अन्तर्राष्ट्रिय ख्यातिप्राप्त उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौं : अध्यक्ष दाहाल

अध्यक्ष दाहालले आदिवासी महिला उपसभामुख हटाउने प्रयासको विरोध गर्दै सरकारलाई गल्ती नगर्न आग्रह गरे।

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

It is wrong to remove the internationally renowned Deputy Speaker, we oppose it: Speaker Dahal

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख इन्दिरा रानालाई हटाउने कुरा गलत रहेको बताएका छन् । सचिवालय बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै  दाहालले पहिलादेखि नै सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने प्रयास गरेको बताएका हुन् । 

आदिवासी, जनजाति महिला सामाजिक सेवा गर्ने, बालबच्चाको हेरचाह गर्ने, अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त महिलालाई हटाउने कसरत गलत भएको उनको भनाइ छ ।

'उपसभामुख हटाउने उहाँहरूको कुरा धेरै पहिलादेखिको हो । तर त्यो गलत गर्दै हुनुहुन्छ । गल्ती गरी नै रहनुभएको छ । यो सरकार बनेदेखि नै गल्ती त गरिरहनुभएको छ । एउटा महिला, आदिवासी, जनजाति महिला सामाजिक सेवा गर्ने, बालबच्चाको हेरचाह गर्ने, अन्तर्राष्ट्रिय स्तरको ख्यातिप्राप्त महिलालाई हटाउने कसरत गलत छ । यसको हामी विरोध गर्छौं । उहाँले गरेको भन्ने केही प्रमाण छैन, खालि त्यो कपोकल्पित हो,' अध्यक्ष दाहालले भने । 

अध्यक्ष दाहालले उपसभामुखविरुद्ध कुनै नराम्रो काम गरेको प्रमाण नरहेको समेत दाबी गरे । उपसभामुखमाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ । यसअघि पनि उनलाई हटाउने तयारी भएको थियो । तर विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन । 

यो पनि पढ्नुहोस् :

उपसभामुखविरुद्ध हस्ताक्षर संकलन जारी  

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौं : अध्यक्ष दाहाल 

उपसभामुख हटाउन जनमतको समर्थन 

उपसभामुखविरुद्ध हस्ताक्षर संकलन जारी  

कांग्रेस-एमाले उपसभामुख हटाउने तयारीमा, माओवादीले बोलायो विपक्षी दलहरूको बैठक 

कान्तिपुर

Link copied successfully