मधेश अब सुक्खा हुँदैन, मज्जाले पानी पर्छ : मौसमविद्

श्रावण ४, २०८२

कान्तिपुर संवाददाता

Madhesh is no longer dry, it rains with joy: meteorologist

What you should know

काठमाडौँ — रोपाइँ गर्ने बेलामा पानी नपरेर सुक्खा रहेको मधेशमा अब भने वर्षा हुने मौसमविद्हरूले अनुमान गरेका छन् । रोपाइँका लागि मात्र होइन, खानेपानीकै हाहाकार भएपछि मधेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको थियो ।

प्रदेश सरकारले संघीय सरकारसँग सहयोगसमेत मागेको थियो । वरिष्ठ मौसमविद् शान्ति कँडेलले अब मधेशमा पनि भारी वर्षा हुने सम्भावना रहेको बताइन् ।

पछिल्लो २४ घण्टामा मधेशमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मधेश प्रदेशमा आगामी दिनमा पनि सुक्खा हुने अवस्था नरहेको मौसमविद् कँडेलको भनाइ छ । आगामी केही दिनसम्मै मधेश प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको उनले बताइन् ।

Madhesh is no longer dry, it rains with joy: meteorologistमौसमविद् शान्ति कँडेल 

‘मनसुनी रेखा नेपालनजिकै आएको कारणले मधेशमा वर्षा भइरहेको अवस्था छ । मनसुनी वर्षा विशेष गरी पहाडी क्षेत्रमा केन्द्रित हुनु भनेको नेपालको भूगोलको कारणले हो । जलवाष्पयुक्त हावा आउँछ, त्यो पहाडमा ठोक्किसकेपछि माथिल्लो वायुमण्डलमा जाँदा बादल बन्छ र जहाँ बन्यो त्यहीँ पानी पर्दछ,’ मौसमविद् कँडेलले भनिन् । आज राति भने मधेशमा समेत भारी वर्षाको सम्भावना रहेको उनले बताइन् । मधेशमा पानी नपरेकाले आइतबारसम्म सबैभन्दा कम ४६.८३ प्रतिशत मात्र रोपाइँ भएको छ । 

आज कोशी, वागमती, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्हरूले सावधानी अपनाउन आग्रह गरेका छन् । आज राति गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै वर्षा हुने सम्भावना रहेको छ । 

२४ घण्टामा धनकुटामा १९५ मिलिमिटर वर्षा 

विगत २४ घण्टामा धनकुटामा १९५ मिलिमिटर वर्षा मापन भएको छ । कास्कीको लुम्लेमा १९४ मिलिमिटर वर्षा भएको छ ।  २४ घण्टामा सय मिलिमिटर भन्दा बढी वर्षा मापन कोशी प्रदेशकै केही स्थान र गण्डकी प्रदेशका केही स्थान छन् । 

नेपालमा गत जेठ १५ देखि नै मनसुन भित्रिए पनि मधेशमा भने उल्लेख्य वर्षा हुन सकेको छैन ।मधेश प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशलाई सुक्खाग्रस्त घोषणासमेत गरेको छ । 

कान्तिपुर

Link copied successfully