कांग्रेस-एमाले सांसद भन्छन् : केका लागि खाली कागजमा हस्ताक्षर गर्‍यौँ, थाहा छैन 

दुवै दलका नेता भन्छन् : आपतविपद्‍‍‍मा प्रयोग हुन्छ । दलले हस्ताक्षर दुरुपयोग गर्दैन । यो ०४८ सालदेखि नै चलेको चलन हो । 

भाद्र ३, २०८२

कान्तिपुर संवाददाता

Congress-UML MP says: We don't know why we signed the blank paper

What you should know

काठमाडौँ — कांग्रेस र एमालेका शीर्ष नेताबीच उपसभामुख इन्दिरा रानालाई  पदअनुकूल आचरण नगरेको प्रस्ताव दर्ता गरेर हटाउने सहमति भए पनि दुवै दलका सांसदहरू भने खालि कागजमा हस्ताक्षर गरेका छन् । सांसदहरूले आफूलाई के विषयमा हस्ताक्षर गराइएको हो समेत भन्ने कुरा थाहा नभएको बताइरहेका छन् । 

मंगलबार सिंहदरबारमा दुवै  दलले आफ्ना सांसदहरुलाई खाली पानामा हस्ताक्षर गराएका हुन् । सबैतिर उपसभामुख हटाउनका लागि  प्रस्ताव दर्ताको चर्चा भए पनि सांसदहरू भने अनभिज्ञ देखिएका छन् । 

कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसदीय दलले हस्ताक्षर गराउनसक्ने र कुनै पनि बेला काम लागेको समयमा प्रयोग गर्नसक्ने बताए । उनले उपसभामुखले पदीय आचरण पूरा नगरेको हुनाले उनलाई हटाउन प्रस्ताव पेस हुँदैछ भन्नेकुरा सञ्चारमाध्यममा आए पनि सही नभएको दाबी गरे । Congress-UML MP says: We don't know why we signed the blank paper

‘संसदीय दलले केही काम कुनै पनि बेला पर्नसक्छ, कुनै पनि काम गर्नुपर्ने हुनसक्छ । उपसभामुखले पदीय आचरण पूरा नगरेको हुनाले उहाँमाथि हटाउन प्रस्ताव पेस हुँदैछ भन्नेकुरा सञ्चारमाध्यममा आएको छ । त्यो सही होइन । अहिले केही विधेयकहरु अड्किएर बसेका छन् । त्यसलाई टुंग्याउने बारेमा छलफल हुन्छ,’ उनले भने । 

एमाले मुख्य सचेतक महेश बर्तौलाले पनि उपसभामुखले पदीय मर्यादाविपरीत केही मानिसहरूलाई अमेरिकाका लागि असम्बन्धित कार्यक्रममा लैजान पत्राचार गरेको कुरा संसद्‍मा उठे पनि अहिले सांसदहरूको हस्ताक्षर त्यस प्रयोजनका लागि नभएको बताए । उनले सत्तारुढ दल उपसभामुखमाथि महाअभियोग लगाउने निर्णयमा पुगिनसकेको बताए । यद्यपि उनीमाथिको आरोप राफसाफ गर्नुपर्ने उनले बताए ।

Congress-UML MP says: We don't know why we signed the blank paperउनले भने, ‘उपसभामुखले पदीय मर्यादाविपरीत असबन्धित रूपमा पत्राचार गरेर केही मानिसहरुलाई अमेरिकाका लागि असम्बन्धित कार्यक्रममा लैजान पत्राचार गर्नुभयो । हामी उहाँमाथि महाभियोग प्रस्ताव दर्ता गर्नुपर्छ भन्नेबारेमा निर्णयमा पुगिसकेका छैनौँ । आज भोलि नै उहाँका बारेमा कुनै प्रस्ताव दर्ता गर्ने मनशायमा सत्तारुढ दलहरू छैनन् । संसद्‍मा उहाँको विषय उठेको सत्य हो । त्यो विषयले पनि किनारा पाउनुपर्छ । उहाँमाथि पनि आरोप लागेपछि न्याय पाउनुपर्छ । यो संसद्ले गर्ने काम हो । सरकारको कुरा होइन ।’

एमाले सचिव योगेश भट्टराईले आपत आइलाग्दा प्रयोग गर्न सांसदहरूको हस्ताक्षर संकलन गरिएको बताएका छन् । कांग्रेस र एमालेले सल्लाह गरेर हस्ताक्षर नगरेको भन्दै एकैदिन पर्नु संयोगमात्रै भएको उनको भनाइ छ । महाअभियोग लगाउन, सरकार बदल्न हस्ताक्षरको काम लाग्ने उनले दाबी गरे । 

Congress-UML MP says: We don't know why we signed the blank paper

‘पार्टीको संसदीय दलमा बेलाबेला माननीयज्युहरुको हस्ताक्षर लिइराख्छौँ । आपतविपद्‍‍‍मा प्रयोग हुन्छ । दलले हस्ताक्षर दुरुपयोग गर्दैन । यो ०४८ सालदेखि नै चलेको चलन हो । आफ्ना दलले आफ्ना माननीयहरुको हस्ताक्षर लिइरहेको हुन्छ । कांग्रेस र हाम्रो सल्लाहले हस्ताक्षर गरेको होइन, एकैदिन पर्‍यो होला, संयोग हो । हस्ताक्षरहरू विभिन्न काममा प्रयोग हुन्छन् । महाअभियोग, सरकार बदल्न प्रयोग हुन्छन्,’ उनले भने ।

सम्बन्धित समाचारहरु  

उपसभामुखविरुद्ध हस्ताक्षर संकलन जारी

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त उपसभामुख हटाउने कुरा गलत छ, हामी विरोध गर्छौं : अध्यक्ष दाहाल

उपसभामुख हटाउन जनमतको समर्थन

उपसभामुखविरुद्ध हस्ताक्षर संकलन जारी

कांग्रेस-एमाले उपसभामुख हटाउने तयारीमा, माओवादीले बोलायो विपक्षी दलहरूको बैठक

उपसभामुख हटाउने कसरत : नाउपामा दुई धार

कान्तिपुर

Link copied successfully