हुस्सुका कारण दिउँसो सडकमा सवारी साधन आवतजावतमा पनि समस्या भएको छ । ट्राफिक प्रहरीले दिउँसो पनि बत्ती बालेर सवारी चलाउन सवारी चालकलाई अनुरोध गरेको छ ।
बर्दिया — केहीदिन यता बर्दियामा बाक्लो हुस्सु र अत्याधिक चिसोले जनजीवन कष्टकर बन्दै गएको छ । बिहानैदेखि शितलहरसँगै चिसो हावा चलेपछि मानिसहरु घरभित्रै बस्न बाध्य छन् ।
घाम नलागेको चार दिन बितिसकेको छ । थर थर कपाउने जाडोले दिनभर विशेष गरी ज्याला मजदुरी गर्ने कामदारलाई समस्या भएको छ ।
हुस्सुका कारण दिउँसो सडकमा सवारी साधन आवतजावतमा पनि समस्या भएको छ । ट्राफिक प्रहरीले दिउँसो पनि बत्ती बालेर सवारी चलाउन सवारी चालकलाई अनुरोध गरेको छ ।
अत्याधिक चिसो भएपछि केहीले आफ्नै लगानीमा दाउरा खरिद गरी चोक–चोकमा आगो ताप्ने व्यवस्था मिलाउन थालेका छन् । चिसोका कारण अस्पतालमा पनि रुघा, खोकी, दम, ज्वरो र निमोनियाका बिरामीहरुको संख्या बढेको जिल्ला अस्पताल बर्दियाका मेडिकल सुपरिन्टेन्डेन्ट डा सुभाष पाण्डेयले बताए ।
‘जाडो बढेयता अस्पतालमा दैनिक ३ सय देखि ३ सय ५० जना बिरामी आउने गरेका छन्’ उनले भने । जिल्ला दैवि प्रकोप उद्धार समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले पालिकासँग समन्यव गरि दाउरा लगायत विपन्न परिवारलाई न्यानो कपडा लगायत कम्बल वितरण गरिने बताए ।
