उपसभामुखविरुद्ध हस्ताक्षर संकलन जारी 

कांग्रेस र एमालेबीच उपसभामुख रानालाई पदीय आचरणअनुसार नचलाएको भन्दै हटाउने प्रस्तावमा सहमति जुटेको छ।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

Collection of signatures against the Deputy Speaker continues

काठमाडौँ — नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन हस्ताक्षर संकलन सुरु गरेको छ । हस्ताक्षरका लागि दुवै दलले सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा सांसदहरुलाई बोलाएका छन् ।

काठमाडौं उपत्यका बाहिर रहेका आफ्ना सांसदहरुलाई पनि आजै काठमाडौं आउन निर्देश गरेका छन् । प्रतिनिधिसभा नियमावली २०७९ को व्यवस्था उपसभामुख रानालाई पदीय आचरणअनुसार काम नगरेको भन्दै प्रस्ताव दर्ता गर्न लागिएको हो ।

आज बिहान कांग्रेसले सभापति निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक र एमालेले संसदीय दलको बैठक बोलाएर उपसभामुखविरुद्धको प्रस्तावबारे छलफल गरेको थियो ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुबीच उपसभामुखविरुद्ध पद अनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेको स्रोतको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री केपीशर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलगायतका नेताको सहभागिता थियो ।  

कान्तिपुर

Link copied successfully