उपसभामुख हटाउने कसरत : नाउपामा दुई धार

नाउपाका गंगाराम चौधरी लगायत तीन सांसद उपसभामुखविरुद्धको महाअभियोग प्रस्तावको विपक्षमा उभिने तयारीमा छन्।

भाद्र ३, २०८२

अर्जुन शाह

Exercise to remove the Deputy Speaker: two edges in Naupa

धनगढी — उपसभामुखलाई हटाउने कांग्रेस एमालेको कसरतमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा दुई धार देखिएको छ । विपक्षी बेन्चमा बस्दै आएकी पार्टी अध्यक्षसमेत रहेकी सांसद रञ्जिता श्रेष्ठ चौधरी सत्तारुढ दलको बैठकमा सहभागी भएकी छिन् ।

पार्टीका अन्य तीन जना सांसद भने उक्त प्रस्तावको विपक्षमा उभिने भएका छन् । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उपसभामुख इन्दिरा राना मगरलाई महाअभियोग लगाउने विषयमा निर्णय नभइसकेको बताएकी छन्।

उनले संसदीय दलको बैठकमा यसबारे निर्णय लिइने बताइन् । नाउपाका चार सांसद छन् । सांसदहरू गंगाराम चौधरी, अरुण चौधरी र लालबीर चौधरीले विपक्षमा उभिने तयारी गरेको नागरिक उन्मुक्तिका नेता ठाकुरसिंह थारुले बताए ।

'रञ्जिताजी के गर्नु हुन्छ था छैन, तीन जना सांसद भने विपक्षमा उभिने कुरा छ,' उनले भने । नाउपामा गंगाराम चौधरी संसदीय दलको नेता छन् । तर अध्यक्ष श्रेष्ठले गत साता उनलाई दल नेताबाट हटाइएको पत्र दिएकी छिन् । यसअघि नाउपाले सरकारबाट समर्थन फिर्ता लिएर विपक्षी बेन्चमा गएको छ ।

यो पनि पढ्नुहोस् :

उपसभामुखविरुद्ध हस्ताक्षर संकलन जारी  

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौं : अध्यक्ष दाहाल 

उपसभामुख हटाउन जनमतको समर्थन 

उपसभामुखविरुद्ध हस्ताक्षर संकलन जारी  

 कांग्रेस-एमाले उपसभामुख हटाउने तयारीमा, माओवादीले बोलायो विपक्षी दलहरूको बैठक 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully