लकडाउन

फेरि गरिएला लकडाउन ?

विराटनगर, वीरगन्ज, राजविराजलगायत स्थानमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंकामा विभिन्न रूपमा पुनः लकडाउन गर्न थालिएको छ । यससँगै १ सय २० दिन लकडाउन भोगेका देशवासीबीच फेरि लकडाउन हुने चर्चा सुरु भएको छ । साउन १५ मा बसेको कोरोना निर्देशक समितिको बैठकमा पनि संक्रमण बढ्दै गए नयाँ निर्णय गर्ने विषयमा छलफल भएको बताइएको छ । लकडाउन खुलेसँगै देशैभरि आवतजावत गर्नेको संख्या र संक्रमितको दर पनि बढेको देखिन्छ ।

बिर्तामोडमा आइतबार राति १२ बजेदेखि लकडाउन 

झापाको बिर्तामोड नगरपालिकाले आइतबार राति १२ बजेदेखि लागू हुने गरी लकडाउन घोषणा गरेको छ । बिर्तामोड नगरपालिकामा भएको सर्वपक्षीय छलफलले आइतबार राति १२ बजेदेखि लागूहुने गरी नगर क्षेत्र लकडाउन गर्ने निर्णय भएको मेयर ध्रुवकुमार शिवाकोटीले बताए ।

बाँकेमा आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि आइतबारदेखि तीन दिनसम्म पुनः निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

क्वारेन्टिन र आइसोलेसनको उत्पादन : थकान, तनाव, चिन्ता र रिस

क्वारेन्टिनमा बसेका व्यक्तिले आत्महत्या गरेका धेरै उदाहरण छन् । ७ असार २०७७ राति सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको छविस पाथीभेरा गाउँपालिका वडा नं ७ मझखोरी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा एक ३० वर्षीय पुरुषले आत्महत्या गरेका थिए । तीन दिनअघि मात्रै भारतबाट फर्केर उनी स्थानीय उमेश बोहरा र जनक बोहरासँगै सो क्वारेन्टिनमा बसेका थिए ।

लकडाउन खुल्यो, जोखिम बढ्यो

संक्रमण रोकथामका लागि आवश्यक आधार तयार नगरी सरकारले लकडाउन हटाएकाले जोखिम झनै बढेको विज्ञहरूले बताएका छन् । उनीहरूले कुनै पनि बेला कोभिड–१९ संक्रमणको विस्तार व्यापक हुन सक्ने चेतावनी दिएका छन् । लकडाउन खोलेपछि संक्रमितको संख्या अझै बढ्ने भए पनि त्यसअनुसारको सबै तयारी सरकारबाट हुन नसकेकोमा उनीहरूको गम्भीर आपत्ति छ ।

भारतमा नेपाली कामदारको बिचल्ली

पर्वत स्थायी घर भएका सीपी सुवेदी विगत १८ वर्षदेखि मुम्बईको एउटा कपडा रंगाउने कारखानामा काम गर्दै आएका छन् । गत मार्च २४ देखि कारखाना बन्द भयो । उनले कम्पनी व्यवस्थापनसँग अनुनयविनय गरेपछि गर्जो टार्नका लागि भन्दै मासिक न्यूनतम पारिश्रमिक पाउँदै आएका छन् । त्यसबाट उनको जेनतेन घर खर्च धानिएको छ ।

यातायात व्यवसायी र मजदुर भन्छन्- 'रोगभन्दा भोक प्रधानशत्रु बनेर आयो'

लकडाउनले यातायात मजदुर मारमा परेको र व्यवसाय धराशायी भएको भन्दै सरकारले सहयोग नगरे 'कि त सडक आन्दोलन कि आत्महत्याको बाटो रोज्ने अवस्था आउने' यातायात व्यवसायी र मजदुरका प्रतिनिधिले चेतावनी दिएका छन् । उनीहरूले रोगसँग लड्न सक्ने भए पनि भोकसँग लड्न नसकिने बताए ।

व्यावसायिक उडान साउन ६ सम्म बन्द 

सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई थप १६ दिनसम्म रोक लगाउने निर्णय गरेको छ । असार २१ गतेसम्म रोक लगाइएको आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडानलाई सोमबारको मन्त्रीपरिषद्‌ बैठकले साउन ६ गते मध्यरातसम्मलाई रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।

'बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन सहज व्यवस्था गर्नू'

कोरोना बाहेकका बिरामीलाई उपचार गर्न, कर्मचारी र काठमाडौंमा व्यवसाय भएका एवं विशेष कामले विभिन्न बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका आउने नागरिकलाई बिना झन्झट आउन पाउने व्यवस्था मिलाउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

लकडाउनको ३ महिना : १८ सय चार्टर्ड उडान, ४७० टन मेडिकल सामग्री आयात

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ देखि लकडाउन घोषणा गरेको थियो । उक्‍त लकडाउनको घोषणासँगै व्यवसायिक उडानमा पनि रोक लाग्यो ।

चौरी स्रोत केन्द्र स्थापनाका लागि आएको १ करोड फ्रिज

चौरी स्रोत केन्द्र स्थापनाका लागि पशु सेवा कार्यालयमा आएको १ करोड रुपैयाँ फ्रिज भएको छ । लकडाउनका कारण चौरी खरिद गर्न समस्या भएपछि बजेट फ्रिज गएको हो ।

आन्तरिक उडान कहिले खुल्छ ? 

कोरोना भाइरस (कोभिड- १९) को संक्रमणका कारण तीन महिनादेखि व्यवसायिक उडान गर्न नपाएका १० वटा नेपाली वायुसेवा कम्पनीहरू लकडाउनपछि कसरी उडान गर्ने भन्ने तयारीमा जुटेका छन् । कोभिड–१९ महामारीको असामान्य परिस्थिति पछि आउने न्यू–नर्मल (सामान्य काल) मा कसरी उडान गर्ने भन्नेबारे विमान तयारीमा जुटेका हुन् ।  

कक्षा १ को पाठ्यपुस्तकमा नेपालको नयाँ नक्सा र कोभिड–१९ बारे सूचना समावेश गरिँदै

निजी विद्यालयमा कक्षा १ पढ्ने विद्यार्थीले नेपालको नयाँ नक्सा र कोभिड–१९ बारे सूचना समावेश गरिएको पाठ्यपुस्तक यसै वर्ष पढ्न पाउने भएका छन् ।

दुग्ध पदार्थ बिकाउनै सकस

लकडाउनले सबैतिर असर पारिरहेका बेला डेरी क्षेत्र पनि अछुतो रहेन । चैत ११ देखि जारी भएको लकडाउन केही खुकुलो भए पनि पार्टी प्यालेस, स्कुल, कलेज, क्याफे र होटल बन्द छन् । यी व्यवसाय सञ्चालन नहुँदा अर्बौं रुपैयाँको धूलो दूध र बटर डम्प भएको छ । असोजसम्म दूधको सिजन मानिन्छ । तर ३१ लाख लिटरमध्ये अपुग पाउडर दूध घोलेर माग पूर्ति हुन्थ्यो । तर यसपालि पाउडर दूध र बटर खपत नभएको डेरी उद्योगी बताउँछन् ।

थप ५३५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो

पछिल्लो २४ घण्टामा सोमबार थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

प्रदेश ५ का क्‍वारेन्टाइनहरुमा चाप घट्दै 

भारतबाट आउने नेपाली नागरिकहरुको संख्या कम हुँदै गएपछि प्रदेश ५ का क्‍वारेन्टाइनहरुमा चाप घट्दै गएको छ । सोमबार दिउँसोसम्म यहाँका क्‍वारेन्टाइनमा २१ हजार ७ सय २६ जना रहेको  प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांक छ ।

निजी विद्यालयमा शुल्क उठाउन सर्कुलर

निजी विद्यालयहरुले शुल्क उठाउन आन्तरिक सर्कुलर गर्दै अभिभावकलाई ताकेता गरेका छन् । शिक्षण संस्थामा पठनपाठन ठप्प रहेपनि प्याब्सन र एनप्याब्सनले संयुक्त अपिल जारी गरेर शुल्क बुझाउन आग्रह गरेका हुन् । 

राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाउने निर्णय

सरकारले अत्यावश्यक सेवाबाहेक राति १० देखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । कोरोना संक्रमणबाट कम प्रभावित क्षेत्रमा असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको सरकारले ‘लकडाउन व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै पैदल र सवारीबाट राति हुने हिँडडुलमा रोक लगाएको हो ।

कोरोना कहरभित्रका मन भुलाउने दृश्य

जनसंख्याका हिसाबले प्रदेश २ सबैभन्दा दोस्रो ठूलो प्रदेश हो । कोभिड–१९ का संक्रमितको संख्या पनि धेरै रहेको प्रदेश २ मा लकडाउनको असरसमेत उस्तै छ । हामी रिपोर्टिङका क्रममा प्रदेश २ का ८ जिल्लामध्ये ५ जिल्लामा गएका थियाैं । यी क्षेत्रको रिपोर्टिङका क्रममा धेरै मान्छेमा निराशा भेटियो । फोटोपत्रकारका नाताले यी सबै दृश्य मैले क्यमेरामा आँसु पुछ्दै भएपनि कैद गर्नुपर्ने थियो । किनभने यथार्थ देखाउनु नै मेरो पेसाको दायित्व हो । अरु बेलाजस्तो सहज अवस्था थिएन, कोरोनाको कहरकै बीचमा काम गरिरहेका थियाैं। त्यहाँका मानिसमा कतै आक्रोश, कतै भोक त कतै शोक भएको तस्बिर त मैले खिचेकै थिएँ । साथसाथै मानिसहरु आफ्नो लयमा फर्किरहेको दृश्य पनि यात्राका क्रममा भेटिए । प्रदेश २ मा ८ दिन बस्दा मैले देखेका केही सम्भावना र केही आशाका तस्बिरहरु ।

१ सय ३७ नेपाली बोकेर हिमालयन एयरको जहाज मलेसियाबाट उड्यो

मलेसियाबाट एकसय ३७ जना नेपाली कामदार बोकेको हिमालन एयरलाइन्सको  पहिलो उडान बिहीबार भएको छ । जसमा १२ जना महिला छन् ।

कुवेतमा ५३ दिनदेखि जहाज कुर्दै २३९३ नेपाली

कुवेतको अब्दल्ली क्याम्पमा बसेको ५३ दिन बित्दा पनि ताप्लेजुङका टासी शेर्पालाई स्वदेश फिर्ने पालो कहिले आइपुग्छ भन्ने पत्तो छैन । इराकको सीमामा रहेको अब्दल्ली क्याम्पमा उनीजस्तै स्वदेश फिर्ने प्रतीक्षामा ४ सय ६७ जना छन् ।

लकडाउनमा सांसदले लिए सवारी भत्ता

लकडाउनमा सवारीसाधन नचले पनि संघीय सांसदहरुले बैठकमा सहभागी हुँदा यातायात भत्ता लिएको पाइएको छ । सरकारले चैत ११ देखि मुलुकभर लकडाउन घोषणा गरेपछि यातायात ठप्प थियो । संसद्को छैटौं अधिवेशन वैशाख २६ मा सुरु भएको थियो ।

दुई सिफ्टको निर्णय सिंहदरबारभित्रै भएन पालना

दुई सिफ्टमा दैनिक १० घण्टा सम्पूर्ण सरकारी कार्यालय सञ्चालन गर्ने निर्णय सिंहदरबारभित्रै रहेका मन्त्रालयहरूमा समेत पालना नभएको पाइएको छ । प्राय: सरकारी कार्यालयहरु सोमबारदेखि दैनिक १० बजेदेखि ५ बजेसम्ममात्र सञ्चालन हुँदै आएका छन् ।