सर्‍यो अक्षय कुमार अभिनित 'सूर्यवंशी'को प्रदर्शन मिति

फाल्गुन ३०, २०७६

कान्तिपुर संवाददाता

काठमाडौँ — अक्षय कुमार अभिनित फिल्म 'सूर्यवंशी'को प्रदर्शन मिति पछाडि धकेलिएको छ । भारतमा कोरोना भाइरस(कोभिड-१९)को संक्रमण बढेसँगै निर्माण टिमले फिल्मको प्रदर्शन मिति पछाडि धकेलेको हो ।

निर्देशक रोहित सेट्टीले फिल्मको नयाँ प्रदर्शन मिति उपयुक्त समयमा नै घोषणा गर्ने इन्स्टाग्राममार्फत जानकारी गराएका छन् । यसअघि मार्च २४ लाई फिल्मको प्रदर्शन मिति तय गरिएको थियो । अभिनेता अक्षय कुमारले पनि इन्स्टाग्राममा लेखेका छन् 'हामी तपाईं र तपाईंका परिवारलाई फिल्म देखाउन तयार थियौं । तर कोरोना भाइरसका कारण फिल्मको प्रदर्शन हाम्रो टिमले सार्ने निर्णय लियो ।'

कोरोना प्रभाव :  सन् २०२० का बहुप्रतिक्षित फिल्मको प्रदर्शन मिति पछि सर्‍यो

बलिउडकै प्रतिक्षित यस फिल्ममा अभिनेता अजय देवगण र रणवीर सिंहको पनि अभिनय छ । केही समयअघि सार्वजनिक फिल्मको ट्रेलरले दर्शकमा चर्चा बटुलेको थियो ।  

यी पनि पढ्नुहाेस्:

कोरोना भाइरस

कान्तिपुर

Link copied successfully