जनमत पार्टीका केन्द्रीय प्रवक्ता शरदसिंह यादवले उपसभामुख रानालाई हटाउन आफूहरूले समर्थन गर्ने बताएका छन् ।
जनकपुर — प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानालाई हटाउन जनमत पार्टीले पनि समर्थन गर्ने भएको छ । जनमत पार्टीका केन्द्रीय प्रवक्ता शरदसिंह यादवले उपसभामुख रानालाई हटाउन सत्ता साझेदार दलहरूबीच छलफल भइरहेको बताउदै जनमत पार्टीले पनि त्यो एजेन्डामा समर्थन जनाउने बताए ।
‘सत्ता साझेदार दलमा जनमत पनि छ,’ प्रवक्ता यादवले कान्तिपुरसँग भने, ‘सत्ता साझेदार दलकै समर्थनमा मधेश प्रदेशमा जनमत नेतृत्वको सरकार छ । त्यसैले उपसभामुख हटाउने एजेन्डामा हाम्रो दलको समर्थन र साथ रहन्छ । ’
