कांग्रेस-एमाले उपसभामुख हटाउने तयारीमा, माओवादीले बोलायो विपक्षी दलहरूको बैठक

उपसभामुखविरुद्ध महाभियोगको तयारीलाई लिएर माओवादीको असन्तुष्टि, विपक्षीहरू बैठकमा जुट्ने।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

Ahead of the removal of the Congress-UML deputy speaker, the Maoists called a meeting of opposition parties

काठमाडौँ — कांग्रेस-एमालेले उपसभामुख इन्दिरा राना मगरले पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गर्न खोजेपछि प्रमुख प्रतिपक्षी दल माओवादीले विपक्षी दलहरूको बैठक बोलाएको छ ।माओवादी केन्द्रीय पदाधिकारीहरूको बैठकमा विपक्षी दलहरूको बैठक बोलाउने निर्णय गरेको हो । 

माओवादी पदाधिकारी बैठकले उपसभामुख मगरलाई महाभियोग लगाउने तयारी गरेको भन्दै त्यसको विरोध पनि गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनले भने 'उपसभामुखका विषयमा कांग्रेस-एमालेले के गर्न खोजेको हो ? त्यसका विरुद्ध कसरी जाने भनेर हामी हामी विपक्षहरूको बैठक बस्दछौं ।'

उपसभामुखविरुद्ध महाअभियोग लगाउने तयारीप्रति कांग्रेसमा शेखर कोइराला पक्षसमेत असन्तुष्ट देखिएको छ ।

यो पनि पढ्नुहोस् :

उपसभामुखविरुद्ध हस्ताक्षर संकलन जारी  

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौं : अध्यक्ष दाहाल 

उपसभामुख हटाउन जनमतको समर्थन 

उपसभामुखविरुद्ध हस्ताक्षर संकलन जारी  

कांग्रेस-एमाले उपसभामुख हटाउने तयारीमा, माओवादीले बोलायो विपक्षी दलहरूको बैठक 

कान्तिपुर संवाददाता

Link copied successfully