शिलान्यासको एक वर्षपछि सरुवा रोग अस्पताल निर्माणको अनुमति

वैशाख १५, २०८१ १८:५३

शिलान्यास भएको एक वर्षपछि प्रदेश सरुवा रोग अस्पताल निर्माणका लागि बल्ल वन क्षेत्र प्रवेशको अनुमति मिलेको छ । पूर्वपश्चिम राजमार्गस्थित शिवराज नगरपालिका–५ चन्द्रौटामा वनको जग्गा सट्टा भर्ना वापत मूल्यांकन भई तिर्नुपर्ने रकम दुई करोड ९२ लाख ७७ हजार रुपैयाँ जोहो गर्न नसक्दा सरुवा रोग अस्पताल निर्माण योजना अलपत्र परेको थियो ।

तारकेश्वरमा आँखा शिविर : ३१ जनाको  मोतियाविन्दु पहिचान

वैशाख १५, २०८१ १८:४९

तारकेश्वरमा शनिवार निःशुल्क आँखा शिविर भएको छ । परिवर्तन अभियान नेपालले गरेको शिविरमा स्थानीय ६१० जनाको निःशुल्क आँखाको परीक्षण परिएको अध्यक्ष सुशील भट्टले जानकारी दिए ।

पालिकैपिच्छे सुविधासम्पन्न खेलमैदान हुनु आवश्यक : सभापति देउवा

वैशाख १५, २०८१ १८:४३

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खेल क्षेत्रको विकासका लागि स्थानीय पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुन आवश्यक रहेको बताएका छन् । शनिवार ललितपुरको गोदावरी नगरपालिकाको ८ औं स्थापना दिवसको अवसरमा आयोजित गोदावरी मेयर कपको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताए । 

राष्ट्रिय महिला भलिबलमा एपिएफ च्याम्पियन

वैशाख १५, २०८१ १८:४०

सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।

जबरजस्ती करणी मुद्दाका आरोपित मुख्यमन्त्री कार्यालयका उपसचिव साह फरार

वैशाख १५, २०८१ १८:३१

मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साह जबरजस्ती करणी मुद्दामा फरार भएका छन् ।जनकपुर–९ स्थित सरकारी निवासमा मुख्यमन्त्री कार्यालयमै कार्यरत एक कर्मचारीको श्रीमतीलाई रातको समयमा नशालु पदार्थ खुवाएर जर्बजस्ती करणी गरेको भन्दै उपसचिव साहबिरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

ढकाल वंशावली पुस्तक विमोचन

वैशाख १५, २०८१ १८:३१

जिल्लाका बाह्रबिसे नगरपालिकाका ९ राम्चेका ढकाल समुदायले आफ्नो जाति र इतिहासको अध्ययनसम्बन्धी 'ढकाल वंशावली' पुस्तक बजारमा ल्याएका छन् । 

'रैथाने खाद्यान्नको संरक्षण आवश्यक'

वैशाख १५, २०८१ १८:२२

खाद्य तथा पोषणको अधिकार सुनिश्चित गर्न सरोकारवाला सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।  

सरकारले लगानी सम्मेलनमार्फत् राष्ट्रिय पुँजीलाई उत्पादनमा जोड्न चाहेको छ : मन्त्री भण्डारी

वैशाख १५, २०८१ १८:२२

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले लगानी सम्मेलनमार्फत राष्ट्रिय पुँजीलाई उत्पादनसँग जोड्न चाहेको बताएका छन् । लगानी सम्मेलनको सम्मुखमा उनले राष्ट्रिय पुँजीलाई उत्पादन र उद्यमशीलतामा जोड्ने गरी अघि बढाउन सरकार क्रियाशील रहेको बताए ।

बेनी-गलेश्वर सडकमा ‘बिटुमिन ब्लिडिङ’ले यात्रा असहज

वैशाख १५, २०८१ १८:११

कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरोला सडक आयोजना अर्न्तगतको बेनी–गलश्वेर ३ किलोमिटर खण्डमा गरिएको कालोपत्रे सडकमा ‘विटुमिन ब्लिडिङ’ हुँदा दुर्घटनाको जोखिम बढेको छ । गत मंसिरको चिसो मौषममा सडक कालोपत्रे गर्दा विटुमिन (अलकत्रा)को मात्रा बढी बिच्छाएकोले अहिले तापक्रम बढेसँगै विटुमिन उम्लेने (रोड ब्लिडिङ)समस्या हुने समस्या आएको हो ।

शिक्षकलाई पदस्थापनमा रोक

वैशाख १५, २०८१ १८:०७

स्थानीय तहमा जनप्रतिनिधिले कर्मचारी हाजिर हुन नदिएर फिर्ता पठाउने गरेको घटना बेलाबेला सुनिन्छन् । कर्मचारी मात्रै होइन, अब शिक्षक पनि हाजिर हुनबाट रोकिएका छन् । यहाँको बेलडाँडी गाउँपालिकाले हालै नियुक्ति लिएका शिक्षकलाई हाजिर हुन नदिएको हो ।

बझाङमा ५० प्रतिशत हाराहारीमा मत खस्यो 

वैशाख १५, २०८१ १७:५४

बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नं – १ मा भएको उपनिर्वाचनमा मतदान सकिएको छ । २९ हजार ७३८ मत खसेको  प्रारम्भिक जानकारी प्राप्त भैसकेको र अझै केही मतदान केन्द्रको विवरण आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

दुई पत्रकार पुरस्कृत

वैशाख १५, २०८१ १७:४१

नेपाल पत्रकार महासंघ खोटाङ शाखाको सातौं जिल्ला अधिवेशन तथा ११ औं साधारणसभाको अवसरमा जिल्लाका दुई पत्रकार पुरस्कृत भएका छन् ।

उपनिर्वाचन : मतदानको अवधि सकियो, इलाम-२ मा करिब ५७ प्रतिशत मत खस्यो

वैशाख १५, २०८१ १७:२१

इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि शनिबार भएको मतदानमा करिब ५७ प्रतिशत मत खसेको छ ।

आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता

वैशाख १५, २०८१ १७:१२

आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच पार्टी एकता भएको छ । आम जनता पार्टीका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठबीच शनिबार यहाँ आयोजित कार्यक्रममा पाँच बुँदे पार्टी एकतापत्रमा हस्ताक्षर भएको छ ।

‘फेक न्युज’ उत्पादन गरेर मिडिया र न्यायाधीशबारे भ्रम फैलाउने कुचेष्टा’ : मिडिया सोसाइटी

वैशाख १५, २०८१ १६:४१

नेपाल मिडिया सोसाइटीले नेपालका स्थापित मिडिया हाउस र तिनका सञ्चालक तथा बहालवाला एक न्यायाधीशलाई समेत बद्नाम गर्ने कुत्सित उद्देश्यका साथ कलाविहीन ‘फेक न्युज’ उत्पादन गरेर भ्रम फैलाउने कुचेष्टा गरेको भन्दै त्यस्तो कार्यमा संलग्नलाई कारबाही गर्न माग गरेको छ । सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले शनिबार विज्ञप्ति जारी गर्दै जिम्मेवार मिडिया संस्थाका बारेमा भ्रम फैलाउने त्यस्तो कुचेष्टाले आफूहरुलाई गम्भीर बनाएको बताएका छन् ।

तस्बिरमा नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको खेल

कप्तान रोहित पौडेलले शतक बनाएपछि नेपालले पहिलो ट्वान्टी २० क्रिकेटमा वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ । रोहितले १ सय १२ रन बनाएपछि नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २ सय ५ रनको लक्ष्य २ बल अगाडि नै २ सय ६ रन बनायो ।

रोहितको शतकमा वेस्ट इन्डिज ‘ए’ माथि नेपालको सानदार जित

वैशाख १५, २०८१ १६:०५

कप्तान रोहित पौडेलले शतक बनाएपछि नेपालले पहिलो ट्वान्टी २० क्रिकेटमा वेस्ट इन्डिज ‘ए’ लाई ४ विकेटले पराजित गरेको छ । रोहितले १ सय १२ रन बनाएपछि नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २ सय ५ रनको लक्ष्य २ बल अगाडि नै २ सय ६ रन बनायो ।

भ्रामक अडियो सार्वजनिक गर्नेलाई कारबाही गर्न अधिवक्ताद्वयको माग

वैशाख १५, २०८१ १६:०३

वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती र अधिवक्ता किशोरकुमार बिस्टले भ्रामक अडियो सार्वजनिक गर्नेलाई कारबाही गर्ने माग गरेका छन् ।

लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन आवश्यक पर्छ : पूर्वमन्त्री खतिवडा

वैशाख १५, २०८१ १५:५६

पूर्वअर्थमन्त्री युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन संशोधन र नयाँ कानुन आवश्यक रहेको बताएका छन् ।  आइतबारदेखि यहाँ सुरु हुन लागेको दुईदिने लगानी सम्मेलनको पूर्वसन्ध्यामा खतिवडाले भने, 'सबै कानुन बनाउन सकिएको छैन, आवश्यक बाँकी कानुन बनाउनुपर्छ । ठूला आयोजना सञ्चालनमा लागि लगानी बोर्डको क्षमता बढाउनुपर्ने छ । एकद्वार प्रणालीलाई साँच्चै व्यवहारमा लागू गर्नुपर्छ ।'

आगलागी पीडितलाई ५० थरि सामग्री राहत

वैशाख १५, २०८१ १५:४९

महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवा गाछीमा बुधबार भएको भीषण आगलागीमा घरबारविहीन भएका परिवारलाई आवश्यक ५० किसिमका सामग्री राहतमा उपलब्ध गराइएको छ । 

रामनगरमा सहिद लखन थापाको सालिक निर्माण

वैशाख १५, २०८१ १५:४५

भरतपुर महानगरपालिका–१ रामनगरमा नेपालका पहिलो सहिद लखन थापाको शालिक निर्माण गरिएको छ । शनिबार आयोजित कार्यक्रममा भरतपुरकी मेयर रेनु दाहालले शालिक अनावरण गरेकी छन् । लखन पार्क व्यवस्थापन समितिका सक्रियतामा शालिक निर्माण भएको हो ।

सहकारीपीडितको प्रश्न- ऋण लिने कम्पनी र सञ्चालकलाई कारबाही खोइ ? 

वैशाख १५, २०८१ १५:४०

पोखराको सूर्यदर्शन, चितवनको सहारा र बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीका पीडितले संयुक्त विज्ञप्ति जारी गर्दै सहकारीबाट गैरकानुनी रुपमा ऋण लिएका कम्पनी र ती कम्पनीका सञ्चालकलाई कारवाहीको दायरामा ल्याउन माग गरेका छन् । 

धमाधम विद्यालय समायोजन गर्दै स्थानीय तह

वैशाख १५, २०८१ १५:३८

शुक्लाफाँटा नगरपालिका–७ शान्तीपुर आधारभूत विद्यालयमा तीन जना शिक्षक र १५/२० जना विद्यार्थी हुन्थे । गत शैक्षिक सत्रमा पनि बालविकास कक्षाका समेत लगाएर २० विद्यार्थी मात्रै थिए । लामो समयदेखि विद्यार्थी संख्या घट्दै गएपछि उक्त विद्यालयलाई नजिकैको धर्म जनता माध्यमिक विद्यालय स्टेशनपुरमा समायोजन गरिएको छ ।

नेता जोगाउन हैन, सहकारीका बचतकर्ताको रकम फिर्ता गराउन अध्यादेश : मन्त्री गिरी

वैशाख १५, २०८१ १५:०६

सहकारीका बचतकर्ताको रकम फिर्ता गराउनका लागि कानुनी व्यवस्था गर्न लागिएको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिएका छन् । उनले मन्त्रिपरिषद्को बैठकमा सहकारी पीडितलाई बचत फिर्ता गराउनका लागि संचालकहरूको सम्पत्ति बिक्री गर्ने लगायतको कानुनी अभाव रहेकाले त्यसको पुर्तिका लागि कानुनी व्यवस्था गर्न लागिएको बताए ।

सारंगी संरक्षण गर्न नयाँ पुस्ताका गन्धर्वलाई तालिम

वैशाख १५, २०८१ १५:००

गन्धर्व जातिको पुख्यौली सारंगी बजाउने पेशालाई आधुनिकीरण र व्यवसायीकरण गर्न क्षमता विकास तालिम दिइएको छ । पर्यटन डिभिजन कार्यालय रुपन्देहीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ अर्घाका २५ जना गन्धर्वलाई १० दिने सारंगी बजाउने प्रशक्षिण दिएको हो । 

सात बुँदे ‘पाल्पा घोषणापत्र’ जारी गर्दै सकियो अन्तर व्यवस्थापिका भेला 

वैशाख १५, २०८१ १४:४६

लुम्बिनी प्रदेशसभा सचिवालयले पाल्पाको तानसेनमा राखेको तीन दिने अन्तर व्यवस्थापिका भेला सात बुँदै ‘पाल्पा घोषणापत्र’ जारी गर्दै शनिबार सकिएको छ । 

२८ हजार मेगावाट बिजुली उत्पादन गर्न १२ वर्षमा ६१ खर्ब लगानी आवश्यक

वैशाख १५, २०८१ १४:४०

‘ग्रीन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे टु प्रोस्पेरिटी’ विषयक प्राविधिक सत्रका वक्ताहरुले सरकारले राखेको विद्युत उत्पादनको लक्ष्य भेटाउन १२ वर्षमा ६१ खर्ब रुपैयाँ लगानीको आवश्यक्ता रहेको बताएका छन् ।हिमालयन हाइड्रो एक्स्पो २०२४ को अन्तिम प्राविधिक सत्रमा सरकारको विद्युत उत्पादनको लक्ष्य र लगानीको उपलब्धताबारे गरिएकाे छलफल वक्ताहरुले यस्ताे बताएका हुन् ।

लगानी सम्मेलन र सहकारी सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णयप्रति कांग्रेसको आपत्ति

वैशाख १५, २०८१ १४:३७

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी समस्या समाधान गर्नका लागि अध्यादेश ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्ले लगानी सम्मेलनबारे र सहकारीका सम्बन्धमा कानुनी व्यवस्था गर्नका लागि अध्यादेश ल्याउन लागेकोप्रति आपत्ति जनाएका छन् । 

उपनिर्वाचनको उल्लास (तस्बिरहरु)

वैशाख १५, २०८१ १४:२६

इलाम–२ को उपनिर्वाचनमा शनिवार बिहान ७ देखि मतदाता मतदानमा सहभागी बने । भौगोलिक विकटताका कारण मतदाताहरु घन्टौँ हिडेर मतदान गर्न केन्द्रसम्म पुगेका छन् । इलाम नगरपालिका बरवोटेकी अकबरी राई आधा घन्टा हिडेर मतदान केन्द्रमा पुगिन् ।

इलाम-२ मा ४० हजार मत खस्यो 

वैशाख १५, २०८१ १४:१५

प्रतिनिधि सभा इलाम-२ को उपनिर्वाचनमा उत्साहजनक रुपमा मतदान भइरहेको छ । मुख्य निर्वाचन अधिकारी केशवप्रसाद घिमिरेले १ बजे सम्म करिव ४० हजार मत खसिसकेको जानकारी दिए । उनले भने, ‘मतदाताहरुको उत्साहजनक सहभागिताले अहिलेसम्म मतदान शान्तिपूर्ण छ ।’ उपनिर्वाचनमा १२ वटा राजनीतिक दल र सात स्वतन्त्र सहित १९ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । 

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई २०५ रनको लक्ष्य

वैशाख १५, २०८१ १४:१४

वेस्ट इन्डिज ‘ए’ ले पहिलो ट्वान्टी २० क्रिकेटमा नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ । नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको क्यारेबियन टोलीले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ५ विकेट गुमाई २ सय ४ रन बनाएको हो ।

लगानी सम्मेलनको पूर्वसन्ध्यामा अघि बढ्यो नेपालको सार्वभौम साख मूल्यांकन प्रक्रिया  

वैशाख १५, २०८१ १३:५६

सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) को प्रक्रिया अघि बढाएको छ । तेस्राे लगानी सम्मेलनको पूर्वसन्ध्यामा सरकारले रोकिएको क्रेडिट रेटिङ प्रक्रिया अघि बढाएको हो ।

एकै दिन ६ जना फरार अभियुक्त पक्राउ

वैशाख १५, २०८१ १२:५६

बर्दिया प्रहरीले एकै दिक ६ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतबाट ०७२ साल चैत ९ गतेको फैसलाले सार्वजनिक अपराध र जालसाजी मुद्दाका ६ जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।

गृहमन्त्री लामिछाने छानबिनबाट डराइरहेका छन् : साउद 

वैशाख १५, २०८१ १२:५५

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद एनपी साउदले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आफू उपर भइरहेको छानबिनको मागबाट डराइरहेको आरोप बताएका छन् । सहकारीको बचत ठगी गरेको विषयमा संसदीय छानबिन समित गठन भएमा पारदर्शी हुने पनि साउदको भनाइ थियो । 

सरकार स्थिर नहुँदा संसदीय भूमिका प्रभावकारी भएन : सभामुख घिमिरे

वैशाख १५, २०८१ १२:३४

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले स्थिर सरकार नहुँदा संसदीय भुमिका पनि प्रभावकारी हुन नसकेको बताएका छन् । उनले संसदीय भूमिका प्रभावकारी बनाउन सुशासन आवश्यक रहेको र त्यसका लागि सरकारको स्थायीयत्व जरुरी भएको बताए । 

अब त्रिविले समयमै परीक्षा संचालन र नतिजा प्रकाशन गर्नेछ : रेक्टर केसी 

वैशाख १५, २०८१ १२:२४

त्रिभुवन विश्वविद्यालयका रेक्टर (शिक्षाध्यक्ष) प्रोफेसर डा. खड्ग केसीले समयमै परीक्षा संचालन र नतिजा प्रकाशन हुने बताएका छन् । आफूसँग त्रिविका लागि काल्पनिक योजना नभएको उनको भनाइ छ । 

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपालको फिल्डिङ

वैशाख १५, २०८१ १२:२३

वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो ट्वान्टी २० क्रिकेटमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ । नेपालका कप्तान रोहित पौडेलले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर भ्रमणकारी टोली वेस्ट इन्डिज ‘ए’ लाई ब्याटिङका लागि बोलाएका हुन् ।

जनस्तरबाट नेपाल अमेरिका सम्बन्ध बढाउँदै डा पौडेल

वैशाख १५, २०८१ १२:२०

कोरोना महामारीले अमेरिकालाई सबैभन्दा बढी सताएका बेला डा दामोदर पौडेल दम्पती भने समुदायमै पुगेर सबैलाई (विशेष गरी नेपाली मूलका नागरिकलाई) सेवा दिइरहेका थिए । होप वेल हेल्थ केयर सेन्टरले ओहायो र अन्यत्रका करिब ४० ठाउँमा भौतिक र भर्चुअल स्वास्थ्य केन्द्र राखेर उपचार दिएको थियो ।

पर्यटकीय बस्तीमा जापानी नागरिकको उपहार 

वैशाख १५, २०८१ ११:२३

जापानी नागरिकहरूको आर्थिक सहयोगमा सिन्धुपाल्चोकको पर्यटकीय बस्ती इन्द्रावती गाउँपालिकामा सामुदायिक भवन निर्माण गरिएको छ । पालिकाको वडा नम्बर १० स्थित स्थानीय बुढीचौरमा सबै १२ वटा वडाका समुदायले प्रयोग गर्नेगरी जापानी संस्था 'ज्याफ्स'ले भवन निर्माण गरेको हो । 

बालअधिकार परिषद्को संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन

वैशाख १५, २०८१ ११:१६

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले राष्ट्रिय बाल अधिकार परिषद्को संरचनागत सुधार गर्नुपर्ने बताएकी छन् । मन्त्री चौधरीले राष्ट्रिय बाल अधिकार परिषद् बैठकको अध्यक्षता गर्दै शनिबार संरचनागत सुधारका लागि मातहतका निकाय र जिम्मेवार अधिकारीहरूलाई निर्देशन दिएकी छन् । 

जीवन अन्तत: प्याज रहेछ

वैशाख १५, २०८१ १०:४१

आन्दोलन र क्रान्तिको संग्रामी शृंखलाबाट उदाएको गणतन्त्र नेपालमा अनपेक्षित उल्का भयो । जो न कुनै शक्तिकेन्द्रको निकट छ, न प्रिय छ, जो न कुनै शक्तिपीठको भक्त छ, न कृपार्थी छ, जो न कुनै जंगीको शीर्षस्थ हाकिम हो, न हो निजामतीको शीर्षस्थ पुरुष, जो न कुनै दीर्घायुयुक्त शतक पुरुष हो, न हो कुनै लाठेदलको अधिपति, जो न कुनै धनाढ्य कुबेरपति हो, न हो कुनै फिल्मी चटके अभिनयकर्मी, उल्का भयो !

कान्ति लोकपथ  दैनिक तीन घण्टा खुल्ने

वैशाख १५, २०८१ १०:३५

कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो ।

कोपिला भ्यालीमा अमेरिकी आमा 

वैशाख १५, २०८१ १०:२०

अमेरिकाको न्युजर्सीमा एक युवती बिहान खाजा खाने बेला बुवा–आमासँग भन्छिन्, ‘म एक वर्ष कलेज ग्याप गर्न चाहान्छु । असल मान्छे हुने प्रयास गर्छु । छातीमा स्वतन्त्र जोस लिएर साहसिक काम गर्न चाहन्छु ।’ यो सन् २०१५ को कुरा हो । मास्कुले जीवनमा गणितलगायत विषयले आकर्षण नगरेपछि एक युवतीले बुबाआमा समक्ष यो प्रस्ताव राखेकी थिइन् ।

उपेन्द्र सुब्बाको मुन्धुमी लय

वैशाख १५, २०८१ १०:११

जट्टाधारी, खिर खुवाउने झाँक्री धेरैका लागि परिचित पात्र हुन् । झाँक्री मात्रैको ‘ट्रेलर’ हेर्नेको कम लामो ताँती छैन । ‘ट्रोल’ त कति बनेको छ कति ! साउन पन्ध्र आयो कि झाँक्रीकै कुरा आइहाल्छ । जमाना सेल्फीको छ । तर, यी झाँक्रीसित खिचेको ‘सेल्फी’, खासगरी छोरीमान्छेले फेसबुक वा इन्स्ट्राग्राममा पोस्ट गरे भने ‘कमेन्ट’ मा यस्तो आइहाल्छ– ‘बूढाले खिर खुवाउलान् है...!’ उपद्रै ‘गसिप’ र उपद्रै चर्चित छन् यी पात्र । 

पीडाबाट मोक्षको यात्रा

वैशाख १५, २०८१ ०९:४०

निबन्ध–फाँटमा धमाकेदार उपस्थिति जनाएकी थिइन् मोमिलाले, २०६३ सालमा ‘ईश्वरको अदालमा आउटसाइडरको बयान’ शीर्षकको ललित एवं आत्मपरक निबन्ध–सङ्ग्रह प्रकाशित गरेर  । किताबमार्फत उनले केही अहं प्रश्न र केही महत् जिज्ञासा छोडेकी थिइन् । पश्चिमको अस्तित्ववादी–विसङ्गतिवादी चिन्तनको चुरोमा टेकेर जिन्दगीको निरीक्षण गर्ने मोमिलाले आफूलाई तमाम सजिला–अप्ठ्याराहरूको एक्लो योद्धाको रूपमा प्रस्तुत गरेकी थिइन् ।

‘खुङ्खार डाँका’ हर्केको सम्झनामा

वैशाख १५, २०८१ ०९:२७

व्यापारको उद्देश्य लिएर भारत भित्रिएको बेलायतको दी इस्ट इन्डिया कम्पनीले साना–साना विभाजित राज्यहरूमा विस्तारै आफ्नो प्रभुत्व जमाउँदै गरेको बखत थियो त्यो । कम्पनीको कुटिल नियत बुझ्ने शासकहरूमा एक थिए– दक्षिणका मैसुर राज्यका शासक टिपु सुल्तान (सन् १७५१—१७९९) जसलाई ‘टाइगर अफ मैसुर’ भनिने गर्थ्यो ।