काठमाडौँ — कोरोना भाइरस(कोभिड-१९)को संक्रमण फैलिएसँगै सन् २०२० का प्रतिक्षित फिल्मका प्रदर्शन मिति धकेलिएका छन् । विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड–१९लाई विश्वव्यापी महामारी घोषणा गरेसँगै यसको प्रभाव फिल्मको प्रदर्शनमा पनि परेको हो ।
डिज्नीकोबहुप्रतिक्षित फिल्म 'मुलान'को प्रदर्शन मितिकोरोनाकै कारण पछाडि धकेलिएको छ। यसअघि निर्माण टिमले मार्च २७ लाई फिल्मको प्रदर्शनमिति तोकेको थियो । निर्माण टिमले फिल्मप्रदर्शनको नयाँ मिति सार्वजनिक भने गरेको छैन ।
निकी कारोनिर्देशित 'मुलान' निर्देशन गरेकोठूलो बजेटको एक्सन फिल्म हो । 'मुलान'सँगै कोरोनाकैकारण 'दि न्यू म्युटन्स','अ क्वाइट प्लेस-२','द लभ बर्ड्स', 'फास्ट एण्डफ्यूरियस-९'का प्रदर्शन मितिपछाडि धकेलिए । यसअघि 'नो टाइमटु डाई'ले फिल्मकोप्रदर्शन मिति सारेको थियो । 'फास्ट एण्डफ्यूरियस-९' अब २०२१ कोअप्रिल २ मा प्रदर्शनमा आउनेछ । पछाडि धकेलिएका धेरै फिल्मको प्रदर्शन मिति तय हुनसकेको छैन ।
हलिउड मात्रैहोइन प्रदर्शनको तयारीमा रहेका बलिउड फिल्ममा पनि कोरोनाले प्रभाव पारेको छ ।मार्च २४ मा प्रदर्शनमा आउने फिल्म 'सूर्यवंशी'को टिमले पनिफिल्मको प्रदर्शन स्थगित गरेको छ । महामारी घटेपछि मात्रै फिल्म प्रदर्शनमाल्याउने निर्देशक रोहित सेट्टीले इन्स्टाग्राममार्फत जानकारी दिएका छन् । अक्षयकुमारको मुख्य भूमिका रहेको 'सूर्यवंशी'बलिउडकोप्रतिक्षित फिल्म हो ।
बलिउडमा मात्रैहोइन कोरोनाकै कारण पछिल्लो समय नेपाली फिल्म'म यस्तो गीतगाउँछु ३' र 'नीरफूल'को प्रदर्शन मितिस्थगित गरिएको छ ।
