१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

युरोपियन लिगका प्रमुख खेल स्थगित

राेयटर्स

विश्वव्यापी माहामारी बनेको कोरोना भाइरस(कोभिड–१९)का कारण विश्वका प्रमुख खेलकुद गतिविधिहरु धमाधम स्थगित भइरहेका छन् । केही खेल दर्शक बिना खेलाइँदैछ भने केही खेलका टिकट बिक्री नै बन्द गरिएकाे छ । यसैक्रममा युरोपियन लिगका प्रमुख खेलहरु च्याम्पियन्स लिग, प्रिमियर लिग, ला लिगा, सिरी ए र लिग वान स्थगित भएका छन् ।

युरोपियन लिगका प्रमुख खेल स्थगित

स्पेनका प्रमुख दुई डिभिजन फुटबल प्रतियोगिता कम्तिमा पनि २ साताका लागि स्थगित गरिएका छन् ।

च्याम्पियन्स लिगको १६ औं चरणको खेल पनि स्थगित गरिएको छ । आगामी मार्च १७ का तय गरिएको उक्त खेलमा म्यान्चेस्टर सिटी विरुद्ध रियल मड्रिड र युभेन्टस विरुद्ध आलम्पिक लोन्नाइस बीच हुने थियो ।

ला लिगा स्थगित

नेदरल्यान्डमा हुने सम्पूर्ण फुटबल खेलहरु मार्च अन्तिम सम्मका लागि स्थगन गरिएको छ । नेदरल्यान्डको राष्ट्रिय टिमले अमेरिका र स्पेन विरुद्धका युरो वार्म अप म्याचहरु स्थगित गरेको हो ।

च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना विरुद्ध नापोली र बायर्न म्युनिख र चेल्सीबीचका खेल(मार्च १८)हरु दर्शक बेगर खेलाइने भएको छ ।


युरोपियन फुटबल एसोसिएसनले युरोपा लिग अनतर्गतका दुई खेल पनि स्थगित गरेको छ । स्पेनिस गेटाफेले इटाली र एएस रोमाले स्पेन यात्रा रोकेका कारण यो खेल स्थगित गर्नुपरेको हो ।

प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर सिटी विरुद्ध आर्सनलको खेल (मार्च ११) पनि स्थगित गरिएको थियो । लन्डन क्लबका खेलाडी कोरोना संक्रमण भएका ग्रिक पक्षका ओलम्पिकोसका मालिकसँग सम्पर्कमा गएका कारण यो खेल स्थगित गरिएको हो ।

आर्सनल विरुद्ध ब्राइटन र होभ अलबिओन बीचका खेल(मार्च १४) का खेलहरु व्यवस्थापक माइकेल आर्टएटालाई कोरोना पोजेटिभ देखिएका कारण स्थगित गरिएको छ ।

आर्सनलका खेलाडी क्‍वारेन्टाइनमा

फ्रान्सको लिग १ र लिग २ को नियामक मण्डलले व्यावसायिक खेलहरु स्थगित गर्नेबारे शुक्रबार बैठक बस्ने फ्रेन्च मिडियाहरुले उल्लेख गरेका छन् ।

कोरोना प्रभाव : खाली रंगशालामा फुटबल

स्पेनको कोपा डेल रेको एथलेटिक बिलबाओ विरुद्ध रियल सोसिड्याडको फाइनल खेल(अप्रिल१८) पनि स्थगित गरिएको छ ।

बुल्गेरिया–हंगेरी र बोस्निया–नर्दन आयरल्यान्ड बीच हुने युरो २०२० को क्वालिफाइङ प्लेअफकाे खेलको सेमिफाइनल टिकट बिक्री रोकिएको छ ।


कोरोना प्रभाव : विश्‍वकप छनोटका खेल स्थगित

प्रकाशित : फाल्गुन ३०, २०७६ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?