कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

कोरोना खोपलाई व्यापार र नाफाको विषय बनाइनु हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप सबैको पहुँचमा हुनुपर्ने कुरा दोहोऱ्याएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारबाट कोरोना खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले सर्वसुलभ रुपमा उपलब्ध भए मात्रै कोरोनाविरुद्धको लडाइँमा जित हात पर्ने बताएका हुन् । 

कोरोना खोपलाई व्यापार र नाफाको विषय बनाइनु हुँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, ‘कोरोनाविरुद्धको खोप नाफा कमाउने र व्यापारको विषय हुनु हुँदैन । यो खोप सबैको पहुँचमा हुनुपर्छ । गरिब धनी सबै देशको पहुँचमा हुनुपर्छ ।’

कोरोना भाइरस विश्व अर्थतन्त्र र सिंगो मानव जातिविरुद्ध भएकाले खोपको उपलब्धता पनि सबैको पहुँचमा हुनुपर्ने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले सबै नेपाली नागरिकलाई प्राथमिकताका आधारमा कोरोना खोप नि:शुल्क उपलब्ध गराइने पनि बताए । ‘सक्ने देशहरुले नसक्नेहरुलाई नि:शुल्क रुपमा कोरोना खोप उपलब्ध गराएर सिंगो मानव जातिको कल्याण गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले स्वास्थ्य संवेदनशीलताको आधारमा खोप लगाइँदै जाने प्रतिबद्धता पनि जनाए ।

साथै उनले खोप अभियान र कोरोना भाइरस रोकथाम र नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वयंसेवीलगायतलाई पनि धन्यवाद दिए । कोरोनाविरुद्धको खोप अभियानमा सिंगो राष्ट्र नै एकजुट भएर लागेको पनि उनले बताए ।

सम्बन्धित समाचार

प्रकाशित : माघ १४, २०७७ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?