उमेर बढ्दै जाँदा जिम्मेवारीले थिच्दो रहेछ । अनि पहिलाजस्तो रंगीन तिहार रंगविहीन बन्दै जाँदो रहेछ । पहिला त धेरै सोच्नै हुन्न थियो । तिहारको रमाइलोमा स्कुलको होमवर्क पनि बिर्सन्थ्यौं हामी ।
उमेर बढ्दै जाँदा जिम्मेवारीले थिच्दो रहेछ । अनि पहिलाजस्तो रंगीन तिहार रंगविहीन बन्दै जाँदो रहेछ । पहिला त धेरै सोच्नै हुन्न थियो । तिहारको रमाइलोमा स्कुलको होमवर्क पनि बिर्सन्थ्यौं हामी ।
मलाई सानैदेखि नाच्न, गाउन असाध्यै मनपर्ने । त्यसैले देउसी भैलोमा मेरो नाम कहिल्यै छुट्दैन थियो । अब, भट्याउने काम त एकछिन हो । त्यसपछि त नाचगान नै हो । रिमालाई लिएर गएपछि नाचगान हुन्छ, पैसा पनि आउँछ भनेर सबै समूहले लिएर जानुहुन्थ्यो ।
पहिला त संस्कारमै पनि यो दिन यो गर्नुपर्छ, गर्नैपर्छ भन्ने हुन्थ्यो । किनकि तिहार भनेको त प्रकृतिलाई पूजा गर्ने समय हो नि त ! यो चाडमा गाईलाई पूजा गर्नुपर्छ, कुकुरलाई पूजा गरिन्छ । गोरुलाई पूजा गरिन्छ ।
सुगर फ्रि मिठाई विकल्प हो तर पूर्णरूपमा स्वस्थकर भने यो पनि होइन ।
'तिहार आउँदा तिहारका पुराना दिन झझल्को हुँदा रहेछन् । मेरो खासमा आफ्नै आमाले जन्माएको एक जना भाइ हो । तीन दिदी बहिनीपछिको भाइ । हामी भाइ नभएर मामालाई टीका लगाइदिन्थ्यौँ । '
स्वर्गद्वारीमा गोवर्द्धन पूजाका दिन लक्ष्मीनारायण (गोरु) को विशेष पूजा हुने गरेको छ । त्यस दिन धाममा रहेका गाई, बहर, बाछाबाछीलाई धाम परिक्रमा गराइन्छ ।
तिहार दियो, फूल र बत्तीको मात्रै चाड होइन, सम्बन्ध–प्रेम–सौहार्दता–एकता र सद्भावको पनि पर्व हो ।
पौराणिककालका काकभुशुण्डि ऋषि होऊन् या आधुनिककालको चलाख जिम्मी । काग मानव–समाजसँग कतै न कतै जोडिएकै छ । त्यही भएर हुनुपर्छ, कागको पूजा नगरी तिहार नै सुरु हुँदैन ।
ऋग्वेद भन्छ– यमराजका दुई प्रमुख दूत श्याम र सबल कुकुर थिए, जसले मान्छेको आत्मालाई परलोकसम्म लैजान्थे । यमपञ्चकको तेस्रो दिन श्याम र सबलको सम्झनामा कुकुरलाई पूजा गरिन्छ । यो आफ्नो परम मित्रप्रतिको कृतज्ञता प्रकट पनि हो ।
कर्णाली क्षेत्रको सांस्कृतिक सम्पदा भैलो र नेपालभर प्रचलित देउसीबीच थोरै समानता र धेरै भिन्नता छन् । तर तथ्य र कथ्य दुवैमा बेमेल हुँदा सांस्कृतिक विविधता भनेर स्विकार्नुको विकल्प छैन । तिहारमा लेखिने देउसीमा बलि राजा र भगवान् विष्णुको कथा समावेश छ । तर कर्णालीको पुसे भैलोमा मनोरञ्जन मात्र नभई ऐतिहासिक दस्ताबेज बढी देखिन्छ, जसले सिञ्जा साम्राज्य र त्यसअन्तर्गतका स्थान, उत्पादन, सभ्यता र शक्ति संरचनाको सजीव चित्रण गर्छ।
लक्ष्मी पूजाको भोलिपल्ट नेपाल संवत् अर्थात् राष्ट्रिय संवत्को नयाा वर्ष सुरु हुन्छ । त्यही दिन नेवार समुदायमा म्हः पूजा गर्ने विशिष्ट परम्परा छ । नेपाल भाषामा म्हः पूजाको अर्थ हो– आफ्नो शरीरलाई आफैंले पूजा गर्ने ।
हामीले युगौंदेखि सुनिआएको भाइटीकासँग जोडिएको यम र यमुनाको कथा खोज्दै जाँदा ऋग्वेदसम्म पुगिन्छ । ऋग्वेदमा लेखिएको जुम्ल्याहा दाजु–बहिनीको संवादले वैदिककालमा निर्धारण गरिएका सामाजिक मान्यता, व्यवस्था र पारिवारिक मूल्यमाथि विमर्श गर्छ ।
गौ-पूजा वा लक्ष्मीपूजा, जे भनिए पनि त्यो श्री-सम्पत्तिकै पूजा हो। उहिले-उहिले गाई नै पूज्य-सम्पत्ति थियो । अहिले गाई श्रीबृद्धि, समृद्धि र सुख-शान्तिको प्रतीक बनेको छ।
व्यापारमा पैसा जोडिन्छ । लक्ष्मी पनि धनसम्पत्ति र पैसासाग जोडिन आउाछिन् । पैसा जोडिएपछि लक्ष्मीपूजाले प्राथमिकता पायो । व्यापार गर्ने मान्छे लक्ष्मीको उपासक बन्यो । लक्ष्मीपूजाका लागि धनतेरसमै सामान किन्ने चलन भयो ।
सयपत्री फूलको उत्पत्ति मेक्सिको र ग्वाटेमालामा भएको मानिन्छ । यसलाई ‘म्यारिगोल्ड’ वा ‘म्याक्सिकेन म्यारिगोल्ड’ पनि भनिन्छ । सयपत्री २० औं शताब्दीको मध्यतिर युरोप हुँदै भारतको व्यापारमार्गबाट नेपाल प्रवेश गरेको इतिहास छ ।