१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

प्रदर्शनमाथि पानीको फोहोरा

मातृका दाहाल

काठमाडौँ — मंगलबार बालुवाटार क्षेत्रमा लकडाउनलाई व्यवस्थित र खुकुलो बनाउँदै कोरोना भाइरसको परीक्षण दायरा बढाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले पानीको फाेहाेरा हानेको छ ।

प्रदर्शनमाथि पानीको फोहोरा

लकडाउनका बेला कर असुलेको, पीसीआर परीक्षणको दायरा नबढाएको र महामारीका बेला राष्ट्रपति कार्यालयको कार्पेट फेर्नेलगायतका काममा सरकार व्यस्त भएको भन्दै सामाजिक अभियन्ता र सर्वसाधारणहरु विरोध प्रदर्शमा उत्रिएका थिए । केही प्रदर्शनकारीलाई प्रहरीले लकडाउन उल्लंघन गरेको भन्दै नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोख्रेलले ‘संक्रामक रोग नियन्त्रण ऐन २०२०’ का प्रावधान उल्लंघन गरेका कारण सामान्य बल प्रयोग गरी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको बताए ।

तस्बिर : सन्जोग मानन्धर/कान्तिपुर

लकडाउनका बेला सामाजिक दूरी कायम गर्नुपर्ने भए पनि हुलहुज्जत र प्रदर्शनमा उत्रिएका कारण नियन्त्रणमा लिनुपरेको डीआईजी पोख्रेलले बताए ।

प्रकाशित : जेष्ठ २७, २०७७ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?