१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

खोप कार्यक्रम निरीक्षण गर्न अस्पतालहरु घुमे प्रधानमन्त्री 

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोप कार्यक्रम निरीक्षण गर्न उपत्यकाका विभिन्न अस्ताल पुगेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार ओली त्रिवि शिक्षण अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका अस्पताल पुगेर खोप कार्यक्रम अवलोकन गरिरहेका छन् ।

खोप कार्यक्रम निरीक्षण गर्न अस्पतालहरु घुमे प्रधानमन्त्री 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा. रवी शाक्यका अनुसार प्रधानमन्त्री ओलीले खोप लगाएको निरीक्षण गरेपनि कुनै प्रतिक्रिया भने दिएनन् ।


उनका अनुसार प्रधानमन्त्री ओलीलाई केही बोल्न आग्रह गरिएपनि उनले 'खोप लगाउनका लागि गरिएको व्यवस्था राम्रो रहेछ । के कसरी गर्नुपर्छ तपाईंहरु आफैं जानकार हुनुहुन्छ' भन्दै शुभकामना दिएर बाहिरिएका थिए ।

बुधबारदेखि सरकारले देशव्यापी रुपमा कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । पहिलो चरणको अभियान अन्तरगत देशभरका स्वास्थ्यकर्मी लगायत अग्रपंक्तिमा रहेर कोरोना विरुद्ध कार्यरतहरुलाई खोप दिइँदैछ ।


प्रकाशित : माघ १४, २०७७ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?