प्रहरीकहाँ आउने उजुरीमध्ये सबैभन्दा धेरै घटना ‘रिभेन्ज पोर्न’ का छन्, पहिले गर्लफ्रन्ड–ब्वाइफ्रेन्ड वा श्रीमान्–श्रीमती भएकाले सम्बन्ध बिग्रिएपछि आपत्तिजनक तस्बिर र भिडियो आफन्तलाई पठाइदिने वा सार्वजनिक गरिदिने नाममा धम्क्याउने प्रवृत्ति देखिन्छ।
प्रहरीकहाँ आउने उजुरीमध्ये सबैभन्दा धेरै घटना ‘रिभेन्ज पोर्न’ का छन्, पहिले गर्लफ्रन्ड–ब्वाइफ्रेन्ड वा श्रीमान्–श्रीमती भएकाले सम्बन्ध बिग्रिएपछि आपत्तिजनक तस्बिर र भिडियो आफन्तलाई पठाइदिने वा सार्वजनिक गरिदिने नाममा धम्क्याउने प्रवृत्ति देखिन्छ।
काशी तिवारी हत्यामा तत्कालीन भूमिसुधार तथा व्यवस्थामन्त्री प्रभु साह, उनका स्वकीय सचिव सियाराम कुशवाहा र अमन कुशवाहा संलग्न रहेको प्रहरी प्रतिवेदन तयार भएको थियो । तर, त्यसलाई जिल्ला सरकारी वकिल कार्यालयले फिर्ता गरेर साहको नाम हटाउन लगायो । अदालतमा मुद्दा चलाइएका सियारामले सफाइ पाए ।
‘प्रेम गर्नु अपराध’ ठहर्याएर उपहारमा मृत्यु दिइन्छ- दलितहरूलाई । जबसम्म अपराधीलाई जेल पठाइँदैन, तबसम्म शवगृहमा कैद अजित मिजारको शवले मुक्ति पाउँदैन ।
नेपालमा प्रत्येक वर्ष हत्याका अनुसन्धान उल्झनहरूले घेरिएर अलपत्र परिरहन्छन् । अनुसन्धान भइरहेका केही सीमित घटना मात्रै चर्चामा हुन्छन्, प्रहरी पनि तिनैमा ध्यान केन्द्रित गर्छ । तर, देशमा कैयौं घटना छन्, जसका रहस्य खोतल्नै बाँकी छ, अपराधीलाई कठघरामा उभ्याउनै बाँकी छ ।
जेठ २०३८ मा पोखरामा घटेको नमिता–सुनिता हत्याकाण्ड अझै रहस्यको गर्भमै छ, यो केवल दुई युवतीको हत्या होइन, बरु शक्तिशालीहरूले कसरी न्याय प्रणालीलाई आफ्नो मुठ्ठीमा राख्न सक्छन् भन्ने उदाहरण हो।
प्रहरीले १२४ जनाको डीएनए परीक्षण गर्यो, १ हजारभन्दा बढीलाई सोधपुछ गर्यो । अनुसन्धानमा खटिने प्रहरी अधिकृतकै डीएनए परीक्षण गरिएको घटना पनि सम्भवतः यही मात्रै हो । सबैभन्दा धेरै छानबिन समिति गठन भएको र चासो दिइएको घटनामध्ये पनि यही प्रकरण पर्छ । तर, अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन ।
फ्रान्सका लागि पूर्वराजदूत केशवराज झा बबरमहलस्थित आफ्नै घरमा र भारतीय नागरिक सत्यनारायण पारिक सानेपास्थित फ्ल्याटमा एक्लै सुतेका बेला मारिएका थिए
कांग्रेसका नेता तथा तुलसीपुरका सञ्चार उद्यमी देवीप्रसाद धिताल चुनावको सिलसिलामा घरदैलो अभियानमा रहेका बेला ६ साउन २०६७ को बेलुकापख व्यस्त सडकमा ५/६ जना बन्दुकधारीले लखेटी लखेटी हत्या गरेर भागे, तर प्रहरीले हालसम्म न हत्याको कारण थाहा पाउन सकेको छ न त हत्यारा नै पक्राउ परेका छन्
भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीका ३ बालबालिका १० असार २०७४ मा घरबाट निस्किएका थिए, साँझसम्म पनि फर्किएनन् । रातभर र भोलिपल्ट खोजतलास चल्यो । दुई दिनपछि सय मिटर पर पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परे ।
साथीकहाँ पुगेर आउँछु भनेर हिँडेकी जैसीदेवलकी छोरीमैयाँ महर्जन १४ वर्षदेखि बेपत्ता छिन् । बेलाबेला सामाजिक सञ्जालमा उनको खोजी गर्दै ‘ट्रेन्ड’ चलिरहन्छ, ‘खै छोरीमैयाँ ?’
घटनाको रात आफन्तको विवाहमा सहभागी कार्की भोज नसकिँदै श्रीमती र छोरीसहित घर पुगेका थिए । अरू बेला विवाह/भोजलगायतमा अन्तिमसम्मै बस्ने कार्कीलाई त्यस दिन कसले छिटो घर जान उक्सायो ? त्यो विषयलाई प्रहरीले ‘क्लु’ का रूपमा लिएको थियो ।