'तिहार आउँदा तिहारका पुराना दिन झझल्को हुँदा रहेछन् । मेरो खासमा आफ्नै आमाले जन्माएको एक जना भाइ हो । तीन दिदी बहिनीपछिको भाइ । हामी भाइ नभएर मामालाई टीका लगाइदिन्थ्यौँ । '
What you should know
तिहारको समयमा पछिल्लो समय मेरो ‘मखमली फूल जस्तै’ गीत चलिरहेको पाउँछु । त्यो सुन्दा साह्रै खुसी लागेको छ । चार वर्ष भयो यो गीत चलेको । हरेक वर्ष २ देखि ३ लाखसम्म टिकटक गीतमा बन्छ ।
जहिल्यै पनि तिहारमा ‘निधारमा लर्काएर’ भन्ने गीत मात्र बज्थ्यो । मलाई सधैं लाग्थ्यो नाच्ने गीत र बाँच्ने गीत फरक हुन् । मेरो च्यानलबाट पछिसम्म बाँच्ने गीत राख्न प्रयास गर्छु । यो गीत हर वर्ष चलिरह्यो ।
यसपालि म अमेरिकामा छु । अमेरिकामा हुँदा प्रताप दास दाइको स्वरमा नयाँ तिहारको गीत निकाल्यौँ । राम्रो भइरहेको छ ।
तिहार आउँदा तिहारका पुराना दिन झझल्को हुँदा रहेछन् । मेरो खासमा आफ्नै आमाले जन्माएको एक जना भाइ हो । तीन दिदी बहिनीपछिको भाइ । हामी भाइ नभएर मामालाई टीका लगाइदिन्थ्यौँ । दाजुभाइको महत्त्व हामीले राम्रोसँग अनुभूत गरेका छौँ । अहिले त दिदीबहिनीले पनि टीका लगाउँछन् । त्यतिबेलचाहिँ हामी खिन्न हुँदै सोच्थ्यौं– हाम्रो पनि भाइ भइदिए पनि हुन्थ्यो ।
भाइ १८ वर्षको छ । मलाई भाइ जति प्यारो लाग्छ, प्रह्लाद दाइ पनि उत्तिकै प्यारो लाग्छ । उहाँ आफ्नै आमाको कोखको नभए पनि कहिल्यै त्यो महसुस हुन दिनुभएन । हर समय मेरो दुःखमा सुखमा साथ दिनुभयो । म मेरो भाइलाई जति माया गर्छु, दाइलाई पनि उत्तिकै माया गर्छु । मेरो भाइले पनि मलाई भावनात्मक रूपमा मलाई धेरै सहयोग गरेको छ । दाजुभाइ भनेको दिदी बहिनीको लागि एउटा खम्बा हुन् ।
यसपालि त म विदेशमा छु । प्रताप दाइसँग टीका लगाउँछु । यता भाइलाई भने लगाउन नपाउने भएँ यसपालि ।पछि हामीले भाइसँगै अरू भाइहरू पनि जोडिनुभयो । अहिले मैले टीका लगाउने ७/८ जना छन् । पहिला भाइ नहुँदा चिन्ता थियो, अहिले धेरै भाइ हुँदा खुसी । तर बिस्तारै सबै भाइहरू हुर्किएँ । विदेश गए । अहिले फेरि मेरै भाइ मात्र छ । भाइहरूलाई कल गर्यो, रुन मन लाग्ने । मन खल्लो हुँदो रहेछ । यसपालि त म विदेशमा छु । प्रताप दाइसँग टीका लगाउँछु । यता भाइलाई भने लगाउन नपाउने भएँ यसपालि ।
सानो बेला भाइहरूलाई तिहारमा लुगा किन्दिन लगाउँदा कोहीलाई चित्त बुझ्दैन थियो । रुन्थे । रमाइलो लाग्थ्यो । म पिरियड भएको बेलाको तिहार पनि सम्झना आउँछ । त्यतिबेला मैले टीका लगाउन नपाउँदा म कुनामा गएर रुन्थेँ । अझ, भाइटीकाको बेला खुब चकचक गर्थ्यौँ । टीका लगाएपछि एक अर्काको अनुहारमा दलिदिन्थ्यौँ । फूलले अनुहार पुरिदिन्थ्यौँ । भाइहरूले टीकामा ममीहरूले दिदीहरूलाई छुट्याएको पैसा पनि दिँदैन थिए । पछि मै कमाउने भएपछि भाइलाई दिने पैसा पनि मेरै हुन्थ्यो । भाइले मलाई दिने पनि मेरै हुन्थ्यो । भाइ भन्थ्यो– तँ मलाई दे, अनि म तँलाई दिन्छु ।
अहिले पहिलाको जस्तो बसाईसँगै हुन सम्भव छैन । बेला बेलामा दुःख पनि लाग्छ– पहिलाको दिन कहिले आउँछ होला ।
(चौहानसँग समर्पण श्रीले गरेको कुराकानीमा आधारित)
