मुम्बई — कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको असर विश्व अर्थतन्त्रमा मात्रै होइन, बलिउड र हलिउडमा समेत देखिन थालेको छ । कोभिड-१९ को संक्रमणको त्रासका बीच बलिउड र हलिउडका आगामी चलचित्रका प्रवर्द्धनात्मक कार्यक्रमहरु रोकिएका छन् । चलचित्रका प्रदर्शन मितिसमेत धकेलिएका छन् ।
यसैबीच'एभेन्जर्स'का सुपर हिरो 'थोर'(क्रिसहेम्सवर्थ) ले भारतभ्रमण स्थगित गरेका छन् । नेटफ्लिक्समा प्रदर्शनमा आउन लागेको चलचित्र 'एक्स्ट्राक्सन'को प्रचारका लागि मार्च १६ मा भारतभ्रमणमा आउने कुरा थियो । 'एक्स्ट्राक्सन' मा भारतीय कलाकार रणदीप हूडा र नवकलाकार रुद्राक्ष जयसवालको पनि मुख्य भूमिका रहेको छ ।
तरभारतमा कोरोना संक्रमण बढ्दै गएपछि क्रिसको भ्रमण स्थगित भएको हो । कोभिड-१९ काबारेमा सतर्कता अपनाउन उनी सहभागी हुने कार्यक्रम नै रद्ध गरिएको भारतीय मिडियालेउल्लेख गरेका छन् ।
भारतकोकेन्द्रीय स्वास्थ्य मन्त्रालयले यसअघि नै ठूला सभा सम्मेलन स्थगित गर्ननिर्देशन दिएको छ ।
