहितालाई हामी कडाइसँग लागू गरिरहेका छौं । कोरोना भाइरस भएको व्यक्तिसँग सम्पर्कमा रहेका कसैलाई पनि १४ दिन आफ्नो घरबाट टाढा अलगै राख्नुपर्ने नियमअनुसार हामीले त्यही काम गरेका छौं । बुधबार राति म्यानचेस्टर सिटीविरुद्ध हुने खेलका लागि ती कोही पनि खेलाडी उपलब्ध हुन सक्दैनन् । त्यसैले प्रिमियर लिगले यो खेल रद्द गर्ने निर्णय गरेको हो ।’


प्रिमियर लिगका पूरा विश्वकपमा करोडौं प्रशंसक रहेका छन् । यति ठूलो खेल रद्द हुनुलाई कोरोना भाइरसले प्रभावित गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो अवस्था मानिएको छ । फेब्रुअरीको अन्त्यतिर युरोपा लिगको खेलमा आर्सनलको चुनौती ओलम्पियाकोजले समाप्त पारेको थियो । त्यस ग्रिक क्लबसँगै इंग्ल्यान्डको नटिङ्घम फरेस्टका मालिक भेनगेलिस मारिनकिसले आफू कोराना भाइरसबाट संक्रमित भएको बताएका थिए । आर्सनलका खेलाडी र कर्मचारीले इमिरेट्स स्टेडियममा भएको खेलपछि भेटेका थिए ।


उनीहरू शुक्रबार ब्राइटनको खेलअगाडि भने उपलब्ध हुन सक्नेछन् । क्लबले भनेको छ, ‘हाम्रो चिकित्सकीय टोली उनीहरू कोरोना भाइरसबाट संक्रमित हुने सम्भावना निकै कम रहेको पनि बताएका छन् ।’ प्रिमियर लिगले अन्य खेल सार्ने कुनै योजना भने नभएको बताएको छ । इटालीको सिरी ‘ए’ र अन्य प्रमुख खेल सबै रोकिएका छन् भने स्पेन र फ्रान्समा कम्तीमा दुई साताका खेलहरू दर्शकविहीन बन्द रंगशालामा हुनेछन् ।

प्रकाशित : फाल्गुन २९, २०७६ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?